लुम्बिनी प्रदेश प्रमुख शेरचनलाई मुख्य न्याधिवक्ताको वार्षिक प्रतिवेदन

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ, बुटवल
मुख्य न्याधिवक्ताको कार्यालय, लुम्बिनी प्रदेशले प्रदेश प्रमुख अमिक शेरचनलाई वार्षिक प्रतिवेदन हस्तान्तरण गरेको छ । बिहीबार प्रदेश प्रमुख शेरचनको कार्यालयमा पुगेर मुख्य न्याधिवक्ता श्रीकृष्ण सुवेदीले आर्थिक वर्ष २०७८÷७९ को न्यायिक क्षेत्रमा भएका प्रगति विवरण तथा गतिविधिसहितको प्रतिवेदन बुझाएका हुन्।

प्रतिवेदन बुझाउनु अगाडि मुख्यन्याधिवक्ता सुवेदीले लुम्बिनी प्रदेश सरकारविरुद्ध १२८ वटा मुद्धा दर्ता भएको र ती मध्ये ४८ वटा फस्र्यौट भएको बताउँदै ६५ प्रतिशत मुद्दा सरकारले जितेको जानकारी गराए । उनले फस्र्यौट भएकामध्येबाट ६५ प्रतिशतमा सरकार सफल भएको र अन्य ८० वटा भने बाँकी रहेको जनाए । मुख्यन्याधिवक्ता सुवेदीले कार्यालयमा कर्मचारीको कमी रहेको बताउँदै सोँचेअनुसार कानून निर्माण र मुद्दा फस्र्यौट गर्न भने नसकिएको गुनासो गरे ।

प्रतिवेदन बुझ्दै लुम्बिनी प्रदेश प्रमुख शेरचनले मुख्यन्याधिवक्ताका अनुसार कार्यालयले पेश गरेको प्रतिवेदन सन्तुष्जिनक रहेको बताए । उनले ६५ प्रतिशत मुद्दा सरकारको पक्षमा हुनुले सरकारले थौरै कमजोरी धेरै राम्रो गरेको देखिएको उल्लेख गरे ।


प्रकाशित : २०७९ भाद्र ३१, शुक्रबार ०७:१३