शुद्धोधन उपनिर्वाचन अपडेट : ३३ सय ४६ मत खस्यो

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर १ मा भएको उप निर्वाचनमा मत खसेको छ । सहायक मतदान अधिकृत अम्मर ओलीका अनुसार अव केही बेरपछी ५ बजे मतदान सम्पन्न हुने जनाईएको छ । शुद्धोदन १ मा ३ मतदान केन्द्र र ६ मतदानस्थल रहेका छन् ।
आधारभूत विद्यालय अन्राठमा क र ख गरी दुई केन्द्र छन् ।
यस्तै पूणर् केशर मावि बगदी र बिकुली पश्चिम डिहको मदर्सामा पनि क र ख केन्द्र छन् । निर्वाचनमा वडाध्यक्ष पदकाका लागि १० दल र ४ स्वतन्त्र गरी १४ जना उम्मेदवार छन् । कुल ४ हजार ८६८ मतदाता रहेका छन् । कांग्रेसबाट विजयी वडाध्यक्ष तिलकराम यादवको निधन भएपछि उपनिर्वाचन भईरहेको हो । ओलीका अनुसार अनुसार ४ बजेपछी सम्म कुल ३३ सय ४६ मत खसेको जनाईएको हो । जुन ६८ प्रतिशत मत हो । अन्तिम समय सम्म ७० प्रतिशत मत खस्ने अनुमान गरिएको छ । मतगणना समेत आजै हुने र भोली सम्म नजिता आउने बताईएको छ ।


प्रकाशित : २०८१ मंसिर १६, आईतवार १६:५२