उपेन्द्र यादवसँग मतान्तर बढाउँदै सीके राउत

[sharethis-inline-buttons]

लुदअ ६ मंसिर, काठमाडौं
सप्तरी क्षेत्र नम्बर २मा जनमत पार्टीका अध्यक्ष सीके राउतले दोब्बर अग्रता कायम गरेका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग राउतले ५ हजार ७१० मतको अग्रता लिएका हुन् ।

राउतले १० हजार ७०० मत पाउँदा उनका निकटतम् प्रतिद्वन्द्वी यादवले ४ हजार ९९० मत मात्रै ल्याएका छन् । लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले १ हजार ९६१ मत पाएका छन् ।

सप्तरी २ यादवको पुरानो संसदीय निर्वाचन क्षेत्र हो । तर, जनमत पार्टीका अध्यक्ष राउतको प्रवेशले त्यहाँको प्रतिस्पर्धा रोचक भएको छ ।

 


प्रकाशित : २०७९ मंसिर ६, मंगलवार ०७:१४