
लुदअ, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिका उपप्रमुख रिता कुमारी चौधरीले सहकारी संस्थाहरुले समाजमा उद्यमशिलता लाई जोड दिनुपर्ने बताउनु भएको छ । सहकारीको मुख्य धर्म भनेकै व्यवसायीको क्षमता विकास गरि रोजगार बढाउनु रहेकोले त्यसमा विशेष ख्याल गर्नुपर्नेमा उहाँको जोड रहेको थियो ।
शुक्रवार श्री विनायक बचत तथा ऋण सहकारी संस्थाको १० औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले नगरपालिका भित्र रहेको सहकारीलाई अझ व्यवस्थित गर्दै अगाडि बढाउन आफुहरुले काम गरिरहेको बताउनु भएको छ । पछिल्लो समय सहकारी प्रति समाजमा आएका नकारात्मक भनाईलाई चिर्ने गरि काम गर्नुपर्ने उहाँले बताउनु भएको छ ।
त्यस्तै लुम्बिनी प्रदेश सहकारी संघका लेखा संयोजक तेज प्रसाद आचर्य ले सहरी तथा ग्रामिण भेगका महिला तथा पुरुष दुबैको आर्थिक अवस्था लाई मजबुद बनाउन सहकारीले महत्वपुर्ण भुमिका खेलेको बताउनु भएको छ । कपिलवस्तु जिल्ला सहकारी संघका उपाध्यक्ष समेत रहनुभएका आचार्यले देशमा आर्थिक सङ्कट परिरहेको समयमा सहकारीले विपन्न परिवारहरुको आर्थिक अवस्थालाई माथि उठाउन निक्कै सहयोग गरेको दाबी गर्नुभएको छ ।
त्यस्तै सहकारीका अध्यक्ष राम प्रसाद गैरेले केहि अराजक तत्वले सहकारीलाई बदनाम गर्न खोजेको भन्दै त्यसको पछि नलाग्न आग्रह गर्नुभएको थियो । बढ्दै गएको आर्थिक सङ्कटलाई पार लगाउन सहकारीले महत्वपुरर्ण भुमिका खेलिरहेको समेत उहाँले दाबी गर्नुभएको छ । उहाँले १० वर्ष सम्म थोरै थोरै रकम जम्मा गर्दा ४ करोड ८९ लाख भन्दा माथिएको कारोबार भएको समेत बताउनु भएको छ ।
संस्थाका सेयर सदस्यहरु, संचालक समिति, लेखा समिति लगायत विभिन्न व्यक्तिहरुको उपस्थिती रहेको कार्यक्रम सहकारीका सचिव खिमानन्द पौडेल कोपिल को सञ्चालनमा सम्पन्न भएको थियो ।