ताजा अपडेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

कक्षा १२ को नतिजा सार्वजनिक

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

विश्वकपमा अब रोनाल्डो मात्र

पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

साना किसान कृषि सहकारी मोतिपुरको २४ औँ साधारण सभा

Lumbini Darpan 2 २०८० पुष ६, शुक्रबार १८:१०
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
लुम्बिनी प्रदेश सांसद विष्णु पन्थीले गल्ती गर्नेलाई नेपालको कानुनले नछाड्ने बताउनुभएको छ । गठबन्धनको सरकार हुँदाहुँदै पनि गठबन्धन भित्रैका उच्च पदस्थ व्याक्तिहरु पनि कानुनी कठघरामा जानुपरेको भन्दै कसैलाई पनि गल्ती गर्ने छुट नभएको बताउनुभयो ।

साना किसान कृषि सहकारी संस्थाको २४ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । पछिल्लो समय केहि सहकारीले गर्दा राम्रो काम गरेका सहकारीको पनि बदनाम भैरहेको भन्दै हल्लाको पछाडि नलाग्न उहाँले आग्रह समेत गर्नुभयो । यस क्षेत्रको विकास गर्न आफु सरकारी, सामुदायिक निजि जुन क्षेत्रलाई पनि सहयोग गर्न तयार रहेको बताउनुभयो । सांसद पन्थीले अब सहकारीहरुले रासायनिक मल भन्दा प्रविधि मार्फत जैविक मल उत्पादन र वितरणमा ध्यान आवश्यक रहेको बताउँनुभयो । जैविक मल प्रयोगबाट उत्पादित खाद्यान्न तथा तरकारीहरु स्वास्थ्यका हिसाबले राम्रो हुने भएकाले जैविक मलको उत्पादनका लागि आफुले आवश्यक सहयोग गर्ने बताउनुभयो ।

सहकारीका अध्यक्ष भिम प्रसाद सापकोटाले साधारण सभा सफल पार्न सहयोग गर्ने सम्पुर्णमा धन्यवाद व्यक्त गर्दै शेयर सदस्यको बचत रकम तलमाथि हुन नदिने भन्दै ढुक्क हुन अनुरोध गर्नुभयो । उहाँले संस्थाको प्रतिवेदन तथा आगामी कार्ययोजना प्रस्तुत गर्दै अहिले सहकारीमा करिव ३२ सय शेयर सदस्यहरु रहेको जानकारी दिनुभयो ।

त्यस्तै सहकारीका लेखा समिति संयोजक बिष्णु गिरीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । प्रस्तुत सबै प्रतिवेदन पारित भएका छन् । सहकारीले विविध प्रकारका रेमिट्यान्स सेवा, हाल मोवाईल एपबाट मोवाईल बैंकिङ् सेवा पनि सञ्चालन गरेको छ । त्यस्तै कृषिमा आधुनिकिकरण, बाह्य बजारको मुल्य भन्दा सस्तोमा कृषि उपकरण उपलब्ध गराउने जस्ता महत्वपुर्ण काम गरेको छ ।

नेपाल कृषि सहकारी संघ लिमिटेडका केन्द्रिय सदस्य पदम खनालले काम गर्दा केहि गल्ति हुने भन्दै राम्रा काम बिर्सन नहुने बताउनुभयो । आफु पनि सहकारीको सञ्चालक भएर काम गरेको र काम गर्दा अनेकौ समस्या आउने भन्दै ति समस्या बाट टाढा भाग्न नहुने बताउनुभयो ।

त्यस्तै बाणगङ्गा नगरपालिका उपप्रमुख रिता कुमारी चौधरीले सहकारीले कृषि र उद्यमद्वारा आर्थिक अवस्था सुधार गर्न सहयोग गर्नुपर्ने बताउनुभयो । शेयर सदस्य र संचालक दुबै पक्ष सकारात्मक तवर बाट लाग्ने हो भने सहकारी संचालनमा समस्या नहुने बताउनुभयो ।

बाणगंगा नगरपालिकाका पशु शखा प्रमुख राजकुमार तिवारीले सहकारीले ग्रामीण भेगका स्थानीयहरुको आर्थिक अवस्था सुधार गर्न महत्वपूर्ण भुमिका खेलेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै बाणगङ्गा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष बिष्णु गिरिले करोडौं रुपैयाँ ऋण लिएर सरकारले मिनाहा गर्नुपर्छ भन्दै हिड्नेको पछाडि नलाग्न आग्रह गर्नुभयो । केहि शेयर सदस्यहरूलाई सम्पुर्ण प्रक्रिया पुरा नगरी ऋण दिएको हल्ला बाहिर आएको भन्दै त्यस प्रति समयमै सचेत हुन संचालकहरुलाइ आग्रह गर्नुभयो । सहकारीले लामो संघर्ष बाट बनाएको भवनको अहिले सहि सदुपयोग नभएको भन्दै त्यसलाई व्यवस्थित गराउन आग्रह गर्नुभयो ।

त्यस्तै वडा नम्बर ८ का वडा अध्यक्ष बाबुराम अर्यालले वडा अध्यक्षको रुपमा रहदा आफु सङ्ग पनि सहकारीको विषयमा विभिन्न समस्या आएको भन्दै त्यस तर्फ संचालक समितिको ध्यानाकर्षण गराउनुभएको थियो । त्यस्तै उहाँले कपिलवस्तुमा भारतीय दुध भित्रीएको गुनासो आएको भन्दै त्यसलाई तत्काल नियन्त्रण गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभएको छ ।

अध्यक्ष सापकोटाको अध्यक्षता, साना कृषि सहकारी संघ लुम्बिनी प्रदेश लेखा संयोजक तेज प्रसाद आचार्य, पत्रकार, शेयर सदस्य लगायतको आतिथ्यता रहेको कार्यक्रम उपाध्यक्ष राधिका देवी पन्थको स्वागत तथा सदस्य हरि शंकर पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।


प्रकाशित : २०८० पुष ६, शुक्रबार १८:१०

Lumbini Darpan 2

लेखकबाट थप

  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
  • कपिलवस्तु १ मा एमालेको चुनावी सरगर्मी बढ्दो, चौधरीलाई जिताउन मतदाता उत्साहित
प्रतिक्रिया

यो पनि पढौँ

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

कक्षा १२ को नतिजा सार्वजनिक

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन

प्रथम लुम्बिनी लोकतारा–२०८३ : कपिलवस्तुबाट सरोज परियारको विजयी यात्रा

कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष

जीवन बचाउने अभियानमा युनिक एग्रो सेन्टर तथा रुपक भेट फार्मा, ६४ पोइन्ट रगत संकलन

भर्खरै

  • लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

  • म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

  • रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

  • रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

  • कक्षा १२ को नतिजा सार्वजनिक

  • अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

  • विश्वकपमा अब रोनाल्डो मात्र

  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

  • देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

  • अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech