हरि आचार्य, कपिलवस्तु
नेकपा माओवादी केन्द्र बाणगंगा नगर कमिटी सदस्य तथा वाईसिएल ईन्चार्ज राजु थापा र माओवादी पार्टी सदस्य ज्योती सुनार लगायत अन्य पार्टीका नेता तथा कार्यकता नेकपा (एमाले) मा प्रवेश गरेका छन् । एमाले पार्टीले मात्र सुखी नेपाली संमृद्ध नेपालको सपना पुरा गर्ने पार्टी भएकाले एमाले प्रवेश गरेको नवप्रवेशीहरुले बताएका छन् ।
नवप्रवेशीहरुलाई पार्टीका पोलिटब्युरो सदस्य तथा राष्ट्रिय सभा सांसद बिमला घिमिरे, नेकपा (एमाले) कपिलवस्तु क्षेत्र नंं १ का प्रतिनिधि सभा सदस्यका उम्मेद्वार तथा पार्टी जिल्ला ईन्चार्ज बलराम अधिकारी, क्षेत्र नं.१ (क) प्रदेश सभा सदस्यका उम्मेद्वार बिष्णु पन्थी लगायतले स्वागत गर्नुभएको थियो ।
पछिल्लो समय एमालेमा प्रवेश गर्नेको लहर चलेको छ, यस अघि मात्रै माओवादी प्रदेश कमिटी सदस्य, वडा कमिटी अध्यक्ष, माओवादीबाट निर्वाचित पुर्व वडाध्यक्ष लगायत प्रवेश एमालेमा प्रवेश गरेको एमाले कपिलवस्तु क्षेत्र नं. १ निर्वाचन परिचालन कमिटीले जनाएको छ ।




















