ताजा अपडेट

प्रधानमन्त्री बालेन मंसिर ७ र ८ मा भारत भ्रमणमा जाने

दोस्रो कपिलवस्तु व्यापार मेलाको तयारी तीव्र, पत्रकार सम्मेलनमार्फत जानकारी गरिँदै

दीपक मनाङे देउवा समूहको काँग्रेसमा प्रवेश

जबराको हिरासत प्रकरण : एसएसपी खड्का आयोगमा, करिब एक घण्टा बयान

पिपरा कोठी सामुदायिक वनको १७औँ साधारण सभा : ३ करोड ३६ लाखको बजेट प्रस्तुत

लोकभजन–चुड्का संरक्षणमा बाणगंगाको सक्रियता : नगर कार्यसमितिको पहिलो बैठक सम्पन्न

नेपाल किसान ट्रयाक्टर समितिको मानवीय पहल ७० युनिट रगत संकलन

लक्ष्मणघाट सामुदायिक वनको २८ औँ साधारणसभा सम्पन्न

इटहरीमा अत्याधुनिक ७२० किलोवाट चार्जर सञ्चालनमा, एकैपटक १५ विद्युतीय गाडी चार्ज गर्न सकिने

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

सरसफाइको जागरण गाउँ–गाउँ पुर्‍याउन उत्प्रेरकको क्षमता अभिवृद्धिमा जोड

Lumbini Darpan 1 २०८३ श्रावण ३०, शनिबार १९:५८
[sharethis-inline-buttons]

चन्दौटा। समुदायस्तरमा सरसफाइ तथा स्वच्छतासम्बन्धी सकारात्मक व्यवहार परिवर्तनलाई प्रभावकारी बनाउन कपिलवस्तुको विजयनगरमा सरसफाइ उत्प्रेरकहरूका लागि तीनदिने सरसफाइ तथा स्वच्छता तालिम सुरु भएको छ।

सेचेन करुणाको आयोजना तथा विजयनगर गाउँपालिकाको समन्वयमा विजयनगर र यशोधरा गाउँपालिकाका २० जना सरसफाइ उत्प्रेरक सहभागी तालिम साउन २९ देखि ३१ गतेसम्म विजयनगर गाउँपालिका–स्थित गुगौली स्वास्थ्य चौकीको सभाहलमा सञ्चालन भएको छ।

सरसफाइ उत्प्रेरकहरूको ज्ञान, सीप तथा क्षमता अभिवृद्धि गरी उनीहरूलाई समुदायमा सरसफाइ, स्वच्छता तथा स्वास्थ्यसम्बन्धी व्यवहार परिवर्तनका लागि प्रभावकारी रूपमा परिचालन गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो।

तालिममा सहभागीहरूलाई नेपालको राष्ट्रिय तथा जिल्लास्तरीय स्वास्थ्य तथा सरसफाइको अवस्था, राष्ट्रिय नीति तथा निर्देशिका, समुदायको अगुवाइमा स्वच्छता तथा सरसफाइ प्रवर्द्धनसम्बन्धी अवधारणा, सरसफाइ उत्प्रेरकको भूमिका तथा कार्यक्षेत्रलगायतका विषयमा प्रशिक्षण दिइएको छ।

त्यस्तै, व्यवहार परिवर्तन तथा सञ्चार, सुरक्षित पानीको उपयोग, स्वच्छता तथा सरसफाइका पाँच मुख्य आयाम, जागरण तथा उत्प्रेरणा र समुदायमा सकारात्मक परिवर्तनका लागि प्रभावकारी सञ्चारलगायतका विषयलाई तालिममा प्राथमिकता दिइएको छ।

तालिमका क्रममा सहभागीहरूलाई समुदायमा बैठक तथा अभिमुखीकरण सञ्चालन गर्ने तरिका, व्यवहार परिवर्तनका लागि प्रभावकारी सञ्चार, खुला दिसामुक्त तथा स्वच्छता अभियानका अभ्यास, उत्प्रेरणाका विभिन्न विधि तथा सिकाइ र प्रतिवेदन प्रस्तुतिलगायतका विषयमा प्रयोगात्मक अभ्याससमेत गराइएको छ।

यसैगरी, सूचना, शिक्षा तथा सञ्चार सामग्रीको प्रयोग, जागरण तथा उत्प्रेरणाका लागि स्थानीय सामग्रीको प्रयोग, खानेपानी , सरसफाइ तथा स्वच्छता योजना, अन्तरसम्बन्धित सवाल तथा कार्यक्रमसँग सम्बन्धित व्यवहारिक विषयमा समेत प्रशिक्षण दिइने आयोजकले जनाएको छ।

तालिममा व्यवहारिक अभ्यास, समूहगत छलफल, सिमुलेसन एक्सरसाइज तथा प्रस्तुतीकरणमार्फत सहभागीहरूको सिकाइलाई प्रभावकारी बनाउने पद्धति अपनाइएको थियो। तालिमको सहजीकरण सरसफाइ प्रशिक्षक थानेश्वर अधिकारी र परियोजनाको कार्यक्रम अधिकृत प्रमिला अर्याल र सहजकर्ता हरि शंकर उपाध्यायले गरेका छन्।

तीन दिने तालिमले सरसफाइ उत्प्रेरकहरूको क्षमता अभिवृद्धि गर्दै समुदायमा सरसफाइ तथा स्वच्छतासम्बन्धी सचेतना र सकारात्मक व्यवहार परिवर्तनको अभियानलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।


प्रकाशित : २०८३ श्रावण ३०, शनिबार १९:५८

Lumbini Darpan 1

लेखकबाट थप

  • प्रधानमन्त्री बालेन मंसिर ७ र ८ मा भारत भ्रमणमा जाने
  • दीपक मनाङे देउवा समूहको काँग्रेसमा प्रवेश
  • जबराको हिरासत प्रकरण : एसएसपी खड्का आयोगमा, करिब एक घण्टा बयान
  • पिपरा कोठी सामुदायिक वनको १७औँ साधारण सभा : ३ करोड ३६ लाखको बजेट प्रस्तुत
  • लोकभजन–चुड्का संरक्षणमा बाणगंगाको सक्रियता : नगर कार्यसमितिको पहिलो बैठक सम्पन्न
प्रतिक्रिया

यो पनि पढौँ

दीपक मनाङे देउवा समूहको काँग्रेसमा प्रवेश

पिपरा कोठी सामुदायिक वनको १७औँ साधारण सभा : ३ करोड ३६ लाखको बजेट प्रस्तुत

लोकभजन–चुड्का संरक्षणमा बाणगंगाको सक्रियता : नगर कार्यसमितिको पहिलो बैठक सम्पन्न

इटहरीमा अत्याधुनिक ७२० किलोवाट चार्जर सञ्चालनमा, एकैपटक १५ विद्युतीय गाडी चार्ज गर्न सकिने

कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

“अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल

‘मन भक्कानिए पनि बिलौना गर्ने अवस्था छैन’ : प्रधानमन्त्री शाह

बाणगङ्गाले बाढीपीडितका लागि ४५ लाख सहयोग गर्ने

भर्खरै

  • प्रधानमन्त्री बालेन मंसिर ७ र ८ मा भारत भ्रमणमा जाने

  • दोस्रो कपिलवस्तु व्यापार मेलाको तयारी तीव्र, पत्रकार सम्मेलनमार्फत जानकारी गरिँदै

  • दीपक मनाङे देउवा समूहको काँग्रेसमा प्रवेश

  • जबराको हिरासत प्रकरण : एसएसपी खड्का आयोगमा, करिब एक घण्टा बयान

  • पिपरा कोठी सामुदायिक वनको १७औँ साधारण सभा : ३ करोड ३६ लाखको बजेट प्रस्तुत

  • लोकभजन–चुड्का संरक्षणमा बाणगंगाको सक्रियता : नगर कार्यसमितिको पहिलो बैठक सम्पन्न

  • नेपाल किसान ट्रयाक्टर समितिको मानवीय पहल ७० युनिट रगत संकलन

  • लक्ष्मणघाट सामुदायिक वनको २८ औँ साधारणसभा सम्पन्न

  • इटहरीमा अत्याधुनिक ७२० किलोवाट चार्जर सञ्चालनमा, एकैपटक १५ विद्युतीय गाडी चार्ज गर्न सकिने

  • प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech