
नेपाली बजारमा सुनको मूल्यमा आज उल्लेखनीय गिरावट आएको छ। सुनको भाउ आठ सय रुपैयाँले घटेर तोलाको एक लाख ८९ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ९० हजार ६ सय रुपैयाँ कायम भएको थियो ।आज चाँदीको भाउ भने घटबढ भएको छैन । चाँदीको भाउ हिजोजस्तै तोलाको एक हजार नौ सय ६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।विशेषज्ञहरूका अनुसार सुनको मूल्यमा आएको घटबढ अन्तर्राष्ट्रिय बजारको उतारचढाव तथा माग–आपूर्ति सन्तुलनसँग जोडिएको छ।