ताजा अपडेट

सग्रहवामा शाक्यहरू पितृ स्मरण

मनकामनाबाट फर्केको माइक्रो दुर्घटना अपडेट : ७ जनाको घटनास्थलमै मृत्यु

कोलीय देवदह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा ३ दिने उद्घोषण तालिम आज देखि सुरु

बहुसरोकार मञ्चद्वारा प्रथम २५७०औँ शाक्य पितृ स्मरण दिवस मनाइने

क्रोएशिया–अमेरिका पठाइदिने भन्दै लाखौं ठगी, तीन जना प्रहरी नियन्त्रणमा

स्व. नेता न्यौपानेको श्रद्धान्जलीका लागि राजमो अध्यक्ष चित्रबहादर केसी कपिलवस्तुमा गरे गम्भिर खुलासा

बालेन बन्दैछन् एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री

काठमाडौंमै आठ हजार १९७ मत बदर

लुम्बिनी प्रदेश सभाबाट राजीनामा दिएर चुनाव लडेका तीन पूर्वमन्त्री असफल

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

सग्रहवामा शाक्यहरू पितृ स्मरण

लुम्बिनी दर्पण २०८२ चैत्र २, सोमबार १४:३६
[sharethis-inline-buttons]

राम बहादुर गन्धर्व
कपिलवस्तु
स्वदेश तथा विदेशमा बसोबास गर्दै आएका शाक्य समुदायका सदस्यहरू कपिलवस्तुको ऐतिहासिक तथा धार्मिक स्थल सग्रहवामा भेला भई पितृ स्मरण कार्यक्रम सम्पन्न गरेका छन्।
कार्यक्रममा विभिन्न देशमा रहेका शाक्यहरूले आफ्ना पुर्खाको सम्झनामा पूजा, श्रद्धाञ्जली तथा धार्मिक अनुष्ठान गरेका थिए । कार्यक्रममा सहभागीहरूले सग्रहवा क्षेत्रको धार्मिक तथा ऐतिहासिक महत्वलाई उजागर गर्दै यसको वैज्ञानिक अनुसन्धान, संरक्षण तथा व्यवस्थित विकास गर्न सरकारसँग माग गरेका छन्।
उपस्थित समुदायका अगुवाहरूले सग्रहवालाई शाक्य समुदायको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक केन्द्रका रूपमा विकास गर्न आवश्यक रहेको बताए। उनीहरूले यो क्षेत्रको ऐतिहासिक महत्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार गर्नुपर्ने धारणा पनि व्यक्त गरेका थिए।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, समाजसेवी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो। सहभागीहरूले सग्रहवा क्षेत्रको संरक्षण तथा विकासका लागि सबै पक्ष मिलेर काम गर्नुपर्नेमा जोड दिएका थिए।
यस प्रकारका कार्यक्रमले विदेशमा रहेका शाक्यहरूलाई आफ्ना सांस्कृतिक जगेर्ना र परम्परासँग जोड्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको थियो।
यस्तो छ सग्रहवाको ईतिहास
कपिलवस्तुमा शाक्यहरूको राज्य थियो । २८ बुद्धमध्ये क्रकुछन्द बुद्ध, कनकमुनि बुद्ध र सिद्धार्थ गौतम बुद्धको जन्म कपिलबस्तुमा नै भएको थियो । कपिलबस्तु बुद्ध जन्मने स्थानमात्र नभई बौद्ध अनुयायीहरूको पतनसमेत कपिलबस्तुबाट नै भएकाले यो ठाउँको महत्त्व आम मानिसलाई समेत बुझाउन जरुरी छ ।

प्राचीन कपिलबस्तु र कोलिय राज्य छिमेकमा पर्ने कोशल राज्यको आक्रमणमा परेर पतन भएको हो । शासन व्यवस्थामा अब्बल, तत्कालीन अवस्थामै गणतन्त्रको अभ्यास गरिसकेको शाक्य र कोलिय राज्य विनासको प्रमुख कारण जातीय अभिमान भएको तथ्य भेटिन्छ । शाक्य र कोलियहरूको विनाश बुद्धको महापरिनिर्वाण हुनुभन्दा दुई वर्षअघि कोशल देशका राजा प्रसेनजित्का छोरा विडुडभबाट भएको उल्लेख छ ।

