हरि आचार्य, कपिलवस्तु
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्ंदेन भोलि भाद्र १६ गते कपिलवस्तु आउनुहुने भएको छ । राप्रपा कपिलबस्तुद्धारा आयोजना गरिएको नविन राप्रपाको कार्य योजना र मुकुलको समसामयिक बारे पार्टिको आधिकारिक धारणा तथा कपिलबस्तुका महत्वपुर्ण ब्यक्तित्वको पार्टि प्रबेश कार्यक्रममा अध्यक्ष लिङ्ंदेन सहित राप्रपाका नेताहरु आउने पार्टीका केन्द्रिय सदस्य धुर्व रायमाझीले जानकारी दिनुभयो ।
पार्टीका अध्यक्ष लिङ्ंदेन सहित बरिष्ठ उपाध्यक्ष तथा लुम्बिनी प्रदेश संयोजक रबिन्द्र मिश्र, प्रदेश अध्यक्ष प्रदिप उदय र पार्टि प्रवक्ता तथा राप्रपा संसदिय दलका प्रमुख सचेतक ज्ञानेन्द्र बहादुर शाहि लगायतका नेताहरु आउने राप्रपा जिल्ला अध्यक्ष नारायण बहादुर सिङले बताउनुभयो ।


















