पेट्रोलियम पदार्थको मूल्य घट्यो

[sharethis-inline-buttons]

काठमाण्डौ । नेपाल आयल निगमले आज देखी लागु हुने गरी पेट्रोलियम पदार्थको मुल्य घटाएको छ। डिजेलमा दुई प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत राखेर स्वचालित बिक्री प्रणाली लागू गरेको हो।

नेपाल आयल निगमले पत्रकार सम्मेलन नै गरेर स्वचालित प्रणाली लागू गरेको जानाकारी गराएको छ। जसको कार्यान्वयन सुरु समेत गरेको छ। निगमको बोर्ड बैटकले स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय गरेको हो।

निमगका अनुसार निगमको बोर्ड बैठकले स्वचालित मूल्य बिक्री सम्बन्धी कार्यविधी–२०८० पास गरेको हो। निर्णय अनुसार १२ बजे रातिबाट लागू हुने गरि पेट्रोलको मूल्य ४ रुपैयाँ घटाएको छ।


प्रकाशित : २०८० श्रावण १, सोमबार १२:४६