यहि अवस्था रहे उद्योगी ब्यवसायी बिस्थापीत हुने, बिस्थापित हुन बाट रोक्न तिलोत्तमा चेम्बर अफ कर्मसको कार्यक्रम

[sharethis-inline-buttons]

प्रकाश गौतम
तिलोत्तमा

अव यहि अवस्था रहे उद्योगी ब्यवसायी बिस्थापीत हुने अवस्था रहेको एक कार्यक्रमका बत्ताहरुले जोड दिएका छन ।

अहिलेको गम्भिर परिस्थीतीमा राज्यले निकाश नदिने , बैंकले ॠण र त्यसको ब्याजमा कडाइ गर्ने र घरधनिले समेत उद्योगी ब्यबसायीको समस्या नबुझीदीदा अब गरिरहेको ब्यापार ब्यवसाय छोडनुको बिकल्प नरहेको उनिहरुले बताएका हुन । उद्योगी ब्यवसायी बिस्थापित हुन बाट रोक्न तिलोत्तमा चेम्बर अफ कर्मस मणिग्राममा गरेको कार्यक्रममा बत्ताहरुले जोड दिएका हुन ।

कार्यक्रमलाई सम्बोधन गर्दै चेम्बर अफ कर्मसका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष टङ्क प्रसाद पोख्रेलले अब पनि राज्य जिम्मेवार बन्न सकेन भने अबस्था गम्भिर हुने दाबि गर्नु भयो । उहाले अब उद्योगी ब्यवसायी र तिनै तहका सरकार मिलेर समस्याको समाधानमा लाग्नु पर्ने दावि गर्नु भयो ।

उद्योग बाणिज्य महासघंका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्र शर्माले अहिलेको गम्भिर परिस्थीतीमा राज्यका कुनै निकाय गम्भिर हुन नसकेको बताउनु भयो । उहाले आफहरुका समस्या प्रति न केन्द्र सरकार न स्थानिय सरकार गम्भिर रहेको भन्दै अब सबै उद्योगी ब्यवसायी एब भएर दवाद श्रृजना गर्नु पर्ने बताउनु भयो । शमाले अब पनि अबस्था यस्तै रहे आफ्ना ब्यवसाय बन्द गरिसरकारलाई साचो बुझाउने चेतावनी दिनु भयो ।

तिलोत्तमा चेम्बर अफ कर्मस अध्यक्ष बाबुलाल भुषालको अध्यक्षता तथा महासचिव बिष्णु बराल क्षेत्रिको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो


प्रकाशित : २०८० श्रावण १२, शुक्रबार १८:३३