ताजा अपडेट

पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत

महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

“अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

७१ औं विश्व कुष्ठ रोग दिवसमा द लेप्रोसी मिसनद्धारा अन्तरक्रिया तथा सहायक सामग्री वितरण

Lumbini Darpan 2 २०८० माघ १४, आईतवार १९:१६
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
७१ औं विश्व कुष्ठ रोग दिवसको अवसरमा द लेप्रोसी मिसन नेपालको आयोजनामा अन्तरक्रिया तथा सहायक सामग्री वितरण कार्यक्रम सम्पन्न गरिएको छ । कुष्ठरोग सम्बन्धि गलत अवधारणाको अन्त्य गरौं, मर्यादित व्यवहार गरौं भन्ने मुल नाराका साथ अन्तरक्रिया गर्नुका साथै सहायक सामग्री वितरण गरिएको थियो । कपिलवस्तुको बाणगंगा १ ठाकुरापुर स्थित पिस हिमालय रिसोर्टमा सम्पन्न गरिएको कार्यक्रममा अपांगता भएका ४ व्यक्तिहरुलाई कृत्रिम खुट्टा, १ जनालाई कृत्रिमा हात, १ जनालाई एम.सी.आर सेन्डिल, २ जनालाई कृत्रिम खुट्टा बेल्ट प्रदान गरिएको छ भने १२ जोर कन्भर्स जुत्ता तथा १ जोर बैशाखी र वाकर एउटा प्रदान गरिएको जगदिश थारुले जानकारी दिनुभयो ।

त्यस्तै कार्यक्रममा द लेप्रोसी मिसन नेपालबाट जगदिश थारुको सहजिरकणमा गजेहडा स्वास्थ्य चौकी र मोतिपुर स्वास्थ्य चौकीका प्रतिनिधिद्धारा उपस्थित कुष्ठरोग प्रभावित, अपांगता भएका व्यक्ति र सिमान्तकृत समुदायको जिज्ञासा तथा प्रश्नहरुको जवाफ आदान प्रदान गरिएको थियो ।

आनन्दवन अस्पताल ललितपुरका कृत्रिम हातखुट्टा विभागका कुमार मिजारले कुष्ठरोगको लक्षण, अपांगता हुने, अस्वस्थ तथा कृत्रिम हातखुट्टा सम्बन्धी स्पष्ट पार्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिकाका प्रमुख चक्र पाणि अर्यालले कुष्ठरोग प्रभावित तथा अपांगता भएका व्यक्तिहरुलाई नगरपालिकाले सहयोग गर्दै आईरहेको र आगामी दिनमा पनि अपांगतामैत्री निती तथा कार्यक्रम मार्फत बजेट विनियोजन गर्ने बताउनुभयो । उहाँले द लेप्रोसी मिसन नेपालले अपांगता भएका र कृष्ठरोग प्रभावित नागरिकहरु लाई सहायक सामग्री वितरण गर्नु प्रशंसनीय रहेको बताउनुभयो ।

बाणगंगा नगरपालिकाका उप प्रमुख रीता कुमारी चौधरीले कुष्ठरोग सम्बन्धि गलत अवधारणाको अन्त्य गरि मर्यादित व्यवहार गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै नगरपालिका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले कुष्ठरोगी प्रभावितहरुले समयमै औषधी उपचार गराएमा अपांगता नहुने बताउनुयो ।

कुष्ठ प्रभावित तथा अपांगता कृषि सहकारी संस्था लिमिटेड सेवा केन्द्रका अध्यक्ष मोतिराम थारुको अध्यक्षता, विभिन्न स्वास्थ्य चौकीका प्रमुख, कुष्ठरोग प्रभावित, अपांगता भएका व्यक्ति र सिमान्तकृत समुदायका व्यक्तिहरु लगायतको उपस्थिती रहेको कार्यक्रम द लेप्रोसी मिसन नेपालका अशेष शाक्य र जगदिश थारुको सञ्चालनमा सम्पन्न भएको थियो ।


प्रकाशित : २०८० माघ १४, आईतवार १९:१६

Lumbini Darpan 2

लेखकबाट थप

  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत
  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने
  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु
  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
प्रतिक्रिया

यो पनि पढौँ

पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत

महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद

कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

अष्ट्रेलियाले खोज तथा उद्धारका लागि विशेषज्ञ टोली नेपाल पठाउँदै

सरकार सामाजिक सञ्जालमा अल्झियो : भीष्मराज आङदेम्बे

‘मन भक्कानिए पनि बिलौना गर्ने अवस्था छैन’ : प्रधानमन्त्री शाह

बाणगङ्गाले बाढीपीडितका लागि ४५ लाख सहयोग गर्ने

भर्खरै

  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत

  • महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

  • प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल

  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

  • भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

  • बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

  • “अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद

  • संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech