हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिका स्थापना भई छोटो समयमा सयौं विद्यार्थीको रोजाई बन्न सफल ‘मिराई ईन्टरनेशनल ल्यांग्वेज सेन्टर’ मा गुरु पुर्णिमाको अवसरमा शुभकामना आदान प्रदान गरिएको छ । सेन्टरमा अध्ययनरत विद्यार्थीहरुले अध्यापन गराउने शिक्षकहरुलाई सम्मान गरि शुभकामना प्रदान गरेका थिए । टिका, खादा सहित सम्मानका साथ शिक्षकहरुलाई उपहार समेत प्रदान गरेका थिए । सेन्टरका संचालक महेश आचार्य, गणेश खनाल र माधव घिमिरेले सम्पुर्ण विद्यार्थीहरु प्रति आभार व्यक्त गर्दै गुरु पुर्णिमाको अवसरमा शुभकामना व्यक्त गर्दै सफलताको कामना गर्नुभएको थियो ।
कार्यक्रममा सेन्टरका लेखा प्रमुख सलिना नेपाली, जापनीज तथा कोरीयन भाषा अध्ययन गर्ने विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

बाणगंगा नगरपालिका १ चार नम्बर जितपुर स्थित एन आई सी एसीया बैंक भएको घरमा उक्त संस्थाको कार्यालय रहेको छ । स्थापनको छोटो समयमै सयौं विद्यार्थीहरु भर्ना भईसकेको छन् भने कक्षाहरु धमाधम संचालन भईरहेका छन् ।
धेरै समय अगाडि देखि कोरीयन भाषा अध्यापन गरेका दक्ष तथा अनुभवी एवम् ईपिएस लेवल वान र टु पास गर्न सफल महेश आचार्य र माधव घिमिरे तथा अध्यापन धेरै समय अगाडि देखि अध्यापन गराई जापानमै धेरै बर्ष समय बिताउनुभएका जापनीज भाषा प्रशिक्षक गणेश खनालले उक्त संस्था स्थापना गर्नुभएको हो ।
यस शैक्षिक संस्थाले अध्यापन गराएर शुल्क लिने काम मात्र नगर्ने भन्दै विद्यार्थीहरुको माग र आवश्यकतालाई मध्यनजर गर्दै अगाडि बढ्दै जाने तीनै जना संचालकले बताएका छन् ।
प्रोजेक्टर लगायत आधुनिक शैक्षिक सामग्रीबाट अध्यापन, उत्कृष्ट पुस्तकालयको व्यबस्था, दक्ष एवम् अनुभवि प्रशिक्षकद्धारा अध्यापन, पुराना तथा बाहिरि जिल्लाबाट आएका विद्यार्थीहरुलाई विशेष छुट लगायतका सुविधाहरु रहेको संस्थाले जनाएको छ ।





















