दाङ १ मा मेटमणि चौधरीको अग्रता कायमै

[sharethis-inline-buttons]

लुदअ ६ मंसिर, दाङ
दाङ क्षेत्र नम्बर १ मा एकीकृत समाजवादीका मेटमणि चौधरीले अग्रता कायम गरेका छन् । ४ हजार ६१५ मत गणना हुँदा सत्ता गठबन्धनका उम्मेदवार चौधरीले १ हजार ७७६ मत पाएका छन् ।

उनलाई पछ्याइरहेकी नेकपा एमालेकी उम्मेदवार शान्ता चौधरीले १ हजार १५१ मत पाएकी छन् । उनीहरुबीचको मतअन्तर ६२५ छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकले ९३७ र नागरिक उन्मुक्ति पार्टीका सुरेन्द्र प्रसाद चौधरीले ४५३ मत पाएका छन् ।

एमाले छाडेर हाम्रो नेपाल पार्टीबाट उम्मेदवारी दिएकी गंगा चौधरी ९सतगौवा०ले १ सय मत पनि पाएकी छैनन् ।

 


प्रकाशित : २०७९ मंसिर ६, मंगलवार ०७:१३