ताजा अपडेट

असक्त युवालाई लक्ष्मणघाटका युवाहरुद्धारा क्रिकेट प्रतियोगिताबाट संकलित ७० हजार सहयोग

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुको दोस्रो अधिवेशन भोलि कात्तिक २७ गते हुने

एमाले कपिलवस्तुले बाणगंगामा कात्तिक २९ गते शक्ति प्रदर्शन सहित बिशाल जनसभा गर्ने

सनलाईट स्कुलमा मंसिर ५ र ६ गते वृहत १० औं ‘एस.क्यु.सी.’ (विद्यार्थी गुणीय चक्र) सम्मेलन हुंदै

बुद्धभूमि मेला स्थगनको माग गर्दै होटल व्यवसायी संघको ज्ञापनपत्र

दुई मोटरसाइकल ठोक्किँदा कोपवामा कार्यरत प्रहरी हवल्दारको मृत्यु

नेता मोहम्मद अफताब आलमको मृत्यु

युवाको हातमा सुनौलो बिहानी’ नारासहित बुद्धरंगशालामा मंसिर १८ देखि कपिलवस्तु महोत्सव सुरू हुने

बाणगंगामा मंसिर ५ देखि १७ गते सम्म ‘प्रथम कपिलवस्तु महोत्सव–२०८२’ सञ्चालन हुने

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

इन्सेक लुम्बिनी प्रदेशद्वारा निर्वाचन पूर्व अवस्था बारे कपिलवस्तुमा अनुगमन तथा छलफल

Lumbini Darpan 2 २०७९ कार्तिक ३०, बुधबार ०७:१६
[sharethis-inline-buttons]

पार्वती आचार्य, कपिलवस्तु

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेशको टोलीले निर्वाचन पूर्व अवस्था र तयारीका बारेमा कात्तिक २९ गते कपिलवस्तु जिल्लामा अनुगमन गरेको छ ।

इन्सेक कार्य समिती सदस्य शोभाखर बुढाथोकी, इन्सेक केन्द्रिय कार्यालयका प्रतिनिधी कृष्ण गौतम, इन्सेक लुम्बिनी प्रदेश प्रमुख भोला महत , जिल्ला प्रतिनिधि पार्वती आचार्य र मानव अधिकार समूहका अध्यक्ष पुस्पा रेग्मी लगायतको टोलीले जिल्लाको बिभिन्न स्थानहरूमा भएको तयारीको अनुगमन गर्नुको साथै सरोकारवाला निकायहरूसँग छलफल गरेको छ ।

छलफलका क्रममा प्रमुख जिल्ला अधिकारी धमेन्द्र कुमार मिश्र, सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेल, राष्ट्रिय अनुसन्धानका प्रमुख मोहन बहादुर कुवर , जिल्ला प्रहरी कार्यालयका एसपी प्रेम बहादुर बस्नेत, सशस्त्र प्रहरीका एसपी सुर्य बहादुर सेन वली , निर्वाचन आचारसंहिता अनुगमन अधिकृत भिमार्जुन ज्ञवाली , जिल्ला निर्वाचन अधिकारी राजिव पन्थी , पत्रकार , पर्यवेक्षकहरु र मतदाताहरूसँग भेटघाट तथा छलफल गरिएको हो ।

छलफल कार्यक्रममा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले यस जिल्लामा मतदाता सङ्ख्या ३ लाख ७२ हजार २ सय ३२ जना रहेको बताउनु भयो । निर्वाचनमा नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान , सशस्त्र प्रहरी , नेपाल आर्मी , म्यादी प्रहरी तथा कर्मचारीहरू खटाइएको छ । स्वच्छ , निष्पक्ष र भएरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि चाहिने सुरक्षाकर्मीको व्यवस्था गरिनुका साथै ४४ वटा मोवाईल टोलिको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी मिश्रले बताउनु भयो ।

यस्तै नियमीत चेकजाँच गर्ने कार्य , निर्वाचन पूर्व ७२ घण्टाको लागि सिमानाका बन्द गर्ने निर्णय भएको छ । कुनै प्रकारको आचासंहिंता उल्लघंन गर्ने बिषयमा केही घटनाहरु भएमा कारवाही गरिने प्रमुख जिल्ला अधिकारी मिश्रले बताउनु भयो । रानितीक दलहरुले जिल्ला प्रशासन कार्यालयबाट अनुमती लिए पनि सो बिपरित आचारसंहिता उल्लघंनका कार्य गर्दै आएको समेत पाईएको बताउनु भयो ।

मदिरा , भोजभतेर लगाएतका बिषयहरु प्रति प्रहरी प्रशासन सचेत छ । सिमानाका क्षेत्रमा बाक्लो सुरक्षा परिचालन गरिएको छ । यस्तै जिल्लामा निर्वाचन आचार संहिता उल्लङ्घनका घटनाहरू विगतको तुलनामा सुधार देखिए पनि अनुगमनका क्रममा राजनीतिक दलहरूले आचार संहिता उल्लङ्घन नगर्ने गरी आचार संहिता बनाए पनि केही छिटफुट घटनाहरू मध्ये भारतीय गाडीको प्रयोग , पोष्टर पम्प्लेट टाँस गरेको, निर्वाचन आचारसंहिता विपरित ठुला व्यानगर , सरकारी कार्यालयमा पोष्टर लगाउने , माईकिंग , डिजे साउण्ड , बिभिन्न सांस्कृतिक नाचगान गरेको लगायतका सूचनाहरू आएको प्रमुख जिल्ला अधिकारी मिश्रले बताउनु भयो ।

जोखिम क्षेत्र हेरेर सुरक्षाको परिचालन गरिएको छ । निर्वाचनलाई सुरक्षित , भएरहित तवरले सम्पन्न गर्न राजनितीक दल , नागरिक समाज , बिभिन्न मानव अधिकारकर्मी संस्थाहरु र प्रहरी प्रशासनको महत्वपूर्ण भूमिका रहने बताउनु भयो ।

निर्वाचन आचासंहिता अनुगमन अधिकृत भिर्माजुन ज्ञवालीले अनुगमनलाई निरतरता दिइएको बताउनु भयो । अनुगमनका क्रममा केही आचारसंहिता उल्लघंन भएका बिषयलाई नियन्तरणमा ल्याईएको छ ।। प्रचारप्रसार गर्दागर्दै भेटिएका ४ वटा भारतीय गाडीलाई नियन्तरणमा ल्याईएको छ आचारसंहिता उल्लघंन गरेको भन्दै १ उजुरी परेको जानकारी दिंदै सोको बिषयमा छानबिन भैरहेको ज्ञवालीले बताउनु भयो ।

यसैगरी जिल्ला निर्वाचन अधिकारी राजीव पन्थीले निर्वाचनकालागि आवश्यक मतदाता शिक्षा सामाग्रीहरु प्रत्येक स्थानियतहबाट बितरण भएको बताउनु भयो । पछिल्लो समयमा प्रदेश मतदान केन्दहरु्रमा समेत पुग्नेगरी पठाइएको छ । मतदान तयारीको अवस्थामा सम्पूर्ण निर्वाचन अधिकृतको कार्यालयमा ७१ प्रकारका सम्पुर्ण सामाग्रीहरु पठाउने तयारी भैरहेको बताउनु भयो ।

क्षेत्र नं. १ र ३ मा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयको कार्यालयबाट बितरण हुन्छ भने क्षेत्र नं. २ को हकमा जिल्ला निर्वाचनको कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिकै भएको हुँदा निर्वाचन कार्यालयबाट निर्वाचन सामाग्रीहरु बुझाई सकिएकोे निर्वाचन अधिकारी पन्थीले बताउनु भयो ।

निर्वाचन अधिकृतहरुले मतदान सामाग्रीहरु मंसिर १ गते बिहान ७ बजेदेखि बुझ्ने छन् । मतदान केन्द्रहरु निर्माणकालागि तालिममा सम्पूर्ण मतदान अधिकृतहरुलाई बिरामी , सुत्केरी , आपांग , जेष्ठनागरिक मैत्री मतदान केन्द्र बनाउनकालागि फराकिलो स्थानको व्यवस्थापन गर्न आग्रह गरिएको अधिकारी पन्थीले बताउनु भयो ।

