तिलोत्तमा ८ मा एक दिने प्राथमिक आँखा स्वास्थ्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

[sharethis-inline-buttons]

तिलोत्तमा, २१ जेष्ठ
तिलोत्तमा नगरपालिका वडा नम्बर ८ स्थित करहिया मक्रहर खानेपानी तथा सरसफाई उपभोक्ता समुहको शभाहलमा एक दिने प्राथमिक आँखा स्वास्थ्य सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ ।


सेवा नेपाल समाज रुपन्देहीको आयोजनामा नेपाल नेत्र ज्योति संघ,लुम्बिनी नेत्र बिज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर र बुटवल लायन्स आँखा अस्पतालको प्राबिधिक सहयोगमा प्राथमिक आँखा स्वास्थ्य सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको हो ।

सेवा नेपाल समाज अध्यक्ष डिल्ली राज पैयानीको अध्यक्षता, तिलोत्तमा नगरपालिका वडा नम्बर ८ का अध्यक्ष कृष्ण प्रसाद पौडेलको प्रमुख आतिथ्यता, तथा सेवा नेपालका उपाध्यक्ष रामाकान्त भुषालको स्वागत तथा सचिव प्रतीक पाण्डेयको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


प्रकाशित : २०८१ जेष्ठ २१, सोमबार १८:२२