हिमालयन लघुवित्त शिवपुर शाखाद्धारा बीमा वापतको रकम हस्तान्त्रण

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

फम नारायण काफ्ले, कपिलवस्तु
हिमालयन लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय शिवपुरले बीमा वापतको रकम हस्तान्त्रण गरेको छ । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. १ चैनपुर निवासी धर्मराज थापाको मृत्यु भएकाले उहाँकी श्रीमती विमा रकम विणा थापा श्रेष्ठलाई उक्त बीमा वापतको रकमको चेक हस्तान्त्रण गरिएको हो ।

शिवराज हिमालयन महिला केन्द्रमा आवद्ध थापा परिवारलाई बीमांक रकम १ लाख ५० हजार तथा काजक्रिया खर्च २५ हजार गरि १ लाख ७५ हजार बराबरको चेक शाखाका प्रमुख पदम खड्काले हस्तान्त्रण गर्नुभएको हो । केन्द्र प्रमुख पुजा शर्मा लगायत ६ जनाको उपस्थितीमा चेक हस्तान्तरण गरीएको हो ।

शाखाका प्रमुख पदम खड्काल लघुवित्तमा ऋणसंगै ब्याजको मात्र कारोवार नगरि बीमा मार्फत पनि स्थानीयलाई सेवा दिईरहेको बताउनुभयो । उहाँले लघुवित्त स्थानीयको आर्थिक स्तर उकास्नका लागि सदैव तयार रहने बताउनुभयो ।


प्रकाशित : २०८० श्रावण २८, आईतवार १९:२०