सरोकारवालाहरु संग भएको छलफलमा इन्सेक केन्द्रिय कार्य समिती सदस्य शोभाखर बुढाथोकीले मंसिर चार गते हुन गइरहेको निर्वाचन प्रकृया कसरी अगाडि बढेको छ ? भयरहित , स्वतन्त्र र निष्पक्ष ढंगबाट सम्पन्न गर्न सुरक्षा निकाय , निर्वाचन कार्यालय र समग्र तयारीको अवस्था के छ ? प्रचारप्रसारका क्रममा आचारसंहिताको के कति पालना भइरहेको छ । भन्ने बिषयमा बुझ्न इन्सेकले देशका विभिन्न जिल्लाहरूमा अनुगमन गरिरहेको बताउनुभयो ।

यसैगरी इन्सेक कार्यसमिती सदस्य बुढाथोकीले मतदाताहरु मतदान केन्द्रमा गई ढुक्कसंग मतदान दिन सक्ने नागरिको नैसर्गिक अधिकार भएको हुँदा कुनैपनि नागरिक आफ्नो मतदान गर्ने अधिकारबाट बञ्चित हुन नहुने बताउनु भयो । साथै निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित र भयरहित बनाउनकालागि सबैको महत्व भएको भन्दै नागरिकले आफूले रोजेको दललाई ढुक्क तरिकाले मत दिने वातावरणको व्यवस्थापन गरिदिन प्रहरी प्रशासनलाई आग्रह गर्नुभयो ।

यस्तै इन्सेक लुम्बिनी प्रदेशका संयोजक भोला महतले निर्वाचनलाई निष्पक्ष र भएरहित बनाउनकालागि इन्सेकले खेलेको भूमिका निर्वाचन पर्यवेक्षणका विषयमा जानकारी गराउदै सरोकारवालाहरूको थप सल्लाह तथा सुझावहरु आवश्यक रहेको वताउनु भयो । स्वतन्त्ररुपमा मताधिकारको प्रयोग गर्ने वातावरणको लागी नागरिक समाज, अधिकारकर्मी र पत्रकारहरूले जहिले पनि सम्बन्धित पक्षलाई घचघच्यानु पर्ने संयोजक महतले बताउनु भयो ।

मधेश माहुरी होम कपिलवस्तुका बरिष्ठ मानव अधिकारकर्मी रामदयाल ठाकुरले मतदानको अवस्थादेखि मतगणनाको अवस्थासम्मको वतावरणलाई नागरिकमैत्री बनाउनु पर्नेमा जोड दिनु भयो ।

नागरिक समाज कपिलवस्तुका अध्यक्ष डोलख बहादुर पछाईले प्रचारप्रसारमा भारतीय गाडीको बढीमात्रामा प्रयोग भएको बताउनु भयो । मत बदर नगराउन मतदाता शिक्षा कार्यक्रमलाई बिषेश जोडदिन आग्रह गर्नु भयो ।

संवाद समूहका प्रतिनिधी तुल्सिीराम यादवले अघिल्ला निर्वाचनमा अपांग , सुत्केरी , जेष्ठनागरिक मैत्रि मतदान केन्द्र नभएको पाईएको हुँदा यस निर्वाचनमा लक्षित वर्गलाई समेटेर मतदान केन्द्रहरु निर्माण गर्न आग्रह गर्नुभयो । अपांगता भएका व्यक्तीहरु , सुष्म व्यक्तिहरुलाई बुझ्ने तरिकाले मतदानको बिषयमा ज्ञान डिलाउनुपर्ने बताउनु भयो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष किरणमान बज्राचार्यले समाचार संम्प्रेषणका लागि पत्रकारहरुलाई मत गणनाको समयमा मतगणनाको नजिकै पत्रकारकालागि डेक्सको व्यवस्था गरिदिन सके सत्यतथ्य समाचार सम्प्रेषण हुने बताउनु भयो ।

अनुगमन टोलीले कपिलवस्तु नगपालिका , मायाँदेवी गाउँपालिका र शुद्धोधन गाउँपालिका १ वग्दीका मतदाता र नागरिक अगुवाहरूसँग समेत छलफल गरेको छ । छलफलका क्रममा कपिलवस्तु मानव अधिकार समूहका अध्यक्ष पुष्पा रेग्मीले बिभिन्न राजनितीक दलका नेता तथा कार्यकर्ताहरुले निर्वाचन आचासंहिता पालना नगरेको पाइएको बताउनु भयो ।


प्रकाशित : २०७९ कार्तिक ३०, बुधबार ०७:१६

Lumbini Darpan 2

लेखकबाट थप

  • असक्त युवालाई लक्ष्मणघाटका युवाहरुद्धारा क्रिकेट प्रतियोगिताबाट संकलित ७० हजार सहयोग
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुको दोस्रो अधिवेशन भोलि कात्तिक २७ गते हुने
  • एमाले कपिलवस्तुले बाणगंगामा कात्तिक २९ गते शक्ति प्रदर्शन सहित बिशाल जनसभा गर्ने
  • सनलाईट स्कुलमा मंसिर ५ र ६ गते वृहत १० औं ‘एस.क्यु.सी.’ (विद्यार्थी गुणीय चक्र) सम्मेलन हुंदै
  • बाणगंगामा मंसिर ५ देखि १७ गते सम्म ‘प्रथम कपिलवस्तु महोत्सव–२०८२’ सञ्चालन हुने
प्रतिक्रिया

यो पनि पढौँ

असक्त युवालाई लक्ष्मणघाटका युवाहरुद्धारा क्रिकेट प्रतियोगिताबाट संकलित ७० हजार सहयोग

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुको दोस्रो अधिवेशन भोलि कात्तिक २७ गते हुने

एमाले कपिलवस्तुले बाणगंगामा कात्तिक २९ गते शक्ति प्रदर्शन सहित बिशाल जनसभा गर्ने

सनलाईट स्कुलमा मंसिर ५ र ६ गते वृहत १० औं ‘एस.क्यु.सी.’ (विद्यार्थी गुणीय चक्र) सम्मेलन हुंदै

बुद्धभूमि मेला स्थगनको माग गर्दै होटल व्यवसायी संघको ज्ञापनपत्र

दुई मोटरसाइकल ठोक्किँदा कोपवामा कार्यरत प्रहरी हवल्दारको मृत्यु

नेता मोहम्मद अफताब आलमको मृत्यु

युवाको हातमा सुनौलो बिहानी’ नारासहित बुद्धरंगशालामा मंसिर १८ देखि कपिलवस्तु महोत्सव सुरू हुने

बाणगंगामा मंसिर ५ देखि १७ गते सम्म ‘प्रथम कपिलवस्तु महोत्सव–२०८२’ सञ्चालन हुने

बाणगंगा २ युवाहरुले गरे विरामी र विपन्न परिवारलाई सहयोग

पिपरा कोठी वनको अध्यक्षमा झलक बहादुर कार्कीको उम्मेद्वारी, भोलि शनिवार निर्वाचन हुंदै

कपिलवस्तुमा चक्रवात मोन्थाको असर: धानबालीमा ठूलो क्षति, किसानहरू पिडित

भर्खरै

  • असक्त युवालाई लक्ष्मणघाटका युवाहरुद्धारा क्रिकेट प्रतियोगिताबाट संकलित ७० हजार सहयोग

  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुको दोस्रो अधिवेशन भोलि कात्तिक २७ गते हुने

  • एमाले कपिलवस्तुले बाणगंगामा कात्तिक २९ गते शक्ति प्रदर्शन सहित बिशाल जनसभा गर्ने

  • सनलाईट स्कुलमा मंसिर ५ र ६ गते वृहत १० औं ‘एस.क्यु.सी.’ (विद्यार्थी गुणीय चक्र) सम्मेलन हुंदै

  • बुद्धभूमि मेला स्थगनको माग गर्दै होटल व्यवसायी संघको ज्ञापनपत्र

  • दुई मोटरसाइकल ठोक्किँदा कोपवामा कार्यरत प्रहरी हवल्दारको मृत्यु

  • नेता मोहम्मद अफताब आलमको मृत्यु

  • युवाको हातमा सुनौलो बिहानी’ नारासहित बुद्धरंगशालामा मंसिर १८ देखि कपिलवस्तु महोत्सव सुरू हुने

  • बाणगंगामा मंसिर ५ देखि १७ गते सम्म ‘प्रथम कपिलवस्तु महोत्सव–२०८२’ सञ्चालन हुने

  • बाणगंगा २ युवाहरुले गरे विरामी र विपन्न परिवारलाई सहयोग


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech