गुल्मीको रिडीबाट पुर्तिघाट जाँदै गरेको टिपर दुर्घटना हुँदा चालकको मृत्यु

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

रिडी ।
गुल्मीमा टिपर दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । रिडीबाट गिट्टी लिएर पुर्तिघाट जाँदै गरेको लु १ क ५४०० नम्बरको टिपर सत्यवती गाउँपालिकाको वडानम्बर २ पाहादीस्थित कालिगण्डकी करिडोरमा गएराती दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा टिपर चालक पाल्पा जिल्ला रैनादेवी गाउँपालिका वडानम्बर(१ बस्ने २४ वर्षका श्रीराम कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक एसपी राजन भुजेलले बताए ।

टिपर दुर्घटनामा घाइते कुमालको उपचारको लागि अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर सल्यान जिल्ला बनगाउ ७ बस्ने २३ वर्षका मोहन जैसी घाइते भएका छन् । उनको अवस्था समान्य छ ।

दुर्घटनामा परेको टिपर सडकबाट अन्दाजी २० मिटर तल खसेको प्रहरीले जनाएको छ ।


प्रकाशित : २०८१ पुष १३, शनिबार १४:११