कपिलवस्तुमा प्रतिनिधि सभाका लागि ५१ र प्रदेश सभाका लागि ९५ जनाको मनोनयन दर्ता

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ, कपिलवस्तु
मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि कपिलवस्तुका ३ प्रतिनिधि सभा क्षेत्रका लागि ५१ जनाको मनोनयान दर्ता भएको छ । आईतवार विभिन्न पार्टी र स्वतन्त्र उम्मेद्वारहरुले मनोनयन दर्ता गराएकोमा जिल्ला ६ प्रदेश सभा सदस्यका लागि ९५ जनाले मनोनयान दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालय कपिलवस्तुले जनाएको छ ।

जसमध्ये प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ मा २२ जना, प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ मा ११ जना र प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. ३ मा १८ जना जनाले मनोनयन दर्ता गराएका छन् ।

त्यस्तै प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं १ (क) मा ९ जना र ख मा १८ जनाको मनोनयन दर्ता भएको छ ।

प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं २ (क) मा १३ जना र ख मा ११ जनाले मनोनयन दर्ता गराएको अधिकृतको कार्यालयले जनाएको छ ।

प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. ३ (क) मा १९ जना र र ख मा २५ जनाको मनोनयन दर्ता भएको छ ।

 


प्रकाशित : २०७९ आश्विन २४, सोमबार ०७:२३