बाणगंगामा जनसंख्या बढ्दो : वडा नं. ८ मा बसाइँसराई गरि आउनेको संख्या बढी

[sharethis-inline-buttons]

लुदअ, कपिलवस्तु 
कपिलवस्तुको बाणगंगा नगरपालिकामा जनसंख्या तीब्र गतिमा बढ्दै गएको छ । कपिलवस्तु जिल्लाकै एक सुगम नगरपालिका मानिने बाणगंगा पछिल्लो समय पहाडी भेगका मानिसको रोजाईमा परेसंगै यहाँ जनसंख्या बढ्दै गएको हो ।
आर्थिक बर्ष २०७८/७९ मा मात्रै बाणगंगामा एक हजार एक सय २३ घरपरिवार बसाईसराई आएका छन् ।

उक्त घरपरिवारका सदस्य संख्या ४ हजार ४ सय ४६ छन् । ११ वटा वडा रहेको बाणगंगामा सबैभन्दा बढी वडा नम्बर ८ मा बसाईसराई आएका छन् । एक बर्षको अवधिमा मात्रै यस वडामा दुई सय २८ घरपरिवार बसाईसराई गरि आएको तथ्याङ्क छ । उक्त घरपरिवारको सदस्य संख्या ९ सय २७ छन् ।

वडागत रुपमा हेर्ने हो भने वडा नम्बर १ मा १४१ घरपरिवार र ५९९ जना सदस्य, वडा नम्बर २ मा १६६ घरपरिवार र ६०६ जना सदस्य, वडा नम्बर ३ मा ५२ घरपरिवार र १९५ जना सदस्य, वडा नम्बर ४ मा १२४ घरपरिवार र ४९८ जना सदस्य, वडा नम्बर ५ मा ४३ घर परिवार र १४७ जना सदस्य, वडा नम्बर ६ मा ३३ घर परिवार र १४१ जना सदस्य, वडा नम्बर ७ मा १२४ घर परिवार र ४९३ जना सदस्य, वडा नम्बर ८ मा २२८ घर परिवार र ९२७ जना सदस्य, वडा नम्बर ९ मा ५२ घर परिवार र २०० जना सदस्य, वडा नम्बर १० मा ५२ घर परिवार र १६९ जना सदस्य र वडा नम्बर ११ मा १०८ घर परिवार र ४७१ जना सदस्यहरु बसाईसराई आएको तथ्याङ्क छ ।

बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालले दिएको जानकारी अनुसार बसाइँसराई जानेमा सबैभन्दा बढी वडा नम्बर १ मा रहेका छन् । एक बर्षको अवधिमा यस वडाबाट ५४ घरपरिवार यहाँबाट बसाइँसराई सरी अन्यत्र गएका छन् । आर्थिक बर्ष २०७८÷७९ मा मात्रै बाणगंगाबाट ३ सय ५४ घरपरिवारका एक हजार २ सय ६८ जना रहेका छन् ।

अघिल्लो जनगणनाको तथ्याङ्क अनुसार ७५ हजार २ सय ४२ जना जनसंख्या रहेको बाणगंगामा राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरण अनुसार नगरपालिकाको कुल जनसंख्या ९७ हजार १ सय २४ पुगेको छ ।

यस नगरपालिका विकासका दृष्टिकोणले अन्य नगरपालिका भन्दा धेरै अघि रहेकाले पनि जिल्लाका विभिन्न क्षेत्र र अन्य छिमेकी जिल्लाका बासिन्दाको स्थायी बसोबासको गन्तव्य बनेको छ ।

शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत, संचार, सडक पुर्वाधारको उचित उपलब्धताले यस नगरपालिका सबैको रोजाईको केन्द्र बन्दै गएको वडाध्यक्षहरु बताउँछन् ।

उनीहरुले बढ्दो जनसंख्यालाई व्यवस्थापन गर्न नगरपालिका अहिलेबाट नै योजनाबद्ध रुपले अघि बढ्नुपर्ने आवश्यकता औल्याए ।


प्रकाशित : २०७९ भाद्र २८, मंगलवार ०७:१७