


प्रकाशित : २०८३ आश्विन २१, बुधबार १३:५९
काठमाडौं । पशुपतिनाथ मन्दिरमा प्रवेश गरी भिडियो बनाएको विषयमा विवादमा आएका एक दम्पतीलाई प्रहरीले इटहरीबाट पक्राउ गरेको छ।
पशुपति क्षेत्र विकास कोषको जाहेरीका आधारमा प्रहरीले इटहरीबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि प्रहरी वृत्त गौशाला पठाइएको प्रहरीले जनाएको छ।
केही दिनअघि परियार र अन्सारी पशुपतिनाथ मन्दिर पुगेका थिए। उनीहरूले मन्दिर परिसरमा भिडियो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि घटना चर्चामा आएको थियो। सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा आफूलाई मुस्लिम जनाउने अन्सारी र उनकी श्रीमती परियार पशुपतिनाथ मन्दिरको मूल प्रवेशद्वारबाट प्रवेश गरेको देखिएको कोषले जनाएको छ।
पक्राउ परेकी परियारले आफूले श्रीमानलाई आफ्नो धार्मिक आस्थाको केन्द्र पशुपतिनाथ दर्शन गराउन मन्दिर लगेको बताएकी छन्। श्रीमानलाई सँगै मन्दिर लैजानुलाई अन्य उद्देश्यबाट नबुझ्न उनले आग्रह गरेकी छन्।
घटनापछि पशुपति क्षेत्र विकास कोषले छानबिन समिति गठन गरेको छ। रामशोभित नायकको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गर्दै कोषले सुरक्षा व्यवस्थामा भएको कमजोरीबारे एक साताभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ।
कोषले घटनामा संलग्न व्यक्ति तथा भिडियो सार्वजनिक गर्ने व्यक्तिमाथि आवश्यक कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गर्ने निर्णयसमेत गरेको जनाएको छ।
मन्दिर परिसरको सुरक्षा व्यवस्थामा कमजोरी भएको भन्दै कोषले सम्बन्धित कर्मचारी तथा सुरक्षाकर्मीप्रति क्षमायाचना गर्ने निर्णय गरेको छ। साथै पशुपति क्षेत्रको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक गरिमा कायम राख्दै धार्मिक आस्था, आपसी सहिष्णुता र सद्भाव कायम गर्न सबै पक्षलाई आग्रह गरेको छ।




















लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित
लुम्बिनी दर्पण अनलाइन
बाणगंगा न.पा. ४, कपिलवस्तु
सम्पर्क नं. ९८५७०५२२८४, ९८४७०४०९९६, ९८५७०५१०६६,
९८६७८३६४१८
कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही
सम्पर्क नं. ९८४७१२५७३७
अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल
© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy
Powered by: ProTech
