ताजा अपडेट

मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै

पार्टी हित विपरीत गतिविधि गरेको आरोपमा परियार सकिना निष्काशित

टी–२० विश्वकपमा नेपालले आज इटालीसँग खेल्दै

दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण

६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

सोमाली यात्रुवाहक विमान समुद्री किनारमा अवतरण : सबै ५५ जना सकुशल

टी–२० विश्वकपमा पाकिस्तान र न्युजिल्याण्डको लगातार दोश्रो जीत

हिलबर्ट स्कुलले फागनु ५ गते १६ औं स्थापना दिवस मनाउँदै

कपिलवस्तु क्षेत्र नंं. १ मा एमालेलाई जिताउन अनेमसंघ एकजुट

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

मिडिया हाउसको दुरुपयोग: बाँके, सुर्खेत र जाजरकोटमा नक्कली नोट र लागुऔषध कारोबारको जालो

लुम्बिनी दर्पण डेस्क २०८२ असार ३२, बुधबार ११:३७
[sharethis-inline-buttons]

सुर्खेत प्रहरीले मंगलबार मिडिया हाउसको कार्यालयबाटै नक्कली नेपाली नोट छाप्ने र लागुऔषध अफिमको कारोबार गर्ने एक गिरोहलाई नियन्त्रणमा लियो ।

पक्राउ पर्नेमा जाजरकोट कुशे गाउँपालिका—५, की २२ वर्षीय दिलमाया सिंह ठकुरी, सोही ठाउँका ३३ वर्षीय रामबहादुर सिंह, कुशे गाउँपालिका—७, समकोट घर भई हाल भेरीगंगा नगरपालिका—१२, ठकुरी टोलस्थित डेरामा बस्दै आएका ३५ वर्षीय कृष्णबहादुर वली, सोही ठाउँका ३८ वर्षीय प्रेमबहादुर विक र कालिकोटको नरहरीनाथ गाउँपालिका—४, घर भई बाँकेको कोहलपुर नगरपालिका—११, न्युरोडमा ‘जनगर्जन नेटवर्क प्रालि नामक मिडिया हाउस सञ्चालन गरि बसेका ३४ वर्षीय मनबहादुर सहकारी रहेका छन् ।

प्रहरीले उनीहरूको साथबाट १३ लाख रुपैयाँ बराबरको नक्कली नोट, ३० किलोग्रामभन्दा अफिम जस्तो देखिने पदार्थ र नोट छाप्न प्रयोग हुने विभिन्न उपकरण नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाका अनुसार पक्राउ परेकी दिलमाया आफ्ना केटाकेटीलाई ल्याएर वीरेन्द्रनगरमा बस्थिन् । बालबच्चालाई पढाउन उनी सुर्खेत झरेकी थिइन् ।

उनकै दाई नाता पर्ने रामबहादुर सिंहले नै उनलाई घटनामा प्रयोग गरेको देखिएको छ ।

१०० मा आएको त्यो फोनले खुल्यो ठुलो अपराधको जालो 

‎जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुधीरराज शाहीका अनुसार सोमबार दिउँसो प्रहरीको १०० नम्बरमा वीरेन्द्रनगरकै एक तरकारी पसलको महिलाले फोन गरिन् ।

‘म कहाँ यसरी एउटा मुद्रा लिएर आएका छन् एकजना महिलाले, नक्कली हो कि जस्तो लाग्यो,’ ती महिलाको भनाइ उदृत गर्दै शाहीले भने, ‘एकचोटि आइदिनुपर्‍यो भनेर भन्नुभएपछि हामीले यहाँ पनि ड्युटी अफिसरलाई त्यही अनुसारले सूचना सञ्चार गर्दियौँ ।’

त्यसपछि तत्काल प्रहरी टोली वीरेन्द्रनगर नगरपालिका–१०, शान्ति टोलमा पुग्यो, जहाँ दिलमायाले नक्कली नोटको रकमले केही सामग्री किनिरहेको थिइन् ।

दिलमायाले पसलेलाई रकम दिएपछि ‘एकछिन बुझ्नुपर्यो यो त कस्तो नोट हो’ भनेर पसलेले भने । दिलमायासँग भएका नोटहरूमा एउटै नम्बर रहेछ । त्यहीबाट शंका लाग्यो कि नक्कली नोट हो भनेर ।

ppp

‘हामीले नक्कली जस्तो लागेर तत्काल दिलमायालाई नियन्त्रणमा लियौँ,’ उनले भने, ‘उनको साथमा एक हजारका ६ वटा नोटहरू रहेछ ।’त्यसपछि प्रहरीले उनीमाथि अनुसन्धान बढायो ।

‘यो रकम मैले होइन दाइले ल्याएको हो,’ प्रहरीसँग उनले भनिन् । दिलमायाले दाइ भनेका व्यक्ति रामबहादुर सिंह हुन्, जो स्वास्थ्यकर्मी भएको प्रहरीको भनाइ छ ।

त्यसपछि प्रहरी दिलमायाको कोठामा गएर हेर्छ । रामबहादुर दिलमायाकै कोठामा बसेका थिए ।

प्रहरीले दिलमायाको साथबाट ६ वटा र अन्य रामबहादुरको साथबाट १२ लाख ४९ हजार नक्कली नोटहरूको झोला नै बरामद गर्‍यो ।

‘शरीरमा पनि राख्या रहेछ, पाँच–दश हजार जति,’ प्रहरी नायव उपरीक्षक बुढथापा भन्छन्, ‘अनि सबै सर्च गर्यौं ।’

यो अपराधमा दिलमायाको भूमिका रामबहादुरले भने अनुसार रकमको झोला राखिदिने मात्र हो ।

रामबहादुरले बहिनी पैसाको झोला आएको छ, राखिदिनु भनेका रहेछन् । अनि उनले त्यो झोला राखिदिएकी रहिछन् । रामबहादुरले ‘ल तँलाई खर्च’ भनेर ७ वटा नोट दिएको रहेछ । उक्त रकम नक्कली हो भन्ने दिलमायालाई थाहै थिएन ।

रामबहादुरलाई सोधपुछ गर्दा फलानो–फलानो हो, छिन्चुतिर छन् दुई–तीन जना भन्ने जवाफ दिए ।

‘मैले मात्र होइन, अरूले पनि ल्याएको हो हामीले माथि अफिम किन्दाखेरि लिएको हो,’ रामबहादुरले प्रहरीसँग भने ।अनि प्रहरी रामबहादुर र दिलमायालाई लगेर छिन्चु गयो ।

टोलीले छिन्चुमा गरेको विशेष कारबाहीमा वलीको साथबाट ११ किलो ३७२ ग्राम अफिम बरामद गर्‍यो । ओलीसँगै प्रेमबहादुर विक पनि पक्राउ परे ।

उनीहरूकै बयानले प्रहरीलाई जाजरकोटसम्म डोर्‍यायो, जहाँ यो अपराधको एक मुख्य नाइके थिए—रामबहादुर सिंह नै ।

उनले नै नक्कली नोटले भरिएको झोला गाडीमा पठाउने र आफू सुरक्षित रूपमा मोटरसाइकलमा आउने योजना बनाएका थिए । यो काम गरेबापत ५०–६० हजार रुपैयाँ दिने लोभ देखाइएको थियो । तर, प्रहरीको सक्रियताले उनको योजना विफल भयो ।

मध्यरातको नाटकीय ‘अप्रेसन’

जब कारोबारको तह–तहको रहस्य खुल्यो, प्रहरीले अप्रेसनलाई थप तीव्र बनायो । सञ्जालको खोजी गर्दै जाँदा सञ्जाल बाँकेको  कोहलपुरतिर सोझियो । मानबहादुर सहकारी नामका व्यक्तिबाट कृष्ण ओली, कृष्णबाट दीपक भनिने जयबहादुर विष्ट हुँदै पैसा रामबहादुर सिंहसम्म पुगेको ‘मनी ट्रेल’ फेला पर्‍यो ।

man

त्यसपछि प्रहरीको टोली दुई भागमा बाँडियो । एक टोलीले पक्राउ परेकाहरूमाथि थप सोधपुछ थाल्यो भने डीएसपी मोहनजंग बुढथापाको नेतृत्वमा अर्को टोली एक अभियुक्तलाई साथमा लिएर राति साढे १२ बजे बाँकेतर्फ हानियो ।

डीएसपी बुढथापाका अनुसार बाँके प्रहरीसँगको समन्वयमा बिहान ३ बजेदेखि सुरु भएको खोजतलास कुनै फिल्मी दृश्यभन्दा कम थिएन । विभिन्न सम्भावित लोकेसनमा छापा मार्दै, मानिसहरूलाई पक्राउ गर्दै र सोधपुछ गर्दै जाँदा अन्ततः बिहान साढे ७ बजे मुख्य योजनाकार मानबहादुर सहकारी पक्राउ परे ।

कालिकोटको नरहरिनाथका उनले कोहलपुर नगरपालिका—११, न्युरोडमा ‘जनगर्जन नेटवर्क प्राली नामक मिडिया हाउस’ सञ्चालन गरेका थिए ।

सुरुमा त उनले डीएसपी नेतृत्वको टोलीलाई नै थर्काउन खोजे । उनले आफुलाई पत्रकार भनेका थिए । तर जब प्रहरीले प्रमाणको चाङ र सञ्जालको पूरा ‘लिंकअप’ देखायो, त्यसपछि उनी गलेको बुढथापाले बताए ।

उनको कोठा खानतलासी गर्दा प्रहरी टोली नै चकित पर्‍यो— १५ पोकामा १९ किलो ३०० ग्राम अफिम बरामद भयो ।

नक्कली नोटको कारखाना र मास्टरमाइन्डको स्वीकारोक्ति

मानबहादुरको अपराध अफिममा मात्र सीमित थिएन । उनले मिडिया हाउसको नाममा कोठामा नै नक्कली नोट छाप्ने गरेको स्वीकारे । ‘हतारमा हुने अफिमको कारोबारमा नक्कली नोट सजिलै भिडाउन सकिन्छ भन्ने सोचेर मैले नै छापेको हुँ,’ उनले प्रहरीसमक्ष बयान दिए ।

अनुसन्धान अनुसार, मानबहादुरले कुल १५ लाख रुपैयाँ बराबरको नक्कली नोट छापेका थिए, जसमध्ये २ लाख रुपैयाँ उनले लागुऔषध कारोबारकै क्रममा बजारमा पठाइसकेका छन् । उक्त रकम बाँके, सुर्खेत, जाजरकोट लगायतका बजारमा गएको छ ।

उनले छापेका नोटको गुणस्तर यति राम्रो थियो कि गन्ती गर्दा प्रहरीसमेत झुक्किन्थे । प्रहरीले नोट छाप्न प्रयोग भएको कम्प्युटर, सीपीयु र प्रिन्टरसमेत बरामद गर्‍यो । त्यहीँबाट थप ५१ हजार रुपैयाँ बराबरको नक्कली नोट पनि फेला पर्‍यो ।

अनुसन्धान अनुसार, मानबहादुरले कुल १५ लाख रुपैयाँ बराबरको नक्कली नोट छापेका थिए, जसमध्ये २ लाख रुपैयाँ उनले लागुऔषध कारोबारकै क्रममा बजारमा पठाइसकेका छन् । उक्त रकम बाँके, सुर्खेत, जाजरकोट लगायतका बजारमा गएको छ ।

मानबहादुर कुनै वेला विप्लव नेतृत्वको नेकपामा आबद्ध थिए । नेकपाका एक नेताले  जानकारी अनुसार उनले पार्टीमा हुँदा पनि गलत काम गरे, जसका कारण एक वर्षअघि साधारण सदस्य नरहने गरी कारबाही गरिएको थियो ।प्रहरीले मंगलबार उनीहरू सबैलाई सुर्खेत ल्याएको छ ।

यो घटनाले लागुऔषध र नक्कली नोटको कारोबारबीच गहिरो सम्बन्ध रहेको पुष्टि गरेको छ । प्रहरीले सुरुदेखि नै यी दुई अपराधबिच कुनै न कुनै सम्बन्ध रहेको आशङ्का गरेको थियो, जुन अन्ततः सत्य साबित भयो । केही समयअघि छिन्चुबाटै बरामद भएको साढे ५ किलो अफिमको घटनाले पनि यो सञ्जालसम्म पुग्न प्रहरीलाई मद्दत गरेको थियो ।

अझै ठुलो सञ्जाल हुन सक्ने आशङ्का

यस प्रकरणमा जाजरकोटका जयबहादुर विष्ट फरार छन् । उनको खोजीका लागि जिल्ला प्रहरी कार्यालय, जाजरकोटसँग समन्वय भइरहेको ‎जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुधीरराज शाहीले बताए ।

तर, प्रहरीको अनुसन्धान अब योभन्दा गहिराइमा केन्द्रित भएको छ— के मानबहादुर एक्लैले यो सब गरेका हुन्, वा यसको पछाडि कुनै संगठित गिरोह सक्रिय छ ?

बरामद भएका कम्प्युटर र हार्ड ड्राइभलाई डिजिटल फरेन्सिक ल्याबमा परीक्षणका लागि पठाएर प्रहरी यो रहस्यको जरोसम्म पुग्ने प्रयासमा छ ।


प्रकाशित : २०८२ असार ३२, बुधबार ११:३७

लुम्बिनी दर्पण डेस्क

लेखकबाट थप

  • भिजिट भिसामा स्पेन पुगेर नफर्केकाहरूमाथि अनुसन्धान थालियो : सरकार
  • किन विश्व अमेरिकालाई ‘खलनायक’ मान्दैछ, चीनको पक्षमा बढ्दै जनलहर?
  • डेंगी परीक्षणको शुल्क निर्धारण गर्नुपर्नेमा मन्त्री पौडेलको जोड
  • रहस्यमय घटना: भरतपुर अस्पतालको सेफ्टी ट्याङ्कीभित्र बालिका कसरी खसिन्?
  • ऊर्जामन्त्री खड्काको जनार्दनलाई प्रश्न: १२ वर्षमा के प्रगति भयो?
प्रतिक्रिया

यो पनि पढौँ

मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै

पार्टी हित विपरीत गतिविधि गरेको आरोपमा परियार सकिना निष्काशित

टी–२० विश्वकपमा नेपालले आज इटालीसँग खेल्दै

दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण

६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

कपिलवस्तु क्षेत्र नंं. १ मा एमालेलाई जिताउन अनेमसंघ एकजुट

कपिलवस्तुमा यहि माघ २९ गते एमाले युवा नेता बस्नेत र गुरुङ्ग आउने

जनताका आधारभुत आवश्यकता सदनमा लैजाने उद्देश्यका साथ उम्मेद्वारी : बिश्राम प्रसाद चौधरी

८ विमानस्थलसहित २९ स्थानमा सेनाले थाल्यो ड्युटी, अझै ५३ स्थानमा खटिने

४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

प्रतिनिधिसभा चुनावका लागि ८८ वटा निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

भर्खरै

  • मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै

  • पार्टी हित विपरीत गतिविधि गरेको आरोपमा परियार सकिना निष्काशित

  • टी–२० विश्वकपमा नेपालले आज इटालीसँग खेल्दै

  • दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण

  • ६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

  • सोमाली यात्रुवाहक विमान समुद्री किनारमा अवतरण : सबै ५५ जना सकुशल

  • टी–२० विश्वकपमा पाकिस्तान र न्युजिल्याण्डको लगातार दोश्रो जीत

  • हिलबर्ट स्कुलले फागनु ५ गते १६ औं स्थापना दिवस मनाउँदै

  • कपिलवस्तु क्षेत्र नंं. १ मा एमालेलाई जिताउन अनेमसंघ एकजुट

  • कपिलवस्तुमा यहि माघ २९ गते एमाले युवा नेता बस्नेत र गुरुङ्ग आउने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech