चटयाङ्ग लागेर कपिलवस्तुमा दुई जनाको मृत्यु

[sharethis-inline-buttons]

बुधबार बिहान चटयाङ्ग लागेर कपिलवस्तुमा दुई जनाको मृत्यु भएको छ । जिल्लाको यशोधरा गाउँपालिका वडा नम्बर ८ भैसहियाका २२ बर्षीय महेश कलवार र बुद्धभुमी नगरपालिका वडा नम्बर १० धनकौलीका अन्दाजी १८ बर्षीय राजु ठाकुरको चटयाङ्ग लागेर मृत्यु भएको हो ।

दुवै जनालाई घर नजिक खेतमा जाने क्रममा चटयाङ्ग लागेको थियो । चटयाङ्ग लागेका दुबैको घटनास्थलमै मृत्यु भएको कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए । मृतकको शव कपिलवस्तु अस्पतालमा पोष्टमार्टम गरि दाहसंस्कारका लागि परिवारको जिम्मा लगाईने उनले बताए ।


प्रकाशित : २०८१ असार १३, बुधबार १२:१७