ताजा अपडेट

बजेट कार्यान्वयन गत वर्षको भन्दा कमजोर

पार्टी एकताका लागि विप्लवका दुई सर्त, प्रचण्ड आन्तरिक छलफलमा

कृष्णनगरको दशगजामा गरियाे बृहत सरसफाई

सुठौली भन्सार डेढ महिना प्रमुखविहीनः कर्मचारी तलबविहीन, राजस्व संकलन प्रभावित

कपिलवस्तुका कक्षामा क्रान्ति : डिजिटल शिक्षाले बदलिँदैछ भविष्य

विवादित बन अधिकृत मिश्रा तनावमा , कार्यालयमा बडाभोज

दशैंको मौकामा वन अधिकृतको अवैध धन्दा, काठ सहितको ट्याक्टर स्थानीयले घेरा हालेर प्रहरीलाई बुझाए

बजाज सोरुम वैरीयाबाट मोटरसाईकल खरिद गरि सुलभले जिते ५० हजार नगद

साना किसान कृषि सहकारी मोतिपुरको स्पष्टीकरण, गुमराह आरोपहरूको कडा ध्यानाकर्षण

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

रोहिणी नदीको तीव्र कटान,कटानले बर्षेनी तिलोत्तमा र देवदहका बस्ती र जमिन जोखिम

लुम्बिनी दर्पण २०८० माघ २९, सोमबार ११:३१
[sharethis-inline-buttons]

मोहन न्यौपाने

रुपन्देहीको तिलोत्तमा नगरपालिका र देवदह नगरपालिका, रोहिणी गाउपालिकालाई छोएको रोहिणी नदीको आसपासका बस्ती कटानको जोखिममा छ । हरेक वर्ष रोहिणी नदी बस्तीमा पसेर हैरानी हुने तिलोत्तमा(१० र देवदह(३ मा यस वर्ष पनि कटान र डुबानको जोखिम कायमै छ। रोहिणी नदीको पुल देखी २ किमि तल पर्यटकिय एबम धार्मिक पर्यावरण सहितको बाँध बनाउने योजना रोकिएपछि बाढिले ल्याएको भस्कटले नदि भरिएको हो। नदि भरिएसंगै तिलोत्तमा नगरपालिकाको वडा नम्बर १०, ११ र १२ का स्थानियबासी तथा देवदह नगरपालिका, र रोहिणी गाउँपालिका नदी कटानको जोखिममा परेका छन्।

करिव ४० करोड खर्च भैसकेको पर्यटकीय क्षेत्र बनाउने आशामा बसेका स्थानियहरु बाँधको काम बिचमै रोकिएपछि त्यसको जोखिमले घर डुबानमा परि त्रसित बनेका छन्। अघिल्लो बर्ष बाढीले घर खेत बनाएका बस्तीमा यो बर्ष भने खासै बाढी आएन तथापि खेतीकिसानी गर्ने र एउटै घरको सहारामा बसेकाहरु अहिले किसानी पेशा छोड्दै घरबार बिहिन भएका छन्। बाँधको हाइट सतही नदि भन्दा माथि निर्माण गरि सिंचाईमा सहज बनाउने भनेर गरेको काम झन् सकस भएपछी नदीको बहाव रोकियो र नदीको सतह किनारा भन्दा माथि आयो सो अनियन्त्रित निर्माणका कारण बस्ती जोखिममा रहेका स्थानियहरु बताउँछन् ।

सो क्षेत्रमा मिनी फेवातालको रुपमा काम अघि बढ्ने गरि ३ बर्षमा निर्माण योजना सम्पन्न गर्ने लक्ष्य अनुसार अगाडी बढेको सो बाँध सरकार परिबर्तन भएसंगे बजेट अभावले काम रोकिएको लुम्बिनी प्रदेश योजना आयोग सदस्य डा दामोदर भुसालले बताएका छन्। फाइल रोकिए बजेट अभाव भएपनी स्थानीयको सहजताकालागी स्थानिय प्रदेश र संघिय सरकारले शिघ्र निर्माण कार्य अगाडी बढाउनु पर्ने जिकिर डा भुसालको छ। रोहिणी नदी कटानले बर्सेनि सयौ कठ्ठा जमिन कटान गर्दछ । बर्खा लाग्न सुरु भएपछि यहाँका नागरिकलाई हरेक वर्ष नदी कटान तथा डुबानको त्रासले सताउँछ । यस वर्ष पनि नदी कटानले घर नै लगेपछि रोहिणी पुल पारीकी देवदह(३ बसन्तपुर् निवासी कुमारी मुसहरको उठिबास लाग्यो। राती सुतेको बेला एकाएक बाढीले घर डुबान भएपछी मस्त निद्रामा रहेकी कुमारीलाई छिमेकीले उठाईन। उठेर हेर्दा पुरै घर भत्किसकेको थियो। अब आफ्नो भन्ने केहि छैन भएको घर डुब्यो अहिले छिमेकीको घरमा बास बसेका छौ ( उनले रुँदै भनिन। बाँध बनाउने काम बिचमै रोकिएपछि नदीमा बग्ने खहरेले ल्याएको लेदो सहितको पानीको बहाव बढेर रोहिणी नदीको कटान तीव्र हुँदा बस्ती तथा जमिन जोखिममा पर्ने गर्दछ ।

स्थानिय बासीको सहभागितामा नगरपालिका र जिल्ला प्रसासन समेत पटक(पटक योजना सम्पन्नका लागि गएको तर खासै कतैबाट सुनुवाई नभएकोले अबको कदम कडा चालिने स्थानिय मध्येका राजु थापाले बताए। बाँध अग्लो निर्माण भएपछी बहाव रोकिएर नदि बिचमा लामो लामो खर पलाएको र भस्कटले करिव १२ फिट ढाकिएको छ जसले गर्दा पानीको बहाव नदीमा नभई गाउँपस्न थालेको अर्का स्थानिय छबि खत्रीले बताए।“पार्क बनाउने धार्मिक तथा पर्यटन क्षेत्रको रुपमा बिकास गर्ने लक्ष्य सहित निर्माण थालिदा सार्है खुसि लागेको थियो तर अहिले गाउँभरी रुवाबास मात्रै छ तिलोत्तमा(१० निवासी शेर बहादुर थापाले बताए। यस क्षेत्रको पहिचान राम्रो बन्ने भो, अब त युवापनी विदेश जानुपर्दैन भन्ने थियो तर सोचेजस्तो भएन थापाले दुखेसो पोख्दै भने। आगामी वर्ष नदी कटान भयो भने गाउनै पुरै ध्वस्त हुने देखिन्छ”, उनी भन्छन्, “समयमै नदी नियन्त्रण गर्न नसके यस वर्ष तिलोत्तमा र देवदहले ठूलो क्षति बेर्होनुपर्नेछ ।”

तिलोत्तमा नगरपालिका–१० र १२ अनि देवदहको ३ नम्बर वडा बाढीका कारण बढी क्षति हुने वडामा पर्छ । यो वडा रोहिणी नदीको तटीय क्षेत्रमै जोडिएको छ । सिँचाइ आयोजनामार्फत तटबन्ध भएको भएपनी जमिनको सतह माथि आउने तर पानी बाँधबाट तल नजाने कारणले सो वडामा पर्ने सबै बस्ति जोखिममा छ । आगामी दिनमा पनि कुनै सुनुवाई नभए र यसप्रति सरोकारवालाहरुले ध्यान नदिए कडा कदम चाल्ने गरि विभिन्न चरणको आन्दोलन गरिने स्थानिय युवा नर बहादुर थापाको भनाई छ। मंगलबार जिल्ला प्रसासन कार्यालयमा धर्ना तथा ज्ञापन पत्र दिने र त्यसपछि कुनै सुनुवाई नभए स्थानिय सहितको ठुलो आन्दोलनमा होमिने थापाको भनाई छ।

जोखिम क्षेत्रलाई कसरी जोगाउने भनेर हामी लागिरहेका छौ, सिँचाइ आयोजनाले तटबन्ध, बाँध निर्माण गरेको भएपनि समयमा सो योजना पुरा नहुँदा र योजना अनुसार काम नहुँदा यस्तो समस्या परेको स्थानिय युवा छबि खरेलले बताएका छन।“हरेक बर्सातमा नदी कटान र डुबानको जोखिम झेल्दै आएका यहाँका नागरिकलाई कसरी जोगाउने भन्नेमा हामी केन्द्रित छौँ”, उनले भने, “हरेक वर्ष नदीको जोखिम बढ्दै गएको छ । नदी नियन्त्रणको प्रयासमा हरदम एकढिक्का भएर लागिपरेका छौ, निर्माण गरिएको अधकल्चो बाँध टुट्न भन्दा अगाडी मनको बाँध नटुटोस उनले योजना छिटो पुरा हुनपर्छ भन्दै आक्रोस पोखेका छन्।

स्रोत ः तिलोत्तमा सिटी


प्रकाशित : २०८० माघ २९, सोमबार ११:३१

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बजेट कार्यान्वयन गत वर्षको भन्दा कमजोर
  • पार्टी एकताका लागि विप्लवका दुई सर्त, प्रचण्ड आन्तरिक छलफलमा
  • कृष्णनगरको दशगजामा गरियाे बृहत सरसफाई
  • सुठौली भन्सार डेढ महिना प्रमुखविहीनः कर्मचारी तलबविहीन, राजस्व संकलन प्रभावित
  • कपिलवस्तुका कक्षामा क्रान्ति : डिजिटल शिक्षाले बदलिँदैछ भविष्य
प्रतिक्रिया

यो पनि पढौँ

बजेट कार्यान्वयन गत वर्षको भन्दा कमजोर

विवादित बन अधिकृत मिश्रा तनावमा , कार्यालयमा बडाभोज

बजाज सोरुम वैरीयाबाट मोटरसाईकल खरिद गरि सुलभले जिते ५० हजार नगद

प्रधानमन्त्री निवास बालुवाटारमा छिरे प्रदर्शनकारी

कपिलवस्तुमा जेनजीको प्रर्दशन आगजनी केन्द्रित : भर्खरै बाणगंगा नगरपालिकाका मेयर अर्यालको घर तोडफोड

ब्रेकिङ्ग न्यूज : मुसलधारे बर्षाका बाबजुत कपिलवस्तुमा भूमीमन्त्री बलराम अधिकारीको निजि निवास तोडफोड

गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

जेनजीहरूको प्रदर्शन उग्र बन्दै,काठमाडौंमा कर्फ्यू,प्रहरीले गोली चलायो

जहाँ पुग्छन् सापकोटा, त्यहाँ सुरु हुन्छ सरसफाईको अभियान — शितगंगामा शुरु भयो चमक

कोठी नदी नजिक मोटरसाईकल दुर्घटना : एक जनाको ज्यान गयो,दुई घाईते

हराउँदै परम्परागत हाते जनै र डोरोको प्रचलन

लगातार वर्षाले कालीगण्डकीको बहाब उच्च विन्दुमा, शालिग्राम शिला डुबानमा

भर्खरै

  • बजेट कार्यान्वयन गत वर्षको भन्दा कमजोर

  • पार्टी एकताका लागि विप्लवका दुई सर्त, प्रचण्ड आन्तरिक छलफलमा

  • कृष्णनगरको दशगजामा गरियाे बृहत सरसफाई

  • सुठौली भन्सार डेढ महिना प्रमुखविहीनः कर्मचारी तलबविहीन, राजस्व संकलन प्रभावित

  • कपिलवस्तुका कक्षामा क्रान्ति : डिजिटल शिक्षाले बदलिँदैछ भविष्य

  • विवादित बन अधिकृत मिश्रा तनावमा , कार्यालयमा बडाभोज

  • दशैंको मौकामा वन अधिकृतको अवैध धन्दा, काठ सहितको ट्याक्टर स्थानीयले घेरा हालेर प्रहरीलाई बुझाए

  • बजाज सोरुम वैरीयाबाट मोटरसाईकल खरिद गरि सुलभले जिते ५० हजार नगद

  • साना किसान कृषि सहकारी मोतिपुरको स्पष्टीकरण, गुमराह आरोपहरूको कडा ध्यानाकर्षण

  • दसैँ टीकाको साइत कुन देशमा कहिले ?


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech