१३ औं कपिलवस्तु महोत्सवको उद्घाटन उद्योग मन्त्री भण्डारीले गर्ने, तयारी पुरा

[sharethis-inline-buttons]

लुदअ, कपिलवस्तु
भोलि देखि संचालन हुन गैरहेको १३ औं कपिलवस्तु महोत्सवको सम्पुर्ण तयारी आज राति सम्म पुरा हुने महोत्वस मुल समारोह समितिले जनाएको छ । १३ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनीको पुर्व सध्यामा आज कपिलवस्तु उद्योग बाणिज्य संघको सभाहलमा भएको पत्रकार सम्मेलनमा सो कुराको जानकारी गराइएको छ ।

“सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र” भन्ने मूल नाराका साथ बाणगंगाको चारनम्बर जीतपुरस्थित बुद्धरंगशालामा हुन लागेको १३ औं कपिलवस्तु महोत्सवको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गर्ने कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष तथा महोत्वस मुल समारोह समिति संयोजक डोलकराम घिमिरेले जानकारी गराउनु भएको छ ।

देशभरका उद्योगी ब्यवसायी निकै समस्यामा परेको समयमा ब्यवसायीका समस्याबारे राज्यको अवधारण र आगामी रणनीतिको बारेमा जानकारी दिन, र ब्यवसायीका गुनासा र समस्यालाई राज्य सम्म पुर्याउनको लागि उहाँलाई बोलाइएको संयोजक घिमिरेले बताउनु भएको छ ।

स्थानिय कृषि उपज र व्यवसायलाई विशेष प्राथमिकता दिइने महोत्वसमा स्थानिय भाष धर्म, संस्कृति र परम्परालाई प्रवद्र्धन गर्न अहिले विशेष प्रकारका कार्यक्रम गर्न लागेको पनि आयोजकले जनाएको छ ।

करिब २ लाख दर्शन भित्राउँदै ५ देखि ७ करोड सम्मको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको महोत्वसमा सुरक्षा अवस्थालाई विशेष ध्यानमा राखेको महोत्वसका निर्देशक छवि रेस्मी मगरले जानकारी दिनुभएको छ । विगतका महोत्सवहरुमा हुदै आएको डान्स आईडललाई निरन्तरता दिदैं यस महोत्सवलाई नयाँपन दिन ‘सिङ्गीङ आईडल’ गर्न लागिएको बताए । उनले ‘सिङ्गीङ आईडल’ महोत्सवको आकर्षणको केन्द्रविन्दुका स्थापित हुने दाबी समेत गरे । उनले दुवै आईडलतर्फका आवश्यक प्रक्रिया अघि बढेको उहाँले जानकारी दिए ।

कपिलवस्तु पर्यटनको क्षेत्रमा पनि निक्कै धनि रहेको हुँदा कपिलवस्तुको समग्र पहिचान झल्काउँदै विशेष गरि कृषिलाई प्रथमिकता दिने उहाँले बताउनु भएको छ । जिल्लाका घरेलु तथा कृषिबाट उत्पादित वस्तुहरुको प्रर्बद्धनलाई महोत्वस अझ बढि सहयोग गर्ने संयोजक घिमिरेले बताउनु भएको छ ।

उद्घाटनको दिन बिभिन्न संघसंस्था र विद्यालयले नेपालको राष्ट्रियता, कला, संस्कृति, भेषभुषा झल्कने खालका झाँकी प्रदर्शन हुने छ भने बिभिन्न स्थानबाट र्याली निकालिन लागिएको महोत्सवका संयोजक समेत रहेका घिमिरेले बताए ।


प्रकाशित : २०७९ माघ १६, सोमबार २०:१८