लायन्स क्व कपिलवस्तुले नेपालमै पहिलो पटक ‘साइकल प्लाङ्क ब्यालेन्स’ प्रतियोगिता गर्ने

[sharethis-inline-buttons]

लुदअ, कपिलवस्तु
नेपालमै पहिलो पटक कपिलवस्तुमा साइकल प्लाङक ब्यालेन्स (पानी माथि ट्रयाक बनाएर साईकल चलाउने खेल ) प्रतियोगिता हुने भएको छ ।
सामाजिक तथा मानवीय कार्यमा क्रियाशिल लायन्स क्लव अफ कपिलवस्तुले यहि असोज १५ गते प्रतियोगिता आयोजना गर्न लागेको हो । जिल्लाको वाणगंगा नगरपालिका राजापानीको एक पोखरीमा हुने प्रतियोगिता नेपालमै पहिलो पटक संचालन गर्न लागिएको आयोजकको दाबी छ ।

राजापानीको पर्यटकीय महत्व प्रवद्र्धन गरि पर्यटकको संख्यामा वृद्धि गर्न र मनोरन्जन प्रदान गर्ने यो साहसी र नौलो प्रतियोगिता आयोजना गरिएको लायन्स क्लव अफ कपिलवस्तुले जनाएको छ ।

प्रतियोगिताको तयारीबारे जानकारी गराउन शनिबार आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै लायन्स क्लव अफ कपिलवस्तुका अध्यक्ष राम सुभागे थारुले प्रतियोगितामा सहभागी हुन चाहानेहरुको लागि आबेदन खुला गरिएको जानकारी दिनुभयो ।

एकजना सहभागीको रजिष्ट्रेजन शुल्क १५ सय लाग्ने र टिसर्ट, खाजानास्ता, पानी र साइकल नहुनेका लागि साइकल, लाइफ ज्याकेट र हेल्मेटको ब्यवस्थापन आयोजकले गर्ने अध्यक्ष थारुले बताउनुभयो । प्रतियोगितामा सुरक्षा संवेदनशिलतालाई मध्यनजर गर्दै नेपाल प्रहरी, एपिएफसंग सहकार्य गरिएको छ भने स्वास्थ्य सुरक्षाको लागि प्राथमिक उपचार, एम्बुलेन्सका लागि सि एण्ड सी अस्पतालसंग पनि सहकार्य गरिएको उहाँले बताउनुभयो ।

१२ गतेसम्म रजिष्ट्रेसन फर्म खुला गरिएको भन्दै जुनसुकै जिल्लाका व्यक्ति पनि सहभागी हुन पाउने बताउनुभयो ।

१२ वर्ष भन्दा माथिका व्यक्ति सहभागी हुन पाउने उक्त प्रतियोगितामा १२ देखि १८ वर्ष उमेरका किशोरकिशोरीको हकमा भने अनिवार्य अभिभावकको अनुमति लिनुपर्नेछ यस्तै १८ वर्ष भन्दा माथिका जटिल रोग नलागेका व्यक्ति सहभागी हुन पाउने लायन्स क्लव अफ कपिलवस्तुको जोन चियर पर्सन सुरेन्द्र घिमिरेले बताउनुभयो ।

पत्रकार सम्मेलनमा बोल्दै क्लवका सह–सचिव रामप्रसाद भुसालले यस प्रतियोगिताले कपिलवस्तुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चिनाउने भन्दै यसको ब्यापक प्रचारप्रसार गर्नुपर्नेमा जोड दिनुभयो ।

विभिन्न सामाजिक काममा सक्रिय लायन्स क्लवले खेल क्षेत्रमा पनि केही गरौ भनेर यो प्रतियोगिता आयोजना गर्न लागेको बताउनुभयो । प्रतियोगितामा २ सय ५० भन्दा बढीलाई सहभागी गराउन नसकिने उहाले बताउनुभयो ।

असोज १५ गते विहान १० बजेबाट राजापानीमा सुरु हुने प्रतियोगिता दर्शकले निशुल्क रुपमा हेर्न पाउने छन भने प्रतियोगिताबाट भरपुर मनोरन्जन प्राप्त गर्ने छन् । प्रतियोगितामा प्रथम हुनेले नगद ५० हजार, द्धितिय हुनेले २५ हजार र तृतिय हुनेले १५ हजार र सान्त्वना हुनेले स्मार्ट वाच प्राप्त गर्नेछन् ।

प्रतियोगिता संयोजक विष्णु प्रसाद घिमिरे रहनुभएको छ । पत्रकार सम्मेलनमा लायन्सका प्रथम उपाध्यक्ष ओम प्रकाश घिमिरे, लायन्सका विभिन्न पदाधिकारी तथा संचारकर्मीको उपस्थिती रहेको थियो ।

 


प्रकाशित : २०७९ आश्विन ९, आईतवार ०८:३६