देशको आवश्यकताले बाम लोकतान्त्रिक गठबन्धन बनेको ४ सहयात्री दलको उद्धघोष , ४ नं मा सम्पर्क कार्यालय

[sharethis-inline-buttons]

लुदस, जितपुर
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सचिव एवं बाम-लोकतान्त्रिक गठबन्धन क्षेत्र नं १ प्रतिनिधिसभा उमेद्धार चक्रपाणी खनाल बलदेवले वर्तमान बाम-लोकतान्त्रिक गठबन्धन निर्वाचनका लागि मात्र नभएर संविधानको रक्षाका लागि बनेको बताएका छन् ।

यहाँस्थित सत्ता गठबन्धनले शनिवार कपिलवस्तु क्षेत्र नः १ (क) मा सत्ता गठबन्धनको प्रचार प्रसार समितिको सम्पर्क कार्यालयको उद्यघाटन गर्दै उनले उनले संविधान नै खतरामा परेका बेला वर्तमान संविधानको रक्षाका लागि गठबन्धन बनेको बताए ।
‘यो अहिलेको निर्वाचनका लागि गठबन्धन बनेको होइन’, खनालले भने ‘संविधान ध्वस्त पार्ने अवस्था आएपछि त्यसको रक्षाका लागि गठबन्धन निर्माण गरिएको हो ।’ उनले संविधान रक्षा गर्न गठित गठबन्धन निर्वाचनसम्म आइपुगेको बताए । ‘पटक-पटक संविधान च्यात्ने कोसिस भएपछि यही गठबन्धनले संविधानको रक्षा गरेको हो’, उनले भने, ‘अब यसलाई मङ्सिर ४ गतेको चुनावमा मात्र नभई अव बन्ने सरकार र देशको परिवर्तन गर्न समेत बाम लोकतान्त्रिक गठबन्धन आवश्यक रहेको बताएका थिए ।
साथै उनले कपिलवस्तुमा गठबन्धनमा खासै विवाद नरहेको र केही एकाध भए तिहारभित्र मिल्नेमा बिश्वास ब्यक्त गरेका छन ।
त्यस्तै सत्ता गठबन्धनबाट कपिलवस्तु क्षेत्र नः १ (क) का उम्मेदवार डोलकराम घिमिरेले कृषि, शिक्षा, पर्यटन क्षेत्रको बिकासमा आफुले नेतृत्वदायी भुमिका खेल्ने बताए बताएका थिए । त्यस्तै कपिलवस्तु गठबन्धन परिचालन समितिका संयोजक अत्तहर कमाल मुसलमानले कांग्रेसभित्र बसेर घात गर्नेलाई कारबाही हुने बताउदै गठबन्धनका उम्मेदवारलाई जिताउन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन । कार्यक्रममा कांग्रेस, माओवादी केन्द्र, एकिकृत समाजवादी, जनमोर्चाका नेता तथा कार्यकताको सहभागिता रहेको थियो ।


प्रकाशित : २०७९ आश्विन २९, शनिबार २१:३४