कपिलवस्तु मावलीघर हुने विडुडभ कोशल देशका राजा प्रसेनजित्का छोरा थिए । कोशल देशका राजा प्रसेनजित शाक्यमुनि बुद्धबाट निकै प्रभावित थिए र उनले बुद्धप्रति निकै श्रद्धा राख्थे । यसर्थ उनले शाक्य कन्यासँग विवाह गरेर ऊबाट जन्मिएको छोरालाई कोशल देशको उत्तराधिकारी बनाउन चाहन्थे । सोहीअनुसार उनी कपिलवस्तु राज्यमा शाक्य कन्या माग्न गए । शाक्यहरूले जातीय अभिमानका कारण छोरी दिन सकेनन्, तर कोशल राज्यको आक्रमणमा परिने डरले शाक्य जातकी छोरी भनेर महानाम शाक्यको दासी ‘बासभखत्तिया’लाई अन्माएर दासी पुत्रीलाई शाक्य कन्या भनी विवाह गरी पठाएका थिए ।

सगरहवा ताल –mष्ल.उलन
विवाहपछि पनि यो कुरा गोप्य रहेकाले कोशल देशका राजा प्रसेनजित् अनभिज्ञ थिए । यो विषय त्यसबेला गोप्य नै रहिरह्यो । कोशल देशका राजा प्रसेनजित् र दासी पुत्री बासभखत्तियाबाट एक पुत्रको जन्म भयो, जसको नाम ‘विडुडभ’ राखियो । पछि मावलघर कपिलबस्तु जाँदा दासीपुत्र भएका कारण रचिएको विभेदको षडयन्त्र विडुडभले बुझे । जातीय विभेदको बदला लिन यिनै विडुडभले कपिलवस्तुमा आक्रमण गरी कपिलबस्तुका शाक्यहरूको दम्भ समाप्त पार्ने प्रतिज्ञा गरे । उनले गर्न खोजेको २ पटकसम्मको आक्रमणलाई गौतमबुद्धले नै रोक्नु भएको थियो । तर तेस्रो आक्रमणका बारेमा जानकार भएर पनि गौतमबुद्धले विडुडभलाई रोक्न खोज्नु भएन । विडुडभले कपिलबस्तुमा गरेको आक्रमण कपिलबस्तु तथा कोलीय राज्य पतन हुने कारण बन्यो । यो प्रसङ्ग धम्मपद अर्थकथा लगायत अन्य पालिप्रसङ्गमा विस्तृतरुपमा उल्लेख छ । कपिलवस्तुमा भएको उक्त आक्रमणमा ९९९० शाक्य र कोलियहरूको नरसंहार हुँदा सग्रहवा ताल रगतले भरिएको ह्वेनसाँगको यात्रा विवरणमा उल्लेख छ । यसबाहेक कपिलवस्तुसँग बदला लिएपछि विडुडभले ५०० शाक्य कुमारीहरूलाई अपहरण गरी आफ्नो राज्यमा लगेको र उनीहरूलाई रानी बनाउन खोज्दा राजकुमारीहरूले विद्रोह गरेपछि कपिलवस्तुको सिमानामा ल्याई तिनीहरूको बध गरेको विषयसमेत ह्वेनसाँगले उल्लेख गरेका छन् ।

बौद्ध इतिहासमा विडुडभको घटनाले विभेदको ज्वाला निकै खतरनाक हुन्छ भन्ने शिक्षा दिएको छ । वदलाको भावले कपिलवस्तु राज्य विजय गरे पनि त्यसमाथि विडुडभले शासन गर्न भने पाएनन् । विडुडव र कपिलबस्तुको पतन नामक पुस्तकका लेखक भिक्टर प्रधानका अनुसार कपिलवस्तु विजय लगतै विडुडभको मृत्यु भएकाले कोशल राज्य पनि मगधको हात लाग्यो । त्यसपछि मगद दक्षिण एसियाकै ठूलो साम्राज्य बनेको थियो । केशवमान शाक्यको उल्लेखअनुसार कपिलवस्तुमा आक्रमण गरेको केही दिनमा नै मगधका राजा अजातशत्रुले कोशल राज्यमा आक्रमण गरी विडुडभ र उनका मन्त्री अम्बरिसलाई जिउँदै जलाएर हत्या गरेका थिए । यसले के शिक्षा दिन्छ भने कसैले बदलाको भावले उत्प्रेरित भइ गरेको कार्यको प्रतिफल त्यो व्यक्तिलाई लामो समयसम्म प्राप्त हुँदैन ।

यस्तो महत्त्वपूण इतिहास भएको कपिलबस्तु र हजारौँ शाक्य र कोलियहरूको नरसंहार हुँदा रगतकै ताल बनेको प्राचीन सग्रहवा ताल नजिकै भएको कपिलबस्तु राष्ट्रिय मुर्तिकला २०८० ले बौद्ध इतिहासलाई कलाका माध्यमबाट आम जनमानसमा जोडन खोजेको देखिन्छ । सग्रहवा प्रस्तरकला शाक्यवंश पतनको अनन्तसम्म रहने कलात्मक दस्ताबेज हो । जसले मानिसलाई जोडन खोजेको मात्र नभई जातिय अभिमानले कसरी महाविनासतर्फ विनासतर्फ लैजान्छ भन्ने सन्देशसमेत प्रवाह गरिरहेको छ ।

सग्रहवाको इतिहास 

प्राप्त तथ्यहरूको आधारमा प्राचीन कपिलवस्तुमा शाक्यहरूको राज्य थियो । २८ बुद्धमध्ये क्रकुछन्द बुद्ध, कनकमुनि बुद्ध र सिद्धार्थ गौतम बुद्धको जन्म कपिलबस्तुमा नै भएको थियो । कपिलबस्तु बुद्ध जन्मने स्थानमात्र नभई बौद्ध अनुयायीहरूको पतनसमेत कपिलबस्तुबाट नै भएकाले यो ठाउँको महत्त्व आम मानिसलाई समेत बुझाउन जरुरी छ ।
प्राचीन कपिलबस्तु र कोलिय राज्य छिमेकमा पर्ने कोशल राज्यको आक्रमणमा परेर पतन भएको हो । शासन व्यवस्थामा अब्बल, तत्कालीन अवस्थामै गणतन्त्रको अभ्यास गरिसकेको शाक्य र कोलिय राज्य विनासको प्रमुख कारण जातीय अभिमान भएको तथ्य भेटिन्छ । शाक्य र कोलियहरूको विनाश बुद्धको महापरिनिर्वाण हुनुभन्दा दुई वर्षअघि कोशल देशका राजा प्रसेनजित्का छोरा विडुडभबाट भएको उल्लेख छ ।
कपिलवस्तु मावलीघर हुने विडुडभ कोशल देशका राजा प्रसेनजित्का छोरा थिए । कोशल देशका राजा प्रसेनजित शाक्यमुनि बुद्धबाट निकै प्रभावित थिए र उनले बुद्धप्रति निकै श्रद्धा राख्थे । यसर्थ उनले शाक्य कन्यासँग विवाह गरेर ऊबाट जन्मिएको छोरालाई कोशल देशको उत्तराधिकारी बनाउन चाहन्थे । सोहीअनुसार उनी कपिलवस्तु राज्यमा शाक्य कन्या माग्न गए । शाक्यहरूले जातीय अभिमानका कारण छोरी दिन सकेनन्, तर कोशल राज्यको आक्रमणमा परिने डरले शाक्य जातकी छोरी भनेर महानाम शाक्यको दासी ‘बासभखत्तिया’लाई अन्माएर दासी पुत्रीलाई शाक्य कन्या भनी विवाह गरी पठाएका थिए ।

विवाहपछि पनि यो कुरा गोप्य रहेकाले कोशल देशका राजा प्रसेनजित् अनभिज्ञ थिए । यो विषय त्यसबेला गोप्य नै रहिरह्यो । कोशल देशका राजा प्रसेनजित् र दासी पुत्री बासभखत्तियाबाट एक पुत्रको जन्म भयो, जसको नाम ‘विडुडभ’ राखियो । पछि मावलघर कपिलबस्तु जाँदा दासीपुत्र भएका कारण रचिएको विभेदको षडयन्त्र विडुडभले बुझे । जातीय विभेदको बदला लिन यिनै विडुडभले कपिलवस्तुमा आक्रमण गरी कपिलबस्तुका शाक्यहरूको दम्भ समाप्त पार्ने प्रतिज्ञा गरे । उनले गर्न खोजेको २ पटकसम्मको आक्रमणलाई गौतमबुद्धले नै रोक्नु भएको थियो । तर तेस्रो आक्रमणका बारेमा जानकार भएर पनि गौतमबुद्धले विडुडभलाई रोक्न खोज्नु भएन । विडुडभले कपिलबस्तुमा गरेको आक्रमण कपिलबस्तु तथा कोलीय राज्य पतन हुने कारण बन्यो । यो प्रसङ्ग धम्मपद अर्थकथा लगायत अन्य पालिप्रसङ्गमा विस्तृतरुपमा उल्लेख छ । कपिलवस्तुमा भएको उक्त आक्रमणमा ९९९० शाक्य र कोलियहरूको नरसंहार हुँदा सग्रहवा ताल रगतले भरिएको ह्वेनसाँगको यात्रा विवरणमा उल्लेख छ । यसबाहेक कपिलवस्तुसँग बदला लिएपछि विडुडभले ५०० शाक्य कुमारीहरूलाई अपहरण गरी आफ्नो राज्यमा लगेको र उनीहरूलाई रानी बनाउन खोज्दा राजकुमारीहरूले विद्रोह गरेपछि कपिलवस्तुको सिमानामा ल्याई तिनीहरूको बध गरेको विषयसमेत ह्वेनसाँगले उल्लेख गरेका छन् ।

बौद्ध इतिहासमा विडुडभको घटनाले विभेदको ज्वाला निकै खतरनाक हुन्छ भन्ने शिक्षा दिएको छ । वदलाको भावले कपिलवस्तु राज्य विजय गरे पनि त्यसमाथि विडुडभले शासन गर्न भने पाएनन् । विडुडव र कपिलबस्तुको पतन नामक पुस्तकका लेखक भिक्टर प्रधानका अनुसार कपिलवस्तु विजय लगतै विडुडभको मृत्यु भएकाले कोशल राज्य पनि मगधको हात लाग्यो । त्यसपछि मगद दक्षिण एसियाकै ठूलो साम्राज्य बनेको थियो । केशवमान शाक्यको उल्लेखअनुसार कपिलवस्तुमा आक्रमण गरेको केही दिनमा नै मगधका राजा अजातशत्रुले कोशल राज्यमा आक्रमण गरी विडुडभ र उनका मन्त्री अम्बरिसलाई जिउँदै जलाएर हत्या गरेका थिए । यसले के शिक्षा दिन्छ भने कसैले बदलाको भावले उत्प्रेरित भइ गरेको कार्यको प्रतिफल त्यो व्यक्तिलाई लामो समयसम्म प्राप्त हुँदैन ।

