राप्रपा कपिलवस्तु क्षेत्र नं.१ को कार्यालय उद्घाटन, राप्रपामा प्रवेश गर्नेको लहर

[sharethis-inline-buttons]

लुदअ, कपिलवस्तु
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कपिलबस्तु क्षेत्र नं. १ क्षेत्रीय कार्यालय ओदारीमा उद्धघाटन गरिएको छ । पार्टिका केन्दिय सदस्य ध्रुब रायमाझिले एक कार्यक्रमका बिच उक्त कार्यालयको उद्घाटन गर्नुभएको हो ।

त्यस्तै उक्त कार्यक्रममा कपिलवस्तुको बाणगंगाका प्रतिष्ठित ब्यापारी तथा समाजसेवी राजेश तिवारी र बाणगंगाका समाजसेवी राजु गरै राप्रपामा प्रवेश गर्नुभएको छ । लामो समय देखि बाणगंगाको चार नम्बरमा विभिन्न व्यवसाय गर्दै आउनु भएका तिवारी राप्रपामा प्रवेश गर्नुभएको हो ।

क्षेत्रिय कार्यालय उद्धघाटन कार्यक्रममा पार्टिका केन्दिय सदस्य ध्रुब रायमाझिले तिवारी र राजु गैरे लाई राप्रपामा प्रवेश गराउनु भएको थियो । गैरे यस भन्दा अघि नेकपा एमालेमा आवद्ध हुनुहुन्थ्यो ।

पार्टी प्रवेश गर्दै तिवारी र गैरेले अन्य पार्टीको पुरानो सिद्धान्तले अब देश अघि नबढ्ने भएकाले देश विकासको लागी राप्रपाकै सिद्धान्त र विचार आवश्यक भएको बताउँदै आफुहरु राप्रपामा प्रवेश गरेको बताउनु भएको छ ।

कार्यक्रम लाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै केन्द्रिय सदस्य रायमाझिले पार्टी देशका ठुला दल भनिने पार्टी बाट नेपाली जनता दिक्क भएको बताउँदै अहिले राप्रपाको विचार र सिद्धान्त लाई नेपाली जनताले आफ्नो रोजाइमा पार्न लागेको बताउनु भएको थियो । पार्टिले लिएको बिचार, सिद्धान्त र नेतृत्वको हिसाबले अरु दल भन्दा फरक रहेको बताउँदै आगामी निर्वाचनमा भ्रष्ट दल र तिनका उमेदवार हरुलाई पराजित राप्रपाले लिएको हिन्दु रास्ट्र पुन स्थापन, संघियता खोरज र राजा सहितको लोकतन्त्र र भ्रष्टचार मुक्त नेपाल निर्माणको लागी राप्रपाका उम्मेद्धार लाई विजय गराउन उहाँले आग्रह गर्नुभएको थियो । त्यस्तै नेतृत्व गरीरहेका दल र नेताहरु बिदेशिको इसारामा चलेको बताँदै त्यस्तो प्रभावबाट बचाउन पनि राप्रपा र यसका उम्मेद्वार लाई विजयी गराउन आजै देखि सक्रिय रुपमा लाग्न पार्टीका नेता तथा कार्यक्रता लाई आग्रह गर्नभएको थियो ।

उक्त कार्यक्रम लाई सम्बोधन गर्दै जिल्ला उपाध्यक्ष चन्द्र भण्डारि, केन्दिय सदस्य प्रमोद मिस्र, डा. माधव पन्थी लगायतले बोल्दै ठुला दल मानिने नेपालि काग्रेस, नेकपा एमाले र माओबादिले ठुलठुला आश्वासन मात्र दिदै जनतालाई झुक्याएरै शासन गरीरहेकोले यो निर्बाचनबाट त्यस्ता नेतृत्व लाई हटाउन जरुरी रहेको बताउनु भएको थियो । देशको समग्र विकासको लागी राप्रपा एउटा दरीलो विकल्प रहेको उल्लेख गर्दे पार्टिका उमेदवार लाई जिताउन समेत आग्रह गर्नु भएको छ ।

संगठन बिभाग प्रमुख राजेन्द्र बिक्रम शाह, बिभागिय सदस्य सुर्य कुमार गुरुङ, नगर अध्यक्ष गिरिराज कडेल, प्रदेश अध्यक्ष रामु शर्मा, लगायतले कार्यक्रममा शुभकामना दिदै आगामि निर्वाचनमा राप्रपाका उम्मेद्वारलाई विजयी गराउन आग्रह गर्नुभएको थियो ।

क्षेत्रिय अध्यक्ष प्रकाश भुषालको अध्यक्षता, नबराज घिमिरेको संन्चालन र सागर हमालको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।


प्रकाशित : २०७९ आश्विन ९, आईतवार ०८:०७