ताजा अपडेट

जन्मदिनलाई सेवामा रूपान्तरण: बालगृहका बालबालिकासँग खुशी साट्दै रुपक

सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता

बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न

लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता

४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज

रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर

ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

दशैंको मौकामा वन अधिकृतको अवैध धन्दा, काठ सहितको ट्याक्टर स्थानीयले घेरा हालेर प्रहरीलाई बुझाए

लुम्बिनी दर्पण २०८२ आश्विन १४, मंगलवार १५:०८
[sharethis-inline-buttons]

लुदस, जीतपुर
कपिलवस्तुको बाणगंगा पिपरामा रहेको मायादेवी साझेदारी वन बाट अवैध काठको ओसार पसार भएको पाईएको छ ।
सव डिभिजन वन कार्यालय पिपराका प्रमुख मोहन मिश्राको संलग्नतामा अवैध काठ निकासी भएको हो ।
दशै विदाको मौका छोपी यसरी अवैध धन्दा गर्न थालेको सुईको पाएपछी स्थानीयले घेरा हालेर प्रहरीलाई बुझाएका थिए । आज विहान अष्टमीको दिन सवै जनता दशैको चटारोमा हुने मौका छोपेर कार्यालय प्रमुख मोहन मिश्राको निर्देशनमा काठको अवैध निकासी भएको हो । लु ३ त ६२९५ नं. को ट्याक्टरमा निकासी गर्दै गरेको अवस्थामा अवैध ७ थान सालका गोलिया प्रहरीलाई बुझाएको स्थानीय गोपाल पाण्डेले बताए । अन्य ७ गोलिया बनमै उठाउने तयारीमा रहेको बुझिएको छ ।
यस्तो छ अवैध धन्दा
लु ३ त ६२९५ नं को ट्याक्टरमा ल्याईएको उक्त काठ गत आर्थिक वर्षको वैशाख महिनामा कटान भएको स्व. मिश्र बताउछन् । सोही लटका अन्य काठ जेष्ठ र असारमा ठुवानी गरी घाटगद्दीमा संकलन भएको भएतापनी उक्त काठ जंगलमै छोडिनु र हाल विदाको समयमा विना चलानी प्रेवश अनुमती पत्र विना वन प्रवेश गरि निकासी गर्नु रहस्यमय छ ।
यस विषयमा डिभिजन बन कार्यालयका वन अधिकृत मदन ढुंगानाले सो लटको काठ घाटगद्दीमा नभेटिएपछी खोजतलास गर्न भनेको तर आज उठाउने विषयमा कुनै सुचना नभएको स्पष्ट पारे । मिश्राले म्याद थप विना संकलन र विना चलानी अन्दाजी ७० क्यू फिट काठ दिन दहाडै निकासी गरि संकास्पद गतिविधि गरेको हुदा छानविन गर्नुपर्ने स्थानीयहरु बताउछन् ।
मिश्राले चलानी र वन प्रवेश पुर्जी विना काठ ल्याउनु गल्ती भएको स्वीकार गरेका छन् ।
ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख लोकेन्द्र जि.सी ले समुदायले नियन्त्रणमा लिई प्रहरी पुगेर ल्याएको काठको आवश्यक अनुशन्धान गरि कानुनी प्रकृया अगाडी बढाउने काम भएको बताए । कार्तिक मसान्त पछी मात्र कटान मुछान र निकासी गर्न पाउने व्यवस्था छ ।
२०८२ जेष्ठ ८ गते मायादेवी साझेदारी वनको सुधार कटान प्लट नं ६ बाट १४ थान काठको गोलिया मिश्राकै संलग्नतामा गाएव भएको श्रोतले बताउछ । सोही काठ मिलान गर्न अवैध धन्दा गरि मिश्राले यसबाट पुर्ती गर्न कानुन विपरित यो कदम उठाएको एक कर्मचारीले बताए ।
असुली धन्दामा लम्पट अधिकृत
सव डिभिजन बन कार्यालय पिपरा को नेतृत्वमा आएपछी मिश्रा असुली धन्दामा लम्पट भएका हुन् । डिभिजन अर्न्तरगत ८ वटा सामुदायिक वन र मायादेवी साझेदारीमा वन व्यवस्थापन समिति रहेका छन् । ति समितिहरुमा आफु अनुकुल कार्ययोजना बनाउने स्वीकृत गर्ने , प्रविधिक सहयोग, र नियमनका नाममा समुहहरु मार्फत आर्थिक लाभ लिनेमा मिश्राको नाम अग्र पंड.तीमा आउछ । समुहका एक अध्यक्षले नाम नबताउने शर्तमा भने प्रति सामुदायिक वन सव डिभिजन कार्यालय र इन्धन, अतिथि खर्चका नाममा २ देखि ३ लाख उठाउने गरेको बताए ।
त्यसो त काठ कटान हुदा प्रति सेप्टी १० देखि १५ रुपैयाका दरले उनैलाई छुट्याउनुपर्ने बाध्यता समेत भएको समुहका पदाधिकारीहरु बताउछन् । मिश्राको अवैध धन्दा यतिमै सिमित कहाँ छ र ?
समुहका टाचाँ नविकरणका नाममा भेटी नचढाई नविकरण नगर्ने भन्दै खुलेयाम रकम माग गर्ने गरेको समेत बनका जिम्मेवार तहमा बसेका हरुले पट्क पट्क गुनासो गर्दै आएका थिए ।


प्रकाशित : २०८२ आश्विन १४, मंगलवार १५:०८

लुम्बिनी दर्पण

लेखकबाट थप

  • सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता
  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता
  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज
  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर
  • सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु
प्रतिक्रिया

यो पनि पढौँ

सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता

बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न

लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता

४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज

रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर

सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु

तिलोत्तमामा विद्यालय मर्जर तथा कानुनी छात्रवृत्ति सम्बन्धी प्रतिवेदन हस्तान्तरण

साना किसान मोतिपुरमा स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न

आज संसदको पहिलो बैठकमा कुन नेताले के बोले, संक्षिप्तमा

घोषणापत्रको जार्गनमा नअल्झिएको मतदाता

अमानतमा उठाएको नदीजन्य पदार्थलाई वैध गराउन सक्रिय ठेकेदार अधिकारी

एमाले कार्यकर्ता र प्रहरीबिच मुठभेड, कपिलवस्तु लगाएत देशभर प्रर्दशन

भर्खरै

  • जन्मदिनलाई सेवामा रूपान्तरण: बालगृहका बालबालिकासँग खुशी साट्दै रुपक

  • सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता

  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न

  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता

  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज

  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर

  • ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

  • हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

  • सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु

  • आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech