ताजा अपडेट

बनकसिया नाकामा ठेकेदारको रजाँई, कम नापचाँजले आशंका

गीता मृत्यु प्रकरण : थप दुई जना चिकित्सक पक्राउ

विद्यार्थी संगठनमाथि प्रतिबन्धको विरोधमा कालो बेलुन उडाएर प्रदर्शन

पूर्वमन्त्री दीपक साहले पोखे असन्तुष्टि

बजारमा केराको हाहाकार, कालीमाटीले मूल्यसूची राख्नै छाड्यो

जन्मदिनलाई सेवामा रूपान्तरण: बालगृहका बालबालिकासँग खुशी साट्दै रुपक

सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता

बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न

लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

सय दिन पुग्दा पनि शाक्य असफल : आक्रोश उस्तै तीव्र”

लुम्बिनी दर्पण डेस्क २०८२ असार २६, बिहीबार ११:१३
[sharethis-inline-buttons]

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको १०० दिनको कार्यकाल पूरा हुँदा पनि विद्युत् ट्रिपिङको समस्या ज्यूँका त्यूँ छ, जसले जनमानसमा आक्रोश थप बढाएको छ। कुलमान घिसिङको स्थानमा शाक्यको नियुक्तिसँगै बढेको यो समस्याले उनको ‘हनिमुन पिरियड’ सकिए पनि उपभोक्ताले सुधारको अनुभूति गर्न पाएका छैनन्।

शाक्यले कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेपछि प्रणालीमा सुधार आएको दाबी गरे पनि जनताले त्यसको अनुभव गर्न सकेका छैनन्। विशेषगरी, कुलमान घिसिङलाई हटाएर शाक्यलाई ल्याइएपछि सरकारप्रति नै नागरिकमा असन्तुष्टि बढेको थियो।


 

ट्रिपिङले दैनिकी कष्टकर

 

कार्यभार सम्हालेको केही समयमै, जेठ १ गते धनुषाको ढल्केवरमा आएको चक्रवातले प्राधिकरणको प्रणाली साढे २ घण्टासम्म डाउन गराएपछि शाक्यले पत्रकार सम्मेलन गरी लोडसेडिङ नहुने दाबी गरेका थिए। तर, हावाहुरीका कारण ढल्केवर-मुजफ्फरपुर ४०० केभी डबल सर्किट लाइनमा समस्या आउँदा बेलुका साढे २ घण्टा विद्युत् अवरुद्ध भएको थियो। यस घटनापछि सामाजिक सञ्जालमा उनीविरुद्ध चर्को आलोचना भएपछि उनले सफाइ दिनुपरेको थियो।

कुनै पनि नयाँ नेतृत्वलाई संस्था र कर्मचारीबारे बुझ्न सय दिन पर्याप्त मानिन्छ। तर, शाक्यको आगमनपछि पनि ट्रिपिङको समस्या झनै बढेको छ। प्रणालीमा लोड अत्यधिक बढ्नु वा घट्नु, सर्ट सर्किट, जमिनमा लाग्नु, वा लाइनमा खराबी आउनुलाई ट्रिपिङ भनिन्छ। प्राधिकरणको जडित क्षमता ३६०० मेगावाटभन्दा माथि भए पनि खपत कम हुँदा पनि उपभोक्ताले ट्रिपिङको समस्या भोगिरहेका छन्।

शाक्यले “प्रणाली सुदृढीकरण र ट्रिपिङ समस्या समाधानका लागि सञ्जाल सुदृढीकरण र ऊर्जा सुरक्षाका उपायहरू अपनाइ ग्राहकवर्गसम्म विश्वसनीय विद्युत् पुर्‍याउन आवश्यक कार्य अगाडि बढाइएको छ” भन्दै “साइफाइ” र “सेडी” जस्ता अन्तर्राष्ट्रिय मानक प्रयोग गरी लाइन ट्रिपिङमा सुधार ल्याउने बताएका छन्।


 

उद्योगी-व्यवसायी पनि असन्तुष्ट

 

तराई क्षेत्रमा अझै पनि विद्युत् अनियमितताले दैनिकी कष्टकर बनाएको छ। नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले रुपन्देही र भैरहवा क्षेत्रमा अझै विद्युत् अनियमित रहेको बताएका छन्। उनले भने, “पहिलाको जस्तो समस्या त छैन। उद्योग पनि पूर्ण क्षमतामा चलेका छैनन्। समस्या अझै छ।” यस्तै समस्या मधेश प्रदेश र कोसी प्रदेशका उद्योगीहरूले पनि भोगिरहेका छन्।

मोफसलमा मात्र होइन, राजधानीमै पनि ‘ट्रिपिङ’ले समस्या निम्त्याएको छ। मध्य वर्षामा समेत प्राधिकरणले ‘लोड म्यानेज’ गर्न नसक्नुमा नेतृत्वको समस्या रहेको प्राधिकरणकै कर्मचारीहरू स्वीकार गर्छन्। एक कर्मचारीका अनुसार, “एमडी सर मान्छे सोझो हो। उनी विशुद्ध ‘टेक्निकल’ मान्छे हो। उनलाई संस्था कसरी ‘रन’ गराउने हो भन्ने जानकारी छैन।” ती कर्मचारीले पछिल्लो समय शाक्यको कार्यशैली हेर्दा प्राधिकरण उनको हातबाट चलिरहेको छ भन्नेमा शंका व्यक्त गरे।


 

मन्त्रीसँग सम्बन्धमा दरार

 

पछिल्लो समय शाक्यको ऊर्जा मन्त्री दीपक खड्कासँग पनि सम्बन्ध बिग्रँदै गएको छ। मन्त्रीले भनेका विषयमा शाक्यले निर्णय नगरेका कारण सम्बन्धमा दरार आएको हो। असार २२ गतेभित्र प्राधिकरणका विभिन्न कार्यालय प्रमुखहरूको सरुवा गर्न मन्त्री खड्काले कार्यकारी निर्देशक शाक्यलाई निर्देशन दिएका थिए, तर उक्त विषयमा कुरा नमिलेको स्रोत बताउँछ। खड्का र शाक्यको सम्बन्धमा तेस्रो पक्ष हावी हुँदै गएको स्रोतको दाबी छ।

मंगलबारको पत्रकार सम्मेलनमा पनि मन्त्रीसँगको सम्बन्धका विषयमा पत्रकारले सोधेको प्रश्नमा शाक्यले ‘अनुमान गलत भन्न मिल्दैन’ भनेका थिए। स्रोतका अनुसार, “बोर्ड बैठकमा जे जसरी कुरा उठ्यो। त्यो देखाउने दाँत मात्रै हो। कुन पक्षलाई कसरी संस्थामा प्रभाव बढाउन सकिन्छ त्यहीअनुरुप लागि परेका छन्।” स्रोतले राज्यका सबै क्षेत्र कसरी चलिरहेको छ भन्ने स्पष्ट रहेको र निश्चित उद्देश्यका लागि प्रयोग भएका व्यक्तिहरू राजीनामा समेत दिन सक्ने अवस्थामा नरहेको टिप्पणी गरेको छ।


प्रकाशित : २०८२ असार २६, बिहीबार ११:१३

लुम्बिनी दर्पण डेस्क

लेखकबाट थप

  • तिलोत्तमामा विद्यालय मर्जर तथा कानुनी छात्रवृत्ति सम्बन्धी प्रतिवेदन हस्तान्तरण
  • घोषणापत्रको जार्गनमा नअल्झिएको मतदाता
  • मुर्गिया स्पोर्टस क्लब सैनामैना देवदह बी-लेभल पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन बने
  • अर्थतन्त्रका सूचकहरूले सकारात्मक संकेत देखाएपनि ठूला चुनौती कायमै छन् – अर्थमन्त्री
  • चलचित्र पत्रकार संघ नेपाल रुपन्देहीको अध्यक्षमा कृष्ण भण्डारी सर्वसम्मत
प्रतिक्रिया

यो पनि पढौँ

बनकसिया नाकामा ठेकेदारको रजाँई, कम नापचाँजले आशंका

गीता मृत्यु प्रकरण : थप दुई जना चिकित्सक पक्राउ

विद्यार्थी संगठनमाथि प्रतिबन्धको विरोधमा कालो बेलुन उडाएर प्रदर्शन

पूर्वमन्त्री दीपक साहले पोखे असन्तुष्टि

बजारमा केराको हाहाकार, कालीमाटीले मूल्यसूची राख्नै छाड्यो

सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता

बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न

लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता

४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज

रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर

ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु

भर्खरै

  • बनकसिया नाकामा ठेकेदारको रजाँई, कम नापचाँजले आशंका

  • गीता मृत्यु प्रकरण : थप दुई जना चिकित्सक पक्राउ

  • विद्यार्थी संगठनमाथि प्रतिबन्धको विरोधमा कालो बेलुन उडाएर प्रदर्शन

  • पूर्वमन्त्री दीपक साहले पोखे असन्तुष्टि

  • बजारमा केराको हाहाकार, कालीमाटीले मूल्यसूची राख्नै छाड्यो

  • जन्मदिनलाई सेवामा रूपान्तरण: बालगृहका बालबालिकासँग खुशी साट्दै रुपक

  • सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता

  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न

  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता

  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech