बुटवल , जेठ १३ ।
एनआरएनए युके ले बुटवलका युवा उद्योगीहरू लाई स्वागत गरिएको छ ।
एनआरएनए युकेका अध्यक्ष प्रेम ग्राह मगरले आइतबार अल्डरसटमा आयोजित विशेष कार्यक्रमका बुटवलबाट पुगेका युवा उद्योगी तथा यु जी ग्रुपका विभिन्न व्यक्तिहरूलाई स्वागत गरेका छन् ।
उनीहरूलाई सो अवसरमा बेलायतको नेपाली समुदायमा विशिष्ट योगदान दिने व्यक्तित्व र प्रायोजकहरूलाई प्रमुख अतिथि डा । शेष घले र एनआरएनए युके अध्यक्ष ग्राहमगरले प्रमाणपत्र तथा टोकन अफ लभ प्रदान गरी सम्मान गरेका थिए । युँजी ग्रुपमा पदाधिकारी तथा संस्थापकहरू मध्ये युकेका भएको महाअधिवेशनको अध्यक्ष प्रेम ग्राहलाई समर्थन गर्नको लागि युँजी ग्रुपका तर्फबाट होविन्द्र कार्की , जीवन गौतम ,नरेन्द्र सिंह ,अमित रोका नेपालबाट यस्तै बेलायतबाट निरजन खड्का , नवराज घले , लगायतको टोली विशेष महाअधिवेशनमा पुगेको छ ।
अध्यक्षमा प्रेमलाई नेपालको युँजी ग्रुप र बेलायतको डाईग्रन ग्रुप तथा सफल व्यवसायीहरुको समर्थन गरेको छ । डाईग्रन ग्रुपको तर्फबाट कुमार थापा , रिचाडगुरुङ , राजेश राई , पवन राई , जगेन गुरुङ नवीन थापा , एन्डी राई लगाएको समूहको बेलायतमा पुगेको छ ।सो अवसरमा नेपालबाट आएका अतिथिहरू डा। सुरेन्द्र केसी, बुद्धि जिसी, गुल्मीको धुर्कोट गाउँपालिका अध्यक्ष भूपाल पोख्रेल, चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज खत्री क्षेत्री र मालिका गाउँपालिका अध्यक्ष देवीराम अर्याल, लगायतलाई सम्मान गरिएको छ