
नारायण(बुटवल सडक खण्डअन्तर्गत नवलपरासी बर्दघाट सुस्तापूर्वको दुम्कीबास क्षेत्रको विनयी खोला पुलमा चाँडै नै गाडी गुडाउने तयारी भएको छ ।विनयी खोला पुलमा कालोपत्रे गरेर यथासम्भव छिटो पुलबाट नै सवारी सन्चालन गर्ने तयारी रहेको नारायणघाट(बुटवल सडक योजनाले जनाएको छ । विनयी त्रिवेणी गाउँपालिका(१ स्थित विनयी खोला पुलमा अहिले कालोपत्रेको काम भैरहेको छ । यसअघि विनयी खोला पुल भाँसिएपछि अस्थायी डाइभर्सन बनाएर यातायात सञ्चालन गरिएको थियो ।तर, बर्खाको पानीले अस्थायी डाइभर्सन पनि बारम्बार बगाउने गरेपछि यातायात अवरुद्ध भएको थियो ।