हेल्पर केयरिङ सर्कल आयोजनामा नेतृत्व विकासको तालिम कार्यक्रम सम्पन्न

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

हेल्पर केयरिङ सर्कल आयोजनामा नेतृत्व विकासको तालिम कार्यक्रम बुटवल २, श्री उजिरसिंह माध्यमिक विद्यालयमा कार्यक्रम भएको थियो । बिस्वास घिमिरेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा अध्यक्ष विश्वास घिमिरेले आफ्नो क्लबले सुरुको समयदेखि नै राम्रा कार्य गर्दै क्लबको उचाईलाई थप माथी पुर्याउन सबैको साथ र सहयोगको आवहान गरेका छन् । बिधार्थी बर्गको समस्या निराकरण ,सामाजिक बिकास , असाहय , अपाङ्ग बर्गको सहयोग ,निशुल्क स्वास्थ्य परीक्षण , शैक्षिक सामग्री वितरण , बाताबरण संरक्षण को लागि ुसेवा र नेतृत्वका लागि एकता ु भन्ने मुल नारालाई हिंडेको छ। यस क्लवले अहिलेसम्म विभिन्न कार्यक्रमहरु गर्दै आएको छ आगमी दिनहरुमा क्लबले विभिन्न उत्कृष्ट कार्यक्रमहरु गर्नेछ।

प्रमुख प्रशिक्षक योग राज भण्डारीले
विद्यार्थीहरुले स्कूल टोलछिमेकमा बसेर असल नेतृत्व लिनुपर्छ भनेर पनि पर्छ भनेर ध्यान केन्द्रित गराएका थिए साथै उनले विभिन्न सामाजिक कामहरु हामीले नेतृत्व लिनुपर्छ भनेर विभिन्न तालिमहरु दिएका थिए। उक्त कार्यक्रममा बिद्यार्थीहरु उत्साहित भएका थिए । तालिममा बिद्यार्थीहरुले बिभिन्न कुरा सिक्न पाएकोमा खुशी ब्यक्त गर्दैँ आफुमा धेरै उर्जा मिलेको बताए ।

क्लबका सल्लाहकार विशिष्ट प्रशिक्ष गणेश पौडेलले ब्यबहारिक शिक्षामा जोड दिदैँ साथै आर्थिक(सामाजिक नेतृत्वको विकासको तालिमहरु दिनुभएको थियो। आगामी दिन पनि क्लबले विभिन्न स्कुलहरुमा पनि नेतृत्व विकासको तालिम दिँदैछौ भनेर बताएका थिए।

विद्यालयका प्रधानाध्यापक पदमराज ज्ञवालीले कार्यक्रममा बोल्दै बिद्यालयमा आएर कार्यक्रम गरेकोमा आयोजकलाई धन्यवाद दिदैँ आगामी दिन पनि हजुरले यस्तै कार्यक्रम गर्नुहुन्छ भने अपेक्षा राख्दै सस्थालाई आग्रह गरेका थिए ।कार्यक्रममा कक्षा ११,१२ का विद्यार्थीहरुको उपस्थित रहेको थियो ।
कार्यक्रममा हेल्पर केयरिङ सर्कल क्लबको उपाध्यक्ष सृष्टि बस्यालले स्वागत मन्तव्य राख्नुभएको थियो। संगीत मनोरन्जनको लागि गायक बसन्त लम्सालको प्रस्तुती दिएका थिए ।
यस कार्यक्रममा सहभागी अतिथि तथा गायकहरूलाई मायाको चिनोले सम्मान गरिएको थियो ।कार्यक्रममा उपस्थितिमा क्लबका सहसचिव एलिसा पौडेल अन्य सदस्यहरु यमुना जिसी ,अन्जु चौधरी अन्य सदस्यहरूको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालक क्लबकी सचिव पुष्पा भुसालले गर्नुभएको थियो।


प्रकाशित : २०८० पुष २०, शुक्रबार १४:५४