हरि आचार्य, कपिलवस्तु
सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडेले १३ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनीमा सहकारी बजार सञ्चालन गरेको छ । सहाकारीले बोर्डगाउँमा सञ्चालन गरेको सहकारी बजार अन्तर्गत गुणस्तरीय खाद्यान्न लगायतका भान्सामा प्रयोग हुने वस्तुहरु स्थानीयलाई उचित मुल्यमा उपलब्ध गराउने उद्देश्यका साथ महोत्सवमा उक्तसहकारी बजार सञ्चालन गरिएको सहकारीका अध्यक्ष लक्ष्मण बेल्बासेले बताउनुभयो ।
सहकारी बजारमा स्वदेशकै हिमाली र पहाडी क्षेत्रमा उत्पादन भएका गेडागुडी, दाल, कालानमक चामल, अनदि चामल, बेसार, तोरीको तेल, मह, गुन्दु्रक लगायत अर्गानिक सामग्री उपलब्ध रहेको सहकारीका व्यवस्थापक दिनामणि खनालले लुम्बिनी दर्पणलाई जानकारी दिनुभयो ।