तिलोत्तमा पुष १५ ।
तिलोत्तमा चेम्बर अफ कमर्स अर्थात तिलोत्तमा ब्यापार संघको दशौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । सम्पन्न अधिबेशनले आगामी कार्यकालका लागि नेत्र प्रसाद न्यौपानेको अध्यक्षतामा नयां नेतृत्व चयन गरेको छ।
संघका अध्यक्ष बाबुलाल भुसालको अध्यक्षता तथा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खांणको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अधिवेशनले अध्यक्षमा नेत्र प्रसाद न्यौपानेलाई चयन गर्दै प्रथम उपाध्यक्षमा उपाध्यक्षमा विष्णु बहादुर बराल क्षेत्री, द्धितिय उपाध्यक्षमा मानबहादुर बर्मा, महासचिवमा चेतनारायण विश्वकर्मा लाई निर्विरोध चयन गरेको हो।
त्यसैगरी संघको कोषाध्यक्षमा बावुराम कडेल, सचिवमा कृष्ण प्रसाद भट्टराई तथा सदस्यहरुमा ढालानन्द चालिसे, चुरामणी भुसाल, भगवती कुमारी पाण्डे सुना श्रीस थापा, दिलमाया पुन, भविश्वर पाण्डे बविकुमारी भटराई,चन्द्र कान्त भण्डारी र तारा सुनार रहेका छन्।