
नगेन्द्र केसी
शुद्धाेधन रुपन्देही
रुपन्देहीकाे शुद्धोधन-५, मानपकडी स्थित मानपकडी व्यापार संघकाे तेस्रो साधरण सभा तथा दोस्रो अधिवेशन साथै कार्यालय समुद्घाटन कार्यक्रम बिहीबार एक समारोहबीच सम्पन्न भएको छ।
मानपकडी व्यापार संघका अध्यक्ष शिवराम न्यौपानेको अध्यक्षतामा र शुद्धाेधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालकाे प्रमुख आतिथ्यतामा भएको कार्यालय समुद्घाटन कार्यक्रम समारोहमा प्रमुख अतिथि विष्णुप्रसाद बस्यालले रिबन काटेर कार्यालयको उद्घाटन गर्दै यस व्यापार संघले व्यापारीहरूको हितमा रही कार्य गर्नुका साथ साथै सामाजिक कार्य पनि गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो।
उक्त मानपकडी व्यापार संघकाे तेस्रो साधरण सभा तथा दोस्रो अधिवेशनबाट सर्वसम्मत निर्वाचत विष्णु ज्ञवाली हुनुभएको छ।उपाध्यक्षमा जिवलाल पौडेल,सचिवमा बाबुराम खरेल,कोषाध्यक्षमा दुर्गा विजय कसौधन,सदस्यहरुमा रामलाल भुसा,विष्णुकला बस्याल नारायण घिमिरे, सुमित्रा ढकाल,अशोक कुमार मल्लाह मानपकडी व्यापार संघकाे तेस्रो साधरण सभा तथा दोस्रो अधिवेशनबाट सर्वसम्मत निर्वाचत हुनुभएको छ।
सो कार्यक्रममा शुद्धाेधन ५ का पुर्व वडा अध्यक्ष पुन्नेराम गौतम,मेघा बैंक मानपकडी शाखा प्रमुख सुरेन्द्र थापा क्षेत्री,लक्ष्मी ब्याक हाउसका सञ्चालक दिलिप कसोधन लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो।समितिका उपाध्यक्ष विष्णु ज्ञवालीको स्वागतमा र सचीव पार्वती पाण्डेको सञ्चालनमा सो कार्यक्रम सम्पन्न भएको थियोे।