वित्तिय साक्षरता सहजकर्ता अभिमुखिकरण कार्यक्रम सम्पन्न

[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
कपिलवस्तु बचत तथा ऋण सहरकारी संघ लिमिटेडको आयोजना तथा दर्शन बचत तथा ऋण सहकारी संस्था लि.को व्यवस्थापनमा वित्तिय साक्षरता सहजकर्ता अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ ।

कार्यक्रमका प्रशिक्षक कपिलवस्तु बचत तथा ऋण सहरकारी संघ लिमिटेडका अध्यक्ष गुणानिधि भुसालले वित्तिय साक्षरता सम्बन्धी प्रशिक्षण दिनुभएको थियो । उहाँले तालिममा उपस्थित सहभागीहरुलाई सहकारीमा आवद्ध सबै सदस्यहरुलाई वित्तिय साक्षरता तालिमको आवश्यकता रहेको बताउनुभयो ।

अभिमुखिकरण कार्यक्रममा बाणगंगा नगरपालिका वडा नं. १,२,३ र ४ मा मुख्य कार्यालय भै क्रियाशिल सबै प्रकृतिका सहकारीका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

१८ वटा सहकारी संस्थाहरुबाट ४३ जनाको उपस्थिती रहेको उक्त कार्यक्रममा सहकारी प्रति चलेका अफवाहरुको विश्वास गर्न नहुने कुरामा जोड दिईएको थियो ।

दर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर शाहिको अध्यक्षता, बचत तथा ऋण सहकारी संघ लुम्बिनी प्रदेशका संयोजक तेज प्रसाद आचार्यको प्रमुख आतिथ्यता, जिल्ला सदस्य राजेन्द्र विक्रम शाहको स्वागत तथा सचिव ढाकाराम अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


प्रकाशित : २०८० असार १४, बिहीबार १६:३१