लुदअ,भलवाड
कपिलवस्तुको वाणगंगा नगरपालिका स्वास्थ शाखाको आयोजनामा क्षयरोग मुक्त नेपाल घोषणा कार्यक्रम अन्तर्गत वडा स्तरमा सुक्ष्म योजना निर्माण सम्बन्धि अभिमुखिकरण कार्यक्रम वाणगंगा ९ स्वास्थ चौकी कार्यालयको सभा हल भलवाडमा सम्पन्न भएको छ ।
कार्यक्रममा वाणगंगा नगर स्वास्थ सह इन्चार्ज भक्तिराम पान्डे र कार्यक्रम संयोजक बिस्नु आचार्यले प्रशिक्षण दिनु भएको थियो । कार्यक्रममा टोल विकास संस्थाका पदाधिकारी ,जनप्रतिनिधि ,स्वास्थ कर्मचारी, स्वास्थ स्वयंसेविकाको सहभागीता रहेको थियोे ।
कार्यक्रम स्वास्थ ब्यबस्थापन समितिका अध्यक्ष तथा वडा नम्बर ९ का वडा अध्यक्ष कमल पौडेलको अध्यक्षता रहेको कार्यक्रम भलवाड स्वास्थ चौकी प्रमुख जित बिकास रायमाझीको सहजीकरणमा सम्पन्न भएको थियो ।
वाणगंगा ९ मा क्षयरोग विरुद्ध सुुक्ष्म योजना निर्माण
प्रकाशित : २०७९ कार्तिक २६, शनिबार १३:११
© 2024: Lumbini Darpan Online | All right reserved | Privacy Policy
Powered by: ProTech