सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना अपडेट : ज्यान गुमाउनेको संख्या ४ पुग्यो

[sharethis-inline-buttons]

लुदअ, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिकामा शुक्रबार साँझ भएको सशस्त्र प्रहरी सवार ट्रक दुर्घटनामा ४ जनाको ज्यान गएको छ । सिउटीमा भएको ट्रक दुर्घटनामा चालक सशस्त्र प्रहरी रमेश चौधरी , शशस्त्र प्रहरी जनक चौधरी,  साइकलयात्री अमर तङनामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । तीव्र गतिमा गुडिरहेको सशस्त्र प्रहरी सवार ना १ ग ५५४ नं. को ट्रक अनियन्त्रित हुँदै साइकलमा सवार र बाटोमा हिडिरहेका पैदलयात्रीलाई ठक्कर दिदैं दुर्घटनाग्रस्त भएको हो ।

यस्तै दुर्घटनामा स्थानीय सागर पाण्डे, राजु चौधरी र कुल बहादुर घर्ती गम्भीर घाइते भएका छन् । यी तिनै जनालाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ । यस्तै दुर्घटनामा घाइते भएका सशस्त्र प्रहरी जवान गोविन्द सुवेदी, प्रेम मल्ललाइ पनि बुटवल रिफर गरिएको छ ।
स्थानीयबासीले सशस्त्र प्रहरीको लापरबाही कै कारण ट्रक दुर्घटनामा परेको आरोप लगाएका छन् । स्थानीयबासी दुर्घटनामा परेको सवारीमा मदिरा भेटिनु गम्भीर लापरबाही भएको भन्दै आन्दोलित भएका छन् । सवारी दुर्घटनास्थलमा स्थानीयले सशस्त्र प्रहरी माथि छानविन हुनुपर्ने माग गर्दै आन्दोलन गरेका थिए । यता स्थानीय प्रशासनले दुर्घटनाबारे अनुुसन्धान भइरहेको बताएको छ ।

 


प्रकाशित : २०७९ कार्तिक ५, शनिबार ०७:०४