तिलोत्तमा,पौष १९ गते।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाद्वारा सञ्चालन गरिएको “जेष्ठ नागरिकसँग वडाअध्यक्ष” कार्यक्रम अन्तर्गत वडा नम्बर ६ गीता मन्दिर भवनमा विशेषज्ञ सेवा सहितको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। नगर प्रमुख रामकृष्ण खाँणले वडा नम्बर-६ ले गरेको सर्हानिय कार्यको प्रशंशा गर्दै आगमी दिनमा साबि वडामा यस्तो खालको परिक्षण सेवा बिस्तार गरिने बताउनु भयो।नगर प्रमुख खाँणले ज्येष्ठ नागरिकहरुको सम्मानमा उहाँको दीर्घायुका लागि वडाले यस्तो कदम चालेको समेत बताउनुभयो। स्वास्थ्य चेकजाँच गराएका बिरामीहरु लाई नि:शुल्क औंषधी समेत वितरण गरिएको थियो। स्वास्थ्य सेवाको पहुचबाट टाढा रहेका जेष्ठ नागरिकहरुलाई गाउँघरमै स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले साे कार्यक्रम सञ्चालन गरिएको तिलोत्तमा नगरपालिका वडा नम्बर-६ का अध्यक्ष गणेश पाठकले बताए । शिविरमा करिव ५० जना जेष्ठ नागरिकहरुकाे स्वास्थ्य परिक्षण गरिएको तिलोत्तमा नगरपालिका आनन्दबन स्वास्थ्य चौकीका इन्चार्ज स्वास्थ्य शाखा अधिकृत राम प्रसाद चुंदालीले जानकारी दिनुभयो। शिविरमा ६८ वर्षदेखि माथि उमेरका जेष्ठ नागरिकहरुकाे स्वास्थ्य परिक्षण गरिएको थियो।साे अवसरमा प्रेसर, दम, छाला, बाथ, नसा, मधुमेह जस्ता रोगहरुको बारेमा जाँच गरिएको थियो ।शिविरमा स्वास्थ्य सेवा लिन आएका मध्ये धेरै जसाे मधुमेह,उच्च रक्तचाप र दमका बिरामीहरु रहेकाे आनन्दबन स्वास्थ्य चौकीका इन्चार्ज स्वास्थ्य शाखा अधिकृत चुंदालीले जानकारी गराउनुभयो । त्यस्तै वडा सदस्य पूर्ण प्रसाद आचार्य संजयले जेष्ठ नागरिकहरुकाे लागि उक्त कार्यक्रम निकै प्रभावकारी रहेको बताउनुभयो। शिविरमा बरिष्ठ फिजिसियन डाक्टर कृष्ण चन्द्र गोदार, वडा सदस्य सिता गौतम, गीता गन्धर्व, वडा सचिव कृष्ण बहादुर क्षेत्रि, स्वास्थ्य अधिकृत हुमनाथ पाण्डे लगायतले स्वास्थ्य सेवाका बिषयमा आ-आफ्ना राय प्रस्तुत गर्नुभएको थियो । परिक्षण पश्चात ज्येष्ठ नागरिकहरुलाई औषधी समेत निशुल्क प्रदान गरिएको थियो।
Enter



प्रकाशित : २०८१ पुष १९, शुक्रबार १६:४८
















