ताजा अपडेट

किन विश्व अमेरिकालाई ‘खलनायक’ मान्दैछ, चीनको पक्षमा बढ्दै जनलहर?

तिलोत्तमामा एउटै घरमा भेटिए २३ वटा विषालु सर्प, सबैको उद्धार

डेंगी परीक्षणको शुल्क निर्धारण गर्नुपर्नेमा मन्त्री पौडेलको जोड

रुपन्देहीको शुद्धोदन गाउँपालिकाको बजेट पारित, कुल बजेट ७९ करोड २४ लाख

रहस्यमय घटना: भरतपुर अस्पतालको सेफ्टी ट्याङ्कीभित्र बालिका कसरी खसिन्?

मिडिया हाउसको दुरुपयोग: बाँके, सुर्खेत र जाजरकोटमा नक्कली नोट र लागुऔषध कारोबारको जालो

भारतबाट आएको ट्रक मुग्लिन सडकबाट ८० मिटर तल खस्यो

अपहरणमा परि सामुहिक बलात्कार भएको र न्याय नपाएको भन्दै शुद्धोधनकी महिला मिडियामा

ऊर्जामन्त्री खड्काको जनार्दनलाई प्रश्न: १२ वर्षमा के प्रगति भयो?

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

प्रधानमन्त्री सहित शीर्ष नेताहरूले कहाँबाट गर्दैछन् मतदान

Lumbini Darpan 2 २०७९ मंसिर ४, आईतवार ०७:३७
[sharethis-inline-buttons]

लुदअ मंसिर ४, काठमाण्डौ
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज डडेलधुरा गन्यापधुरा गाउँपालिका–१, रुवाखोलामा रहेको असिग्राम मावि मतदान केन्द्रमा मतदान गर्दै हुनुहुन्छ । यसका लागि देउवा केही दिनदेखि डडेलधुरामा हुनुहुन्छ । प्रधानमन्त्री देउवाले बिहान ९ बजे मतदान गर्नुहुने जनाइएको छ ।

२०४८ सालदेखि लगातार निर्वाचित प्रधानमन्त्री देउवा पुनः त्यही निर्वाचन क्षेत्रबाट उम्मेदवार हुनुहुन्छ । प्रधानमन्त्री देउवाका कानुनविज्ञ अधिवक्ता केशवराज जोशीका अनुसार प्रधानमन्त्री पत्नी डा आरजु राणा देउवाले पनि त्यही मतदान केन्द्रबाट मतदान गर्नुहुनेछ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बराह क्षेत्र नगरपालिका–१० प्रकाशपुरमा रहेको मतदान केन्द्रमा मतदान गर्नुहुने उहाँका स्वकीय सचिव रामजी थापाले जानकारी दिनुभयो।

कांग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका मन्त्री कार्की सुनसरी क्षेत्र नं ४ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार हुनुहुन्छ । गृहमन्त्री बालकृष्ण खाणले रुपन्देहीको तिलोत्तमा–८ मा रहेको ज्योति आधारभूत विद्यालयमा मतदान गर्नुहुने छ । उहाँ रुपन्देही क्षेत्र ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार हुनुहुन्छ ।

प्रतिनिधि सभा तथा प्रदेश सभाअन्तर्गत आज भइरहेको चुनावमा प्रमुख दलका सबैजसो शीर्ष नेताले मतदान गर्दै हुनुहुन्छ । नेकपा ९एमाले० अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आ–आफ्नो मतदाता नामावली भएको मतदान केन्द्रमा पुगी मतदान गर्नुहुने छ ।

अध्यक्ष दाहाल आफ्नो मताधिकार प्रयोग गर्न हिजो दिउँसो चितवन पुग्नुभएको उहाँका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो । उहाँले भरतपुर महानगरपालिका–१४ शिवनगरमा रहेको मतदान केन्द्रमा मतदान गर्दै हुनुहुन्छ ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गौर नगरपालिका–२ मा रहेको रामजानकी कन्या प्राथमिक विद्यालय भवनमा मतदान गर्दै हुनुहुन्छ । त्यही पार्टीका नेता झलनाथ खनालले आफैँ उम्मेदवार रहेको इलामको सूर्योदय नगरपालिका–९ को राष्ट्रिय निमावि फिक्कल, रामफोक मतदान केन्द्रमा मतदान गर्नुहुने भएको छ ।

यस्तै लोकतान्तिक समाजवादी पार्टी लोसपाका अध्यक्ष महन्थ ठाकुरले सर्लाहीको बलरा नगरपालिका–१ मा मतदान गर्नुहुनेछ । अध्यक्ष ठाकुर महोत्तरी–३ का प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार हुनुहुन्छ । जनता समाजवादी पार्टी जसपा अध्यक्ष उपेन्द्र यादवले विराटनगर–१४ मा रहेको डिग्री क्याम्पसमा रहेको मतदान केन्द्रमा मतदान गर्दै हुनुहुन्छ । उहाँ सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार हुनुहुन्छ ।

त्यसैगरी कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको व्यास–२, सत्यवादी माध्यमिक विद्यालयमा रहेको केन्द्रबाट मतदान गर्दै हुनुहुन्छ । कांग्रेस महामन्त्री गगनकुमार थापाले काठमाण्डौ–३०, मैतीदेवी मन्दिरमा रहेको मतदान केन्द्रमा मतदान गर्दै हुनुहुन्छ । अर्का महामन्त्री विश्वप्रकाश शर्माले झापाको मेचीनगर नगरपालिका–९ को कविशिरोमणि मतदान केन्द्रमा मतदान गर्नुहुनेछ ।

कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाण्डौ–१६ पकनाजोलमा रहेको नेपाल युवक माविको मतदान केन्द्रमा मतदान गर्नुहुनेछ । कांग्रेस नेता शेखर कोइरालाले विराटनगर–७ को आर्दश विद्यालयमा मतदान गर्नुहुनेछ ।

जसपाका सङ्घीय परिषद् अध्यक्ष अशोक राई सुनसरीबाट मतदान गर्दै हुनुहुन्छ । उहाँ सुनसरी क्षेत्र नं १ बाट उम्मेदवार बन्नुभएको छ । जसपाका नेता राजेन्द्र श्रेष्ठले क्षेत्रपाटी ढल्कुमा रहेको मतदान केन्द्रमा मतदान गर्नुहुनेछ । श्रेष्ठ काठमाण्डौ क्षेत्र नं ७ का उम्मेदवार हुनुहुन्छ ।

जसपाका प्रवक्ता मनिस सुमनले राजविराज–३ मा रहेको केएएमबी माविबाट मतदान गर्दै हुनुहुन्छ । लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले सर्लाही चन्द्रनगर–२ दुर्गा खोभारी जनता उमावि केन्द्रमा मतदान गर्दै हुनुहुन्छ । महतो सर्लाही क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार हुनुहुन्छ ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देल, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायत नेताले आफ्नै निर्वाचन क्षेत्रको मतदान केन्द्रमा मतदान गर्नुहुने जनाइएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले भक्तपुर दरबार स्क्वायरको विद्यार्थी निकेतन उच्च मावि मतदान केन्द्रबाट मतदान गर्नुहुनेछ । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गोरखाको सिरानचोक गाउँपालिका–८ जौबारीमा रहेको मतदान केन्द्रमा मतदान गर्दै हुनुहुन्छ ।

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले गोरखाको पालुङटार नपामा रहेको अन्नपूर्ण मावि मतदान केन्द्रमा मतदान गर्नुहुनेछ । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि काठमाण्डौ–५ मा रहेको टोखा–६, स्काइलार्क स्कुल धापासी केन्द्रबाट आफैँलाई मतदान गर्दै हुनुहुन्छ । यस्तै एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले बुटवल–८ मा रहेको पश्चिमाञ्चल डिभिजन सडक कार्यालयमा मतदान गर्दै हुनुहुन्छ ।

एमाले महासचिव शङ्कर पोखरेलले तुलसीपुर– १९, जनता विद्यापीठ केन्द्र बिजौरीबाट मतदान गर्नुहुनेछ । संविधान सभाका अध्यक्ष सुभाष नेम्वाङले इलाम–७ बालमन्दिर आधारभूत विद्यालय हाकिमटोलमा मतदान गर्नुहुनेछ । एमाले नेता रामबहादुर थापाले भरतपुर–१० नारायणी नमूना माविमा मतदान गर्नुहुनेछ । अर्का नेता टोपबहादुर रायमाझीले अर्घाखाँचीको सन्धिखर्क–९, अर्घा रजस्थल मावि रासीचौरमा मतदान गर्नुहुनेछ ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वतको मोदी गाउँपालिका–७ राम्जामा रहेको पशुपति माविमा रहेको मतदान केन्द्रमा मतदान गर्नुहुनेछ । मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले मध्यबानेश्वरमा रहेको मतदान केन्द्रमा मतदान गर्नुहुनेछ ।

यी नेताले आफैँलाई मतदान गर्न नपाउने

केही शीर्ष नेताले आफैँ उम्मेदवार रहेको क्षेत्रमा आफैँलाई मतदान गर्दै छन् भने कतिपयले आफ्नो उम्मेदवारी नामावली भएको क्षेत्रभन्दा बाहिर भएकाले आफैँलाई मतदान गर्न पाउने छैनन् ।

एमाले अध्यक्ष ओली, माओवादी अध्यक्ष प्रचण्ड, कांग्रेस महामन्त्री डा शशाङ्क कोइराला, लोसपाका नेता महन्थ ठाकुर, राजेन्द्र महतो र जसपाका अध्यक्ष उपेन्द्र यादवले आफूले आफैँलाई मतदान गर्न पाउनु हुनेछैन । मतदाता नामावली आफू उम्मेदवार रहेको क्षेत्रभन्दा फरक रहेकाले पाँच वर्षमा हुने आवधिक चुनावमा समेत केही नेताले आफूले आफैँलाई मतदान गर्न वञ्चित हुनुपरेको छ ।

यसैबीच प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले लोकन्थलीमा रहेको युनिक नेपाल एकेडेमी मतदान केन्द्रमा मतदान गर्नुहुनेछ । त्यसैगरी आयुक्त ईश्वरीप्रसाद पौड्यालले ललितपुरको सानेपामा रहेको टीका विद्याश्रम माविमा मतदान केन्द्र र अर्का आयुक्त रामप्रसाद भण्डारीले अनामनगरमा रहेको मिलन विद्यामन्दिर केन्द्रमा मतदान गर्नुहुने छ ।

आयुक्त डा।जानकीकुमारी तुलाधरले सुन्दरबजार नगरपालिका–२ महेन्द्र मन्दिर मावि परेवाडाँडा लमजुङमा र आयुक्त सगुन शमशेर जबराले टोखा नगरपालिका–४ धापासीमा रहेको फैमालचुली मतदान केन्द्रमा मतदान गर्नुहुनेछ ।


प्रकाशित : २०७९ मंसिर ४, आईतवार ०७:३७

Lumbini Darpan 2

लेखकबाट थप

  • विपन्न परिवारलाई सहयाेग गरि अध्यक्ष पाैडेल दम्पतिले मनाय वैवाहिक बर्षगाँठ
  • गुरु पुर्णिमामा ‘मिराई ईन्टरनेशनल ल्यांग्वेज सेन्टर’ का विद्यार्थीले गरे गुरु सम्मान
  • ‘स्थानीय व्यवसाय माथि दवाव : नियमनको अभावमा स्थानीय उद्योग धरासयी बन्दै’
  • कपिलवस्तु जग्गा तथा आवास विकास संघले गुरुकुलका बटुकसंग मनायो स्थापना दिवस
  • बालज्योती स्कुलद्धरा एसईई उतीर्ण विद्यार्थीलाई सम्मान, स्थापना देखि शत प्रतिशत नतिजा कायमै
प्रतिक्रिया

यो पनि पढौँ

किन विश्व अमेरिकालाई ‘खलनायक’ मान्दैछ, चीनको पक्षमा बढ्दै जनलहर?

तिलोत्तमामा एउटै घरमा भेटिए २३ वटा विषालु सर्प, सबैको उद्धार

डेंगी परीक्षणको शुल्क निर्धारण गर्नुपर्नेमा मन्त्री पौडेलको जोड

रुपन्देहीको शुद्धोदन गाउँपालिकाको बजेट पारित, कुल बजेट ७९ करोड २४ लाख

रहस्यमय घटना: भरतपुर अस्पतालको सेफ्टी ट्याङ्कीभित्र बालिका कसरी खसिन्?

मिडिया हाउसको दुरुपयोग: बाँके, सुर्खेत र जाजरकोटमा नक्कली नोट र लागुऔषध कारोबारको जालो

भारतबाट आएको ट्रक मुग्लिन सडकबाट ८० मिटर तल खस्यो

अपहरणमा परि सामुहिक बलात्कार भएको र न्याय नपाएको भन्दै शुद्धोधनकी महिला मिडियामा

ऊर्जामन्त्री खड्काको जनार्दनलाई प्रश्न: १२ वर्षमा के प्रगति भयो?

देउवाका अनुसार, लोडसेडिङ हटाउन र निजी लगानीका लागि कांग्रेसको भूमिका अहम्

गुप्ताको राजीनामालगत्तै भावुक स्टाटस: ‘नखाएको विष पनि लाग्ने रहेछ’

अमेरिकामा भएको सवारी दुर्घटनामा दुई नेपालीको मृत्यु

भर्खरै

  • किन विश्व अमेरिकालाई ‘खलनायक’ मान्दैछ, चीनको पक्षमा बढ्दै जनलहर?

  • तिलोत्तमामा एउटै घरमा भेटिए २३ वटा विषालु सर्प, सबैको उद्धार

  • डेंगी परीक्षणको शुल्क निर्धारण गर्नुपर्नेमा मन्त्री पौडेलको जोड

  • रुपन्देहीको शुद्धोदन गाउँपालिकाको बजेट पारित, कुल बजेट ७९ करोड २४ लाख

  • रहस्यमय घटना: भरतपुर अस्पतालको सेफ्टी ट्याङ्कीभित्र बालिका कसरी खसिन्?

  • मिडिया हाउसको दुरुपयोग: बाँके, सुर्खेत र जाजरकोटमा नक्कली नोट र लागुऔषध कारोबारको जालो

  • भारतबाट आएको ट्रक मुग्लिन सडकबाट ८० मिटर तल खस्यो

  • अपहरणमा परि सामुहिक बलात्कार भएको र न्याय नपाएको भन्दै शुद्धोधनकी महिला मिडियामा

  • ऊर्जामन्त्री खड्काको जनार्दनलाई प्रश्न: १२ वर्षमा के प्रगति भयो?

  • देउवाका अनुसार, लोडसेडिङ हटाउन र निजी लगानीका लागि कांग्रेसको भूमिका अहम्


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

Follow Us

  • YouTube

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech