कर वृद्धि प्रति जिल्ला सहकारी संघको ध्यानाकर्षण

[sharethis-inline-buttons]

लुदअ, कपिलवस्तु
नेपाल सरकारले आगामि आर्थिक बर्ष २०८०/८१ का लागि प्रस्तावित नीति, कार्यक्रम तथा बजेट मार्फत सहकारीको आयकरमा लाग्दै आएको करको दर वृद्धि प्रति कपिलवस्तु बचत तथा ऋण सहकारी संघ लिमिटेडले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । जिल्ला संघका अध्यक्ष गुणानिधि भुसालको अध्यक्षतामा जिल्लाको जितपुरमा सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो ।

सहकारी ऐन २०७४ ले नगरपालिका भित्र ५ प्रतिशत, उपमहानगरपालिकामा ७ प्रतिशत र महानगरपालिकामा १० प्रतिशत ब्यवस्था रहेकोमा आ.व. २०८०।०८१ को नीति, कार्यक्रम तथा बजेट मार्फत नगरपालिकामा ७.५ प्रतिशत, उपमहानगरपालिकामा १५ प्रतिशत र महानगरपालिकामा २० प्रतिशत पु¥याउने घोषणा गरेको छ । सहकारी अभियान्ताले यसको विरोध जनाउदै आएका छन् ।

वैठकले ग्रामिण क्षेत्रमा सञ्चालित सहकारीमा परेको यस खालको गंभिर असर प्रति संघले विरोध जनाएको छ । संघले सहकारीको हित विपरित हुने सरकारका यस्ता नीति, कार्यक्रमबाट सहकारी र सरकार बीच दुरी बढाउने मात्र काम गरेको जनाएको छ । वैठकले विपन्न वर्गलाई प्रत्यक्ष असर पुराउने कर वृद्धिको निर्णय फिर्ता लिन आग्रह गरेको जिल्ला सचिव ढाकाराम अधिकारीले बताउनु भयो ।


प्रकाशित : २०८० असार ५, मंगलवार १२:५९