यस्तो महत्त्वपूण इतिहास भएको कपिलबस्तु र हजारौँ शाक्य र कोलियहरूको नरसंहार हुँदा रगतकै ताल बनेको प्राचीन सग्रहवा ताल नजिकै भएको कपिलबस्तु राष्ट्रिय मुर्तिकला २०८० ले बौद्ध इतिहासलाई कलाका माध्यमबाट आम जनमानसमा जोडन खोजेको देखिन्छ । सग्रहवा प्रस्तरकला शाक्यवंश पतनको अनन्तसम्म रहने कलात्मक दस्ताबेज हो । जसले मानिसलाई जोडन खोजेको मात्र नभई जातिय अभिमानले कसरी महाविनासतर्फ विनासतर्फ लैजान्छ भन्ने सन्देशसमेत प्रवाह गरिरहेको छ ।

प्रकाशित : २०८२ चैत्र २, सोमबार १४:३६

लुम्बिनी दर्पण

लेखकबाट थप

  • मनकामनाबाट फर्केको माइक्रो दुर्घटना अपडेट : ७ जनाको घटनास्थलमै मृत्यु
  • बहुसरोकार मञ्चद्वारा प्रथम २५७०औँ शाक्य पितृ स्मरण दिवस मनाइने
  • स्व. नेता न्यौपानेको श्रद्धान्जलीका लागि राजमो अध्यक्ष चित्रबहादर केसी कपिलवस्तुमा गरे गम्भिर खुलासा
  • बालेन बन्दैछन् एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री
  • काठमाडौंमै आठ हजार १९७ मत बदर
प्रतिक्रिया

यो पनि पढौँ

मनकामनाबाट फर्केको माइक्रो दुर्घटना अपडेट : ७ जनाको घटनास्थलमै मृत्यु

बहुसरोकार मञ्चद्वारा प्रथम २५७०औँ शाक्य पितृ स्मरण दिवस मनाइने

स्व. नेता न्यौपानेको श्रद्धान्जलीका लागि राजमो अध्यक्ष चित्रबहादर केसी कपिलवस्तुमा गरे गम्भिर खुलासा

बालेन बन्दैछन् एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री

काठमाडौंमै आठ हजार १९७ मत बदर

लुम्बिनी प्रदेश सभाबाट राजीनामा दिएर चुनाव लडेका तीन पूर्वमन्त्री असफल

कपिलवस्तुमा करिब ५९.४६ प्रतिशत मतदान

रामेछाप दुर्घटना : असई र मतदान अधिकृतको मृत्यु, गम्भीर घाइतेलाई काठमाडौं पठाइयो

कपिलवस्तु १ मा बदलियो जनसर्मथन भाट अगाडी

इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा

सबैलाई मिलाएर अगाडि जाने तागत कांग्रेसमा मात्र छ ; सभापति गगनकुमार थापा

४४औँ मगर दिवस, बनकसियामा विविध सांस्कतिक कार्यक्रम

भर्खरै

  • सग्रहवामा शाक्यहरू पितृ स्मरण

  • मनकामनाबाट फर्केको माइक्रो दुर्घटना अपडेट : ७ जनाको घटनास्थलमै मृत्यु

  • कोलीय देवदह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा ३ दिने उद्घोषण तालिम आज देखि सुरु

  • बहुसरोकार मञ्चद्वारा प्रथम २५७०औँ शाक्य पितृ स्मरण दिवस मनाइने

  • क्रोएशिया–अमेरिका पठाइदिने भन्दै लाखौं ठगी, तीन जना प्रहरी नियन्त्रणमा

  • स्व. नेता न्यौपानेको श्रद्धान्जलीका लागि राजमो अध्यक्ष चित्रबहादर केसी कपिलवस्तुमा गरे गम्भिर खुलासा

  • बालेन बन्दैछन् एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री

  • काठमाडौंमै आठ हजार १९७ मत बदर

  • लुम्बिनी प्रदेश सभाबाट राजीनामा दिएर चुनाव लडेका तीन पूर्वमन्त्री असफल

  • जेनजी आन्दोलनमा ‘सेक्युरिटी ल्याप्सेस’ भएको आयोगको निष्कर्ष, कारबाही सिफारिस

      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 
© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech