नेपाल रेमिटर्स एसोसिएसन लुम्बिनीले अर्थमन्त्रीलाई बुझायो ध्यानाकर्षण पत्र, यस्ता छन् माग

[sharethis-inline-buttons]

लुदअ, कपिलवस्तु
नेपाल रेमिर्टस एसोसिएसन लुम्बिनीले अर्थमन्त्री विष्णु पौडेललाई ध्यानाकर्षण पत्र बुझाएको छ । रेमिटर्स एसोसिएसन लुम्बिनीले शनिवार रुपन्देहीमा एक कार्यक्रमको आयोजना गरेर ध्यानाकर्षण पत्र बुझाएको हो । नेपाल राष्ट्र बैंकले मिति २०७९÷१०÷१६ मा भुक्तानी प्रणाली सम्बन्धि एकिकृत २०७९ निर्देशन जारी गरी आन्तरिक रेमिटान्स सेवा सञ्चालनमा रोक लगाएको विषयलाई लिएर रेमिटान्स संचालक हरुले अर्थमन्त्रीको ध्यानार्कषण गराएका हुन । ध्यानाकर्षण पत्रमा लेखिएको छ नेपाली अर्थतन्त्रको वर्तमान परिस्थितीलाई मध्यनजर गर्दा रेमिटान्स आम्दानीको प्रमुख आर्थिक स्रोतको रुपमा रहेको छ । यस सेवामा २० हजार भन्दा बढी व्यावसायीहरु आबद्ध रहेको र दुई लाख भन्दा बढी घरपरिवार उनीहरु माथि आश्रित रहेको हुनाले यो सेवा बन्द भएमा यसमा आवद्ध व्यावसायी, कर्मचारी तथा आश्रित घरपरिवारहरुको आम्दानीको स्रोत गुम्ने खतरा समेत रहेको देखिन्छ ।

ध्यानाकर्षण पत्र बुझाउदै, आन्तरिक विप्रेषण सम्बन्धि सेवाले न्युन आय भएका बैंकिङ पहुँच नपुगेको ग्रामिण क्षेत्र, बैंक खाता नभएका ग्रामिण भेगका वर्ग लगायत दैनिक ज्याला मजदुरी गर्ने वर्ग, बैंकिङ तथा वित्तिय क्षेत्रको पहुँच भन्दा टाढा रहेका ४० प्रतिशत भन्दा बढी नेपाली नागरिक तथा विद्यार्थी वर्ग, नेपाली सेना, नेपाल प्रहरी, कृषि, मौसमी कामदार तथा आंशिक समयका लागि निर्माण क्षेत्रमा काम गर्ने मजदुर लगायत अस्थायी प्रकृतिका विभिन्न पेशा व्यावसायमा संलग्न वर्गका लागि न्युनतम सेवाशुल्क लिई प्रभावकारी वित्तिय सेवा प्रदान गरिरहेको जानकारी गराएका थिए । ध्यानाकर्षण पत्र बुझ्दै अर्थमन्त्री पौडेलले नेपाली अर्थतन्त्रको वर्तमान परिस्थितीलाई मध्यनजर गर्दौ समस्याको समाधान गर्नतर्फ आफु लाग्ने बताए । उनले नेपालको अर्थतन्त्र विस्तारै सुधारको मुखमा गएको पनि जानकारी गराएका थिए ।
यस्तै ग्रामिण अर्थतन्त्रमा अझै पनि बैंकिङ तथा वित्तिय सेवाहरु पर्याप्त रुपमा पुगेका छैनन् ।

अधिकांश बैंक तथा वित्तिय सेवाहरु सहर केन्द्रित भएको हुनाले वित्तिय साक्षरताको दर समेत न्युन छ । नेपाल जस्तो विकासोन्मुख राष्ट्रको रुपमा रहेको नेपाली अर्थतन्त्रलाई चलायमान बनाउनका लागि आन्तरिक विप्रेषण सेवाले प्रभावकारी भुमिका खेलिरहेको संस्थाका अध्यक्ष तथा कमल मनि ट्रान्सफर कपिलवस्तुका संचालक कमल क्षेत्रिले जानकारी दिए ।

डेढ दशक देखि वित्तिय व्यवसाय गर्दै आएका नेकपा (एमाले) जिल्ला कमिटी सदस्य तथा राष्ट्रिय युवा संघ नेपाल जिल्ला अध्यक्ष युवा व्यवसायी क्षेत्रीले यस सम्बन्धि सेवालाई निरन्तरता दिई ग्रामिण अर्थतन्त्र लगायत बैंकिङ तथा वित्तिय सेवाको पहुँचबाट वञ्चित क्षेत्र तथा वर्गलाई औपचारिक वित्तिय प्रणालीमा समावेस गर्न अर्थमन्त्री समक्ष आग्रह समेत गरेका छन् । रेमिटर्स एसोसिएसनले प्रदेश भरि सन्चालनमा रहेका रेमिट्यान्स संचालकहरुको हस्ताक्षर सहित अर्थमन्त्रीलाई ध्यानाकर्षण गराएको गोल्डेन मनि ट्रान्सफरका संचालक तथा एसोसिएसनका सदस्य बसन्त खनालले जानकारी दिए ।

एसोसिएसनले गर्भनरको कार्यालय, नेपाल राष्ट्र बैंक, वालुवाटार, नेपाल उद्योग वाणिज्य महासंघ, काठमाण्डौं, रुपन्देही उद्योग वाणिज्य संघ, नेपाल रेमिटर्स एशोसिएसन, काठमाण्डौंलाई बोधार्थ पठाएको छ ।

ध्यानाकर्षण पत्र


प्रकाशित : २०७९ माघ २२, आईतवार ०७:१४