स्काईलार्क बोर्डिङ्गको उदाहरणिय काम : ८ सय बढी विद्यार्थीको आँखा परिक्षण

[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
अतिरिक्त क्रियाकलापसंगै पढाईमा अब्बल कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ११ स्थित स्काईलार्क ईङ्गलिस बोर्डिङ्ग स्कूलले अर्को महत्वपुर्ण कार्य गरेको छ । शैक्षिक क्रियाकलापसंगै विद्यार्थीहरुको स्वास्थ्य क्षेत्रलाई पनि महत्वपुर्ण पक्ष मानि स्काईलार्क इङ्गलिस बोर्डिङ्ग स्कुलले १ दिने निःशुल्क विद्यालय विद्यार्थी आँखा जाँच एवम् चश्मा वितरण कार्यक्रमको आयोजना गरि विद्यार्थीहरुको आँखा परीक्षण गरेको हो । स्काईलार्कको आयोजना तथा जिल्ला आँखा अस्पताल तौलिहवाको सहकार्यमा आयोजित शिविरमा ८ सय ९ जना विद्यार्थीहरुको आँखा परीक्षण गरिएको थियो । तौलिहवा आँखा अस्पतालका दृष्टि विशेषज्ञ प्रमोद यादवले विद्यार्थीहरुको दृष्टि परीक्षण पश्चात आँखा सम्बन्धि कक्षा सञ्चालन गर्नु भएको थियो ।

उक्त कक्षामा उहाँले विद्यार्थीहरुलाई बजारी खाद्य पदार्थ सेवन नगरी हरियो सागपात तरकारी तथा फलफूलको सेवन गर्ने कुरामा जोड दिँदै आखाँले गर्ने कार्य, त्यसको संरचना र आँखा र प्रकाशको सम्बन्ध आदि सम्बन्धि जानकारी समेत दिनु भएको थियो भने सो शिविरमा दृष्टि विशेषज्ञलाई अनील कुमार हरिजनले सहयोग गर्नु भएको थियो । प्राप्त जानकारी अनुसार ८०९ विद्यार्थी मध्ये २१ जना विद्यार्थीले चश्मा लगाउनुपर्ने र अतिरिक्त परिक्षणका लागि ७ जना विद्यार्थीहरुलाई जिल्ला आँखा अस्पताल तौलिहवा बोलाइएको छ ।

त्यस्तै स्कुलका प्राचार्य तोलाकान्त डुम्रले विद्यार्थीहरुको हरेक पक्षको विकास गर्ने उद्देश्य अनुरुप मानिसको सबै भन्दा महत्वपुर्ण अंग आँखाको परिक्षण गरिएको बताउनुभयो । उहाँले शिविर सम्पन्न गर्नका लागि सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद व्यक्त गर्दै आगमी दिनमा पनि विद्यालयले यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने बताउनुभयो । आँखा परिक्षणसंगै विद्यार्थीहरुले पनि खुसी व्यक्त गरेका छन् ।

 


प्रकाशित : २०८० बैशाख २५, सोमबार १९:४९