अविरल वर्षासँगै आएको भेलले गुल्मीको डहरे खोलाले कार बगाएको छ ।
सत्यवती गाउँपालिका वडानम्बर(६ उल्लीखोला स्थित डहरेखोलामा शान्तिपुरबाट बुटवल तर्फ जाँदै गरेको बीएए ००१७ नम्बरको कार बगाएको प्रहरीले जनाएको छ ।
मंगलबार बिहान ११:४५ बजेको समयमा डहरे खोलाले बगाएर कार ५० मिटर तल पुर्याएको थियो । स्थानीय र ट्याक्टरको सहायताले कार खोलाबाट बाहिर निकालिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
खोलाले बगाउँदा कारमा क्षति पुगे पनि मानविय क्षति भने नभएको गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले बताए । पक्की पुलको अभावले यस क्षेत्रका नागरिकले वषौंदेखि सास्ती खेप्दै आएका छन् ।





















