ताजा अपडेट

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बुटवल रोजगार मेला २०८२: १६९ जनालाई प्रत्यक्ष रोजगारी, ६५८ फलोअपमा छनोट

लुम्बिनी दर्पण डेस्क २०८२ असार १९, बिहीबार १३:४६
[sharethis-inline-buttons]

बुटवलमा बुधबार सम्पन्न “रोजगार मेला २०८२” ले उल्लेख्य सफलता हासिल गरेको छ। मेलामा सहभागीमध्ये १६९ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने ६५८ जना विभिन्न कम्पनीहरूद्वारा फलोअपको लागि छनोट भएका छन्। बुटवल उपमहानगरपालिकाद्वारा आयोजना गरिएको यो मेलाले स्थानीय युवाहरूमा रोजगारीको अवसर सिर्जना गर्न ठोस योगदान दिएको छ।
उपमहानगरकी उपप्रमुख सावित्रा देवी अर्यालका अनुसार मेला अवलोकन गर्न करिब ४ हजार ५ सय ११ जनाले सहभागिता जनाए। ४० वटा व्यवसायिक प्रतिष्ठान र संघ–संस्थाहरूले झण्डै ७०० जनाका लागि रोजगारीका अवसर प्रस्तुत गरेका थिए, जसमा १६९ जनाले सोही दिन प्रत्यक्ष रोजगारी प्राप्त गरे। अरु छनोटमा परेकाहरू अन्तर्वार्ता तथा अन्य प्रक्रिया पछि रोजगारीमा जानसक्ने अवस्था छ।
रोजगारी मेलामा १ हजार १५० जनाले आवेदन दिए, जसमध्ये ४५० जनाले अनलाइनमार्फत प्रक्रिया पूरा गरेका थिए। त्यस्तै, ७५० जनाले विभिन्न सीपमूलक तालिमका लागि आवेदन दिएका छन्। स्वरोजगारमा रुचि राख्ने करिब १५० जनाले आफ्ना व्यवसायिक प्रस्तावहरू प्रस्तुत गरे भने करियर गाइडेन्स तथा काउन्सिलिङ सेवाका लागि २३० जनाले निवेदन दिएका छन्। युवा फेलोसिप कार्यक्रममा भने १६५ जनाले आवेदन दिएका थिए।
रोजगार शाखा प्रमुख अरबिन्द पाण्डेयका अनुसार मेलामा सहभागी युवाहरूलाई मनोसामाजिक परामर्श, कार्यस्थलका अधिकार, लैङ्गिक समानता, श्रम कानुन, तथा सूचना प्रविधि सम्बन्धी तालिम र जानकारी पनि दिइएको थियो। युवाहरूमा विदेश जाने लहर तीव्र भइरहेको वर्तमान अवस्थामा, स्वदेशमै पनि रोजगारीका अवसर छन् भन्ने सन्देश प्रवाह गर्न मेला प्रभावकारी रहेको उनको भनाइ थियो।
नगर प्रमुख खेलराज पाण्डेयले मेला उद्घाटन गर्दै बेरोजगारी समस्यालाई सम्बोधन गर्न तथा दक्ष कामदार खोजिरहेका प्रतिष्ठानहरूलाई उपयुक्त जनशक्ति उपलब्ध गराउने उद्देश्यले यस्तो मेला आयोजना गरिएको बताए। “देशमै रोजगारी सम्भव छ भन्ने सन्देश दिनु र युवाहरूलाई प्रेरणा दिनु अहिलेको मुख्य आवश्यकता हो,” प्रमुख पाण्डेयले भने।
मेला समापनका क्रममा स्टल प्रतिनिधिहरू सन्तोष पोखरेल र दिवश खनालले रोजगार मेला उपयोगी रहेको भन्दै आगामी वर्ष मेला दुई–तीन दिनसम्म सञ्चालन गर्न आग्रह गरे। उनीहरूको अनुभवमा, प्रत्यक्ष संवाद, आवेदन प्रक्रिया र युवाहरूको उत्साहले मेला अझ व्यापक बनाउन सकिने देखिएको छ।
पछिल्लो वर्षको तुलनामा यस वर्षको मेला उल्लेखनीय रूपमा सफल भएको आयोजकहरूको भनाइ छ। गत वर्ष ३५ जनाले मात्र प्रत्यक्ष रोजगारी प्राप्त गरेका थिए भने यसपटक त्यो संख्या पाँचगुणा बढी भएको छ। यही उपलब्धि मेलाको प्रभावकारिता र उपादेयताको प्रमाण हो भन्ने निष्कर्ष आयोजकको छ।
बुटवल उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष बिमलराज भट्टराईले यस्ता मेलाहरूले रोजगार खोजिरहेका युवाहरूलाई अवसर दिनुका साथै जनशक्ति आवश्यक परेका उद्योग, व्यापारिक प्रतिष्ठान तथा संघसंस्थाहरूलाई उपयुक्त जनशक्ति सजिलै पाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।
रोजगारी सिर्जना मात्र होइन, स्वदेशमै काम गर्न सकिने वातावरण बनाउने उद्देश्यले आयोजना गरिएको यो मेला स्थानीय तह र संघीय सरकारबीचको सहकार्यमा भएको सफल अभ्यासको उदाहरण बनेको छ। आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ सुदृढ र दीर्घकालीन बनाउँदै लैजाने प्रतिबद्धता आयोजकहरूले जनाएका छन्। रासस


प्रकाशित : २०८२ असार १९, बिहीबार १३:४६

लुम्बिनी दर्पण डेस्क

लेखकबाट थप

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।
  • अदालतको फैसला कार्यान्वयनमा स्वास्थ्य मन्त्रालयको आलटाल
  • प्रधानसेनापति सिग्देलले गरे बेलायती सेनाका प्रमुखसँग भेट
  • मुगुमा पहिरोले बोलेरो जीप पुरियो, मानवीय क्षति भएन
  • पशुपति मन्दिर प्रवेशको भिडियो प्रकरणमा दम्पती पक्राउ
प्रतिक्रिया

यो पनि पढौँ

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा

भर्खरै

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

  • कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

  • दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech