हरि आचार्य, कपिलवस्तु
बाणगंगा नगरपालिकाको कार्यकापािलका बैठक सम्पन्न भएको छ । कार्यपालिका बैठकले विभिन्न महत्वपुर्ण निर्णय गर्दै विजया दशमी, शुभ दिपावली तथा टठ पर्व २०७९ को पावन अवसरमा समस्त नगरवासीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ ।
कार्यपालिका बैठकले वडा नं.१० बाट वडा सदस्यमा निर्वाचित कार्यपालिका सदस्य दानु घर्तीको निधनको शोकमा १ मिनेट मौनधारण गरिएको नगर प्रवक्ता बिष्णु प्रसाद पौडेलले जानकारी दिनुभयो । चालु आर्थिक बर्ष २०७९/८० उपभोक्ता समिति मार्फत सञ्चालन हुने योजनाहरुको कार्यतालिका बैठकले निर्धारण गरेको छ, जस अनुसार कात्तिकको २१ गते सम्म प्रत्येक वडाहरुमा उपभोक्ता समिति गठन गर्ने र अन्तिम हप्ता अभिमुखिकरण गर्ने निर्णय गरिएको छ ।
यस्तै स्थानीय भु–उपयोग र भु–वर्गीकरण सम्बन्धमा ११ वटै वडाको भेलाबाट प्राप्त सुझावहरुको बारेमा समिक्षा गरि स्थानीय भु–उपयोग कार्यदलमा छलफलको लागि पठाउने निर्णय गरिएको वडा नं. २ का वडाध्यक्ष समेत रहनुभएका नगरका प्रवक्ता पौडेलले बताउनुभयो ।
कार्यपालिका बैठकले नगर शिक्षा समितिमा कार्यपालिकाले कम्तिमा १ महिला सतिह २ सदस्य मनोनित गर्नुपर्ने प्रावधान अनुसार कार्यपालिका सदस्य शारदा परियार र कमल पौडेललाई मनोनित गरेको छ ।
पुराना घरनक्सा अभिलेखिकरण गर्ने सम्बन्धमा अभिलेखिकरण गर्ने समय चैत मसान्त सम्म थप गरिएको छ ।
बैठकले छाडा चौपाया ब्यवस्थापनका लागि मधुवनधामलाई ब्यबस्थापन खर्च वापत तत्काल २ लाख दिने निर्र्णय गरेको छ जहाँ हाल १ सय बढी छाडा चौपायाहरु रहेको प्रवक्ता पौडेलले बताउनुभयो ।
त्यस्तै विजया दशमीको अवसरमा नगरपालिकाका मातहतका सबै कार्यालयहरुमा राष्ट्रिय झण्डा पुजा गर्ने र विदाको समयमा कार्यालय सुरक्षाका लागि सम्बन्धित वडाध्यक्ष र कार्यालय प्रमुखहरुलाई सो को ब्यबस्था मिलाउने जिम्मेवारी प्रदान गरिएको छ ।
अन्तिममा कार्यपालिका बैठकले कार्यपालिका सदस्य घर्तीको निधनको शोकमा हार्दिक श्रद्धाञ्जली सहित शोक प्रस्ताव समेत पारित गरिएको छ ।
मेयर चक्रपाण्ी अर्याल, उप मेयर रीता कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल, वडाध्यक्ष, कार्यपालिका सदस्य, शाखा प्रमुखहरुको उपस्थितीमा कार्यपालिका बैठक सम्पन्न भएको हो ।