ताजा अपडेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

कक्षा १२ को नतिजा सार्वजनिक

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

विश्वकपमा अब रोनाल्डो मात्र

पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

सिद्धार्थ सामाजिक विकास केन्द्रको विलिफ कार्यक्रम अन्तर्गत सामाजिक परिक्षण

Lumbini Darpan 2 २०८१ पुष १६, मंगलवार १७:२८
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
सिद्धार्थ सामाजिक विकास केन्द्रको उत्थानशिल समुदाय विकासका लागि समावेशी जिविकोपार्जन तथा शिक्षा सवलीकरण (विलिफ) कार्यक्रम अन्तर्गत सामाजिक परिक्षण कार्यक्रम सम्पन्न गरिएको छ । सिद्धार्थ सामाजिक विकास केन्द्रको आयोजना, बाणगंगा नगरपालिकाको समन्वय तथा स्ट्रोम फाउण्डेसन नेपालको सहयोगमा उक्त सामाजिक परिक्षण कार्यक्रम सम्पन्न गरिएको हो । विगतमा बाणगंगाका वडा नम्बर ३, १० र ११ मा सञ्चालन गरिएको उक्त कार्यक्रम अहिले वडा नं. ७, ८ र ९ मा सञ्चालित छ ।

कार्यक्रममा संस्थाका कार्यक्रम निर्देशक प्रकाश घिमिरेले कार्यक्रममा स्वागत गर्दै संस्थाको परिचय, उद्देश्य र उपलब्धिको बारेमा प्रकाश पार्नुभएको थियो । घिमिरेले २०५२ सालमा स्थापना कपिलवस्तु जिल्लामा स्थापना गरीएको यस संस्थाले मानव अधिकारमा आधारित अवधारणा, गरिब तथा असमाहित जनताको श्रोत साधन माथि पहुँच तथा नियन्त्रणका लागि शसक्तिकरण साथै उनीहरुको जीविकोपाजर्न तथा सम्मानित जीवनयापनका लागि पहल, मानसीक स्वास्थ्य सचेतना, पैरवी, क्षमता अभिवृद्धि, सशक्तिकरण, जीविकोपार्जन, अभियान र ऐक्यवद्धता जस्ता विभिन्न कार्यक्रम केन्द्रित हुंदै आएको बताउनुभयो ।

निर्देशक घिमिरेले यस विलिफ कार्यक्रम मार्फत जीविकोपार्जन तथा रोजगारीको सृजना, मानसिक तथा मनोसामाजिक सहयोग तथा गुणस्तरीय समावेशी शिक्षा जस्ता क्षेत्रहरुमा प्राथमिकताका साथ कार्य गर्दै आएको बताउनुभयो । पालिका सगँ आपसी समझदारी भई कार्यक्रम संचालन हनु, पालिका तथा वडा स्तरमा कार्यक्रम समन्वय समिति गठन हुनु, लक्षीत परीवार मध्ये हाल आयआर्जन गर्ने घरधरुीको पारीवारीक विकास योजना निर्माण र कार्यान्वयन, संवादमा सहभागी किशोर किशोरीहरुको जीवन वृत्ति योजना निर्माण, वडा स्तरमा शिक्षा सुधार योजना र जीविकोपार्जन सहयोग योजना निर्माण भई कार्यान्वन चरणमा गएको पालिका स्तरीय सरोकारवालाहरुको क्षमता विकास गरी समदुायमा सहयोग तथा सिफारीस सयन्त्र निर्माण, पालिका स्तरमा मानसिक तथा मनोसामाजिक सहयोग कोष स्थापना तथा परीचालन जस्ता उपलब्धि हांसिल भएको तथ्यांक मार्फत प्रस्तुत गरिएको छ ।

साथै संवाद कार्यक्रम संचालन, किशोर किशोरीहरुको संजाल निर्माण तथा परीचालन, बालमैत्री विद्यालयका लागी विद्यालय सहयोग, ब्यवसायी तालिम तथा उद्यमशिलता विकास, लक्षीत घरधुरीहरुको पारीवारीक विकास योजना र लक्षीत किशोर किशोरीहरुको जीवनवृत्ति योजना निर्माण तथा कार्यान्वय सहयोग, आपसी सहयोग समुह गठन तथा परीचालन, जीविकोपार्जनको लागी सहयोग, मनोसामाजिक सहयोग, सरोकारवालाहरुको क्षमता विकास तथा समुदायमा आधारीत सचेतनामुलक कार्यक्रम सञ्चालन जस्ता आगामी दिनको लागी गरीने कार्यहरु प्रस्तुत गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणि अर्यालले सिद्धार्थ सामाजिक विकास केन्द्रले विलिफ कार्यक्रम अन्तर्गत विभिन्न विद्यालयमा गरेको शैक्षिक उपलब्धि प्रशंसनीय रहेको बताउनुभयो । उहाँले संस्थाले ल्याएका कार्यक्रम कुन वडामा गर्न आवश्यक छ प्राथमिकताका आधारमा नगरपालिकाले सिफारीस गर्दै आएको बताउनुभयो । उहाँले यी कार्यक्रमले वास्तविक उपलब्धि प्राप्त भएको प्रत्यक्ष महशुस गरेकोले विभिन्न कार्यक्रम संस्थासंगको साझेदारीमा गर्दै आएको बताउनुभयो ।

त्यस्तै कार्यक्रमका विशिष्ठ अतिथि बाणगंगा नगरपालिकाका उप प्रमुख रीता कुमारी चौधरीले महिला, वालवालिका, विद्यार्थी, अशक्त तथा विपन्न वर्गहरुले यस कार्यक्रमबाट लाभ लिएको बताउदै समन्वयका लागि नगरपालिका सदैव तयार रहेको बताउनुभयो ।

त्यस्तै बाणगंगा नगरपालिका वडा नं. ७ का वडाध्यक्ष बिष्णु गिरी, ९ का वडाध्यक्ष कमल पौडेल, नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खिम बहादुर जिसी र कार्यपालिका सदस्य शारदा परियार लगायतले मन्तब्य राख्दै समावेशी जिविकोपार्जन तथा शिक्षा सवलीकरणको क्षेत्रमा संस्थाले महत्वपुर्ण भुमिका निर्वाह गरेको बताउनुभयो ।

 

संस्थाका निवर्तमान अध्यक्ष तेज प्रसाद आचार्यले विभिन्न निकायसंग सहकार्य गर्दै अगाडि बढीरहेको र आगामी दिनमा पनि वास्तविक लक्षित वर्ग सामु कार्यक्रम र योजना लैजान सबैको साथ आवश्य रहेको बताउनुभयो ।

कार्यक्रममा ३ वटै वडाका विद्यालय तथा स्वास्थ्य क्षेत्रका प्रमुख एवम् प्रतिनिधि, विभिन्न संवाद समुह, जनप्रतिनिधि, संस्थाका कर्मचारीको उपस्थिती रहेको कार्यक्रम विलिफ कार्यक्रमका प्रबन्धक आर टी खाँनको संचालनमा सम्पन्न भएको हो ।


प्रकाशित : २०८१ पुष १६, मंगलवार १७:२८

Lumbini Darpan 2

लेखकबाट थप

  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
  • कपिलवस्तु १ मा एमालेको चुनावी सरगर्मी बढ्दो, चौधरीलाई जिताउन मतदाता उत्साहित
प्रतिक्रिया

यो पनि पढौँ

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

कक्षा १२ को नतिजा सार्वजनिक

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन

प्रथम लुम्बिनी लोकतारा–२०८३ : कपिलवस्तुबाट सरोज परियारको विजयी यात्रा

कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष

जीवन बचाउने अभियानमा युनिक एग्रो सेन्टर तथा रुपक भेट फार्मा, ६४ पोइन्ट रगत संकलन

भर्खरै

  • लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

  • म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

  • रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

  • रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

  • कक्षा १२ को नतिजा सार्वजनिक

  • अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

  • विश्वकपमा अब रोनाल्डो मात्र

  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

  • देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

  • अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech