कपिलवस्तुका माओवादीका प्रभावशाली नेता सहित २५ बढी राप्रपामा प्रवेश, बलियो बन्दै राप्रपा

[sharethis-inline-buttons]

लुदअ, कपिलवस्तु
२०५२ साल देखि माओवादी पार्टीमा सक्रिय रुपमा कार्यक्रत पुर्व अबध राज्य प्रदेशका सदस्य सुर्यलाल चौधरी राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपामा प्रवेश गर्नुभएको छ । राप्रपा कपिलबस्तु क्षेत्र नम्बर १ पटनामा आयोजित पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रममा चौधरी सहित विभिन्न पार्टी परित्याग गरी २५ जना भन्दा धेरै राप्रपामा प्रवेश गर्नुभएको थियो । पार्टीका केन्द्रिय सदस्य धुव्र रायमाझी, डा माधव पन्थि, विभागीय सदस्य सुर्य कुमार गुरुङ, नगर अध्यक्ष गिरिराज कडेलले पार्टीमा प्रवेश गराउनु भएको थियो ।

लामो समय देखी माओवादीमा रहनुभएका चौधरीले आफु विशुद्ध तरीका बाट माओवादी आन्दोलनमा लागेको तर पार्टीका नेता तथा कार्यक्रता पैसा र सत्ताको लोभमा रोमलिएको बताउँदै राप्रपा नै देश बिकास गर्ने एक मात्र विकल्प भएको भन्दै राप्रपा रोजेको बताउनु भएको थियो । देशका अन्य सबै राजनैतिक दलका नेता कार्यक्रता विभिन्न लोभ, परिवारवादमा लिप्त भएको र राप्रपाको विचार तथा सिद्धान्त आफुलाई मन परेकोले आफु पार्टीमा प्रवेश गरेको भन्दै अन्य सबैलाई पनि राप्रपामा आउनु उहाँले आग्रह गर्नुभएको थियो ।

त्यस्तै कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य रायमाझीले पार्टी प्रवेश गरेकालाई पार्टीले सम्मान जनक रुपमा स्थान दिने बताउँदै राप्रपामा लागेको प्रति पछुतो हुन नदिने विश्वास दिलाउनु भएको थियो । त्यस्तै अर्का केन्द्रिय सदस्य डा माधव पन्थि, विभागीय सदस्य सुर्य कुमार गुरुङ, नगर अध्यक्ष गिरिराज कडेल लगायतले बोल्दै देशको उचित विकासको लागी आगामी निर्वाचनमा राप्रपाका उम्मेद्वारहरुलाई जिताउन आग्रह गर्नुभएको थियो ।


प्रकाशित : २०७९ आश्विन १७, सोमबार ०९